चौवालीस थान थ्री नट थ्री राइफल बरामद

Posted: September 16, 2013 in By Deepak Kharel

hatiyar

मध्यपश्चिम क्षेत्रको पहाडी जिल्ला जाजरकोटबाट प्रहरीले ठूलो मात्रामा हतियार बरामद गरेको छ। नेपाली सेना र नेपाल प्रहरीसँग मात्र रहेका त्यस्ता हतियार अञ्‍चल प्रहरी कार्यालयको अप्रेसन कमान्डले जंगलमा लुकाइ राखेको अवस्थामा जाजरकोटको खलंगा गाविस-८ रानीवनबाट आइतबार दिउँसो बरामद गरेको हो।

???????????????????????????????

बरामद गरिएका हतियारमा ४४ थान थ्री नट थ्री (३०३) राइफल र एक थान टु इन्च मोर्टार छन्। मध्यपश्चिम क्षेत्रीय प्रमुख डीआईजी राजेन्द्रसिंह भण्डारीले आइतबार बेलुका नेपालगन्जमा पत्रकार सम्मेलन गरी बरामद हतियारबारे जानकारी दिएका हुन्। उनले बोरामा हालेर जंगलमा लुकाइ राखेका ती हतियार विशेष सूचनाका आधारमा बरामद गर्न सफल भएको बताए। ‘हामीले जंगलमा हतियार छ भन्ने विशेष सूचना पायौं। त्यसपछि प्रहरी परिचालन गरी चारैतिरबाट घेरा हालेर अप्रेसन गर्दा यति धेरै हतियार फेला परेको हो’, उनले भने, ‘हतियार एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गर्ने क्रममा फेला पारिएको हो।’
डीआईजी भण्डारीले निर्वाचनलाई लक्ष्य गरी आक्रमण प्रयोजनका लागि हतियार लुकाएर राखिएको हुन सक्ने बताए। असन्तुष्ट समूहले निर्वाचनलाई दृष्टिगत गरी हतियार राखेको हुन सक्ने उनको भनाइ छ। अप्रेसनमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक मधु पुडासैनीले हतियार बरामदले ठूलो दुर्घटना हुनबाट जोगाएको बताए। बरामद गरिएका हतियार नेपालगन्ज ल्याइएको छ।

जाजरकोट जिल्ला प्रहरी प्रमुख चक्रबहादुर सिंहले रानीवनमा बोराले बेरेर पात र सोत्तरले छोपेको अवस्थामा हतियार बरामद भएको बताए। प्रहरीले प्रयोग गर्ने ती बरामद हतियारमध्ये अधिकांश चलाउन मिल्ने खालका छन् भने दुईटा मात्र काम नलाग्‍ने अवस्थामा रहेका छन्। सबै राइफल नम्बर अंकित भएकोले माओवादी द्वन्द्वको समयमा कुनै प्रहरी चौकीबाट लुटिएको आशंका गरिएको छ। यद्यपि प्रहरीले हतियार कसले लुकाएर राखेको हो र त्यस कार्यमा को को संलग्‍न छ भन्ने पत्ता लगाउन वा कसैलाई पक्राउ गर्न सकेको छैन।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.