पूर्वडीएसपी पुर्पक्षका लागि कारागार चलान

Posted: September 12, 2013 in By Deepak Kharel

जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान मुद्दामा पूर्वडीएसपी रणबहादुर गौतम, पत्‍नी उषा गौतम (केसी), र छोरा अरुणलाई पुर्पक्षका लागि कारागारमा रा न आदेश दिएको छ।

adalat_ranabahadur_arungautam

न्यायाधीश नारायणप्रसाद श्रेष्ठको इजलासले बुधबार उक्त आदेश दिएको हो। रणबहादुर र अरुणलाई पहिला नै प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएको थियो। उषा भने फरार छिन्। अदालतले फरारका हकमा पक्राउ गरेर कारबाही अगाडि बढाउन पनि प्रहरीलाई आदेश दिएको छ।

गौतम परिवारले गत साउन २७ गते छिमेकी मातामैया भनिने पवित्रा निरौलालाई कुटपिट गरेका थिए। कुटपिटबाट टाउकोमा गम्भीर चोट लागेकी निरौलालाई अन्‍नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा साउन ३० गते उनको मृत्यु भएको थियो।

मन्दिरका विषयमा भनाभन हुँदा गौतम परिवारले निरौलालाई ढुंगाले हिर्काएका थिए। मृतकका पति रुद्ध निरौलाले अदालतले न्याय दिनेमा आफू विश्वस्त रहेको बताए। निरौला पनि पूर्वडीएसपी हुन्।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s