ट्रान्सफर्मर खरिदमा २२ जनाविरूद्ध मुद्दा

Posted: September 14, 2013 in By Deepak Kharel

CIAA_Gallery_23_5_2013_2_30

यम विरही

थाइल्यान्डबाट खरिद भएका विद्युत ट्रान्सफर्मरमा ४६ करोड ७६ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक जीवेन्द्र झासमेत २२ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले आर्थिक वर्ष २०६६/६७ मा प्राधिकरणले थाइल्यान्डबाट खरिद गरेका ट्रान्सफर्मरमा ४६ करोड ७६ लाख ६३ हजार दुई सय ६३ रुपैयाँ ९७ पैसा भ्रष्टाचार भएको दाबी गरेको छ। त्यस अवधिमा प्राधिकरणले थाइल्यान्डको साहभान्त इलेक्ट्रक कम्पनी लिमिटेडबाट विभिन्न क्षमताका एक हजार पाँच सय ६७ वटा ट्रान्सफर्मर खरिद गरेको थियो। अख्तियारले आधारभूत मापदण्डविपरीत कमसल ट्रान्सफर्मर खरिद सम्झौताको बोलपत्र स्वीकृत गर्दै प्राधिकरणलाई हानिनोक्सानी पुर्‍याएको दाबी गरेको छ। २०६६ साल मंसिर १ गते प्राधिकरणले बोलपत्र स्वीकृत गरेको थियो।

अख्तियारले भ्रष्टाचारमा तत्कालीन कार्यकारी निर्देशक झा, तत्कालीन महाप्रबन्धक रामेश्वर यादव, युगलकिशोर साह, प्रबन्धक कैलाशप्रसाद अटल, हरिबहादुर ग:सी, निर्देशक अर्जुनकुमार चौहान, तत्कालीन सहनिर्देशक हरीशबहादुर पाल, शशिविक्रम थापा, उपनिर्देशक महेशकुमार कार्की र तत्कालीन लेखा अधिकृत सुरेशकुमार कटुवालविरुद्ध मुद्दा दायर गरेको छ। यसैगरी सहायक लेखा अधिकृत सुशीलप्रसाद खनाल, सहायक प्रबन्धक विद्युत पौडेल, इन्जिनियर सुरजप्रसाद साह, निमेशकुमार पोखरेल, विनोदकुमार स्वर्णकार, सहायक प्रबन्धक मनोज बराल, सहायक इन्जिनियर रामविजुल मण्डल, केन्द्रीय भण्डार प्रमुख नारायणप्रसाद चौधरी र भण्डार सहायक सरोज श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ।

उनीहरूले गैरकानुनी रूपमा सम्झौता गरी १७ करोड ९६ लाख ५२ हजार एक सय ७० रुपैयाँ ८१ पैसा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले बिगो असुल, बिगोबराबर जरिवाना र भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार आठदेखि १० वर्षसम्म कैद सजय माग गरेको छ। प्राधिकरणले ठेकेदार कम्पनीलाई भुक्तानी गरेको १३ करोड ५२ लाख २७ हजार नौ सय सात रुपैयाँ, भन्सार महसुल तथा मूल्य अभिवृद्धिकरबापत भुक्तानी भएको चार करोड २४ लाख ४४ हजार दुई सय ६३ रुपैयाँ प्राधिकरणलाई प्रत्यक्ष हानि भएको दाबी अख्तियारको छ।

यसैगरी अख्तियारले भ्रष्टाचारमा संलग्न भएको अभियोगमा थाइल्यान्डस्थित ठेकेदार कम्पनीका प्रबन्धनिर्देशक प्रपार्ट जन्तरङश्री, सोही कम्पनीका स्थानीय प्रतिनिधि राजन के. भट्ट र नेपालस्थित प्रतिनिधि अभिकर्ता एपेक्स मार्केटिङ प्रालिका अध्यक्ष विनोदकुमार मानन्धरबाट ४६ करोड ७६ लाख ६३ हजार दुई सय ६३ रुपैयाँ ९७ पैसा बिगो असुल गरी त्यति नै जरिवाना र जेल सजायको माग गरेको छ। उनीहरूलाई प्रत्यक्ष चुहावट भएका कारण भ्रष्टाचारअनुरूपको बिगोको दोब्बर रकम भराउन पाउने कानुनी व्यवस्था, हर्जाना, भन्सार महसुल एवं मूल्य अभिवृद्धिकरसमेत जोडेर बिगो कायम गरिएको छ।

प्राधिकरणका तत्कालीन प्रमुख झा, महाप्रबन्धक यादव र साहलाई थप दुई वर्ष जेल सजाय माग गरिएको छ। प्राधिकरणले कबोल गरेको तारको तौल प्राविधिक रूपले आधा क्षमताको ट्रान्सफर्मरमा मात्र मेल खाने देखिएको अख्तियारको अनुसन्धानले देखाएको छ। ‘आपूर्तिकर्ताले बदनियतपूर्वक कम तौल र साइजको तामाको तार प्रयोग गरी भ्रष्टाचार गरेको स्पष्ट देखियो’, अभियोगपत्रमा उल्लेख छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s