झुम्का कागारबाट फरार कैदी पक्राउ

Posted: September 14, 2013 in By Deepak Kharel

व्यासशंकर उपाध्याय

सुनसरीको झुम्का कारागारबाट गत कात्तिक २३ गते फरार भएका १२ मध्ये एकजनालाई सप्‍तरी प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ।

Rajbiraj-Jhumka-kaidi-pakrau
सुनसरीको झुम्का कारागारबाट फरार भई सप्‍तरीको गोबरगाढामा पक्राउ परेका विनायक यादवलाई जिल्ला प्रहरी कार्यालय सप्‍तरीमा शुक्रबार सार्वजनिक गर्दै प्रहरी उपरीक्षक दिनेश अमात्य ।

विशेष सूचनाको आधारमा पक्राउ परेका सुनसरी सत्तेरझोरा ६ का २४ वर्षीय विनायक यादव शुक्रबार जिल्ला प्रहरी कार्यालय सप्‍तरीमा सार्वजनिक गरिएको हो। प्रहरीउपरीक्षक दिनेश अमात्यका अनुसार सप्तरीको गोबरगाढा २ स्थित पलारमा भैंसी चराउँदै गरेको अवस्थामा यादवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्तीटोलीले बिहीबार साँझ नियन्त्रणमा लिएको थियो।
उनले पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमार्फत झुम्का कारागार पठाउने तयारी भइरहेको जानकारी दिए। झुम्का कारागारबाट फरार भएपछि यादवको बारेमा सूचना दिनेलाई एक लाखको पुरस्कार घोषणा गरिएको थियो।

यादवलाई सुनसरीको प्रकाशपुर ६ भुटहा खालका केशव कार्कीलाई मोटरसाइकलमा इनरुवाबाट प्रकाशपुरतर्फ आउँदै गरेको अवस्थामा गोली हानी हत्या गरेको मुद्दामा २०६४ सालमा पक्राउ गरी २० वर्ष जेलसजाय भएको प्रहरीले जनाएको छ। पक्राउ परेका यादवसँगै फरार रहेका अन्तर्राष्ट्रिय अपराधी बंगलादेशी नागरिक सुब्रत वेन भारतको कोलकाताबाट, धीरेन्द्र यादव, वीरपुर थानाअन्तर्गत कटैया क्षेत्रबाट र रमेश यादव सुपौलबाट यसअघि नै पक्राउ परिसकेका छन्।

हत्याका आरोपी अस्पतालबाट पक्राउ
विराटनगर: मोरङको अमरदह-७ का ३० वर्षीय विनय लिम्बू हत्याका आरोपीलाई प्रहरीले कोसी अञ्चल अस्पताल विराटनगरबाट पक्राउ गरेको छ। अमरदह-७ कै ३६ वर्षीय गोपाल राजवंशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी पक्राउ परेसँगै लिम्बूको हत्यामा छिमेकीको संलग्‍नता रहेको पुष्टि भएको मोरङका एसपी विश्वराज पोखरेलले जानकारी दिए।

पक्राउ परेका राजवंशीले तीनजनाको मिलेमतोमा लिम्बूको हत्या गरेको स्वीकार गरिसकेको एसपी पोखरेलले बताए। प्रहरीले उनलाई बिहीबार पक्राउ गरे पनि शुक्रबार मात्रै जानकारी दिएको हो। शुक्रबारै कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान थालेको छ। घरबाट खाना खाएर निस्किएका विनयको बुधबार राति घरनजिकै हत्या भएको थियो। परिवारका सदस्यसँगै खाना खाएर बाहिर निस्केको केहीबेरमै उनको हत्या भएको प्रहरीले जनाएको छ।

घटनाबारे परिवारका सदस्यले थाहा पाएर गाउँले र प्रहरीलाई खबर गरेका थिए। हत्यामा संलग्‍न भनिएका अन्य दुईजनाका बारेमा प्रहरीले खुलाएको छैन। उनीहरूको खोजी भइरहेको एसपी पोखरेलले जानकारी दिए। घटनापछि राजवंशी पत्‍नीसहित गाउँबाट भागेका थिए। ‘घटना भएको बेला आफू गाउँमा नरहेको देखाउन उनी पत्‍नी बिरामी भएको बहानामा कोसी अस्पताल आई पत्‍नीलाई भर्नासमेत गराएका रहेछन्’, एसपी पोखरेलले भने, ‘प्रहरीलाई प्राप्‍त गोप्य जानकारीका आधारमा उनी पक्राउ परेका हुन्।’

राजवंशीसहित हत्यामा संलग्‍न भनिएका अन्य दुईजनासँग केही समययता छोरा विनयको सम्बन्ध बिग्रिएको लालबहादुरले बताए। ‘उनीहरूको सम्बन्ध के कारणले बिग्रियो, थाहा हुन सकेन’, उनले भने, ‘तीनमध्ये एकजनासँग बुधबार दिउँसो विनयको झगडा परेको रहेछ।’ विनयका १० वर्षका छोरा छन्। हत्यामा संलग्‍नका बारेमा लालबहादुरले प्रहरीमा किटानी जाहेरी दिएका छन्।

फरार आरोपीका आफन्तसँग विनयले यौनसम्बन्ध राखेका कारण बिग्रिएको सम्बन्धले हत्याको रूप लिएको सार्वजनिक भए पनि पुष्टि भने भएको छैन। विनयलाई घाँटी रेटी भाला प्रहार गरेर हत्या गरिएको प्रहरीको भनाइ छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.