फर्जी चेक थमाएर ठगी गरेका मुद्दा बढे

Posted: September 14, 2013 in By Deepak Kharel

यम विरही

बैंक खातामा रकम नभए पनि एक करोड ४० लाख रुपैयाँको फर्जी चेक दिएर ठगेको भन्दै काभ्रे नालाकी भगवती काफ्ले घट्टेकुलोका सञ्‍जय नेपालविरुद्ध काठमाडौं जिल्ला अदालत पुगेकी छन्।

जग्गा प्‍लटिङ र रेस्टुरेन्ट सञ्‍चालन गर्न भनेर लिएको रकमबापत किस्ट बैंक र आईएमई फाइनान्सका चेक दिए पनि रकम झिक्‍न जाँदा खाता शून्य भएको भन्दै काफ्लेले प्रहरीमा जाहेरी दिएपछि नेपालविरुद्ध ठगी मुद्दा दर्ता भएको हो। मुद्दामा नेपाललाई जिल्लाले धरौटीमा छाडे पनि पुनरावेदन अदालत पाटनले थुनामा राख्‍न आदेश दिएको छ।

यसैगरी राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखाका तत्कालीन लेखा अधिकृत कमलनारायण श्रेष्ठले सापटी रकमबापत ४४ लाख रुपैयाँको फर्जी चेक दिएको भन्दै झुमनदेवी प्रधान खड्काले पनि उनीविरुद्ध मुद्दा दिएकी छन्। श्रेष्ठ खड्काका ज्वाइँ पर्ने व्यक्ति हुन्।

फर्जी चेक दिएर चार लाख ५० हजार रुपैयाँ ठगिएको भन्दै वैदेहीकुमार महासेठको जाहेरीअनुरूप श्रेष्ठविरुद्ध अर्को मुद्दा पनि छ। चाबहिल निवासी छत्रबहादुर गुरुङ पनि जग्गा कारोबारबापत हितजंगगुरुङले २० लाख रुपैयाँबापतको जनता बैंकको फर्जी चेक दिएको भन्दै अदालत पुगेका छन्।

रकमबिनाको फर्जी चेक थमाएर ठगी गरेको दाबी छत्रबहादुरको छ। जिल्ला अदालतबाट धरौटीमा छुटेका श्रेष्ठ र हितजंगलाई पुनरावेदनले थुनामा राखेर कारबाही अघि बढाउन आदेश दिएको छ। गायिका निशा सुनार पनि चेकमा ठगिएको भनेर न्यायका लागि अदालत पुगेकी छन्।

यसरी अदालतमा चेकमार्फत ठगीका मुद्दाको चाङ बढिरहेको छ। काठमाडौं जिल्ला अदालतको तथ्यांकअनुसार दर्ता भएका सबै प्रकारका ठगी मुद्दामध्ये ६० प्रतिशत चेक ठगीका छन्। आर्थिक वर्ष २०६९/०७० को साउन मसान्तसम्मको अभिलेखअनुसार अघिल्ला वर्षको समेत जिम्मेवारी सरेर आएका ठगीका मुद्दाको संख्या तीन सय ५४ थान थियो। तीमध्ये अधिकांश चेक ठगीका छन्। यसैगरी आर्थिक वर्ष २०६८/०६९ मा ठगीका दुई सय ८२ थान मुद्दा थिए भने त्यसभन्दा अघिल्लो वर्ष दुई सय तीन थान मात्र थिए। यी मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा दर्ता भएका हुन्।

जिल्ला अदालतको दर्ता शाखाका कर्मचारीका अनुसार चेक ठगीमा महिनामा सरदर २५ वटासम्म मुद्दा दर्ता भएका छन्।

काठमाडौं जिल्ला न्यायाधिवक्ता रमेश पौडेलका अनुसार चेक ठगी प्रकृतिकै मुद्दा बैंकिङ कसुरमा जिल्ला र चेक बाउन्स अभियोगमा पुनरावेदन अदालतको वाणिज्य इजलासमा पनि दर्ता भएको छ। ‘मुद्दा बढिरहेका छन्, उही प्रकृतिको कसुर चेक बाउन्स र बैंकिङ कसुरअन्तर्गत पनि पर्ने भएकाले संख्या यति नै हो भन्न गाह्रो छ’, पौडेलले भने।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s