पाँच किलो हेरोइनसहित पाकिस्तानी पक्राउ

Posted: September 12, 2013 in By Deepak Kharel

???????????????????????????????

दीपक खरेल

लागूऔषध नियन्त्रण ब्युरोले सोमबार ठमेल क्षेत्रबाट पक्राउ परेका सेतो हेरोइनका कारोबारीमध्ये एकजना पाकिस्तानी एअर लाइन्स (पीआइए) का पूर्वकर्मचारी भएको जनाएको छ। पीआईएका पूर्वकर्मचारी र हाल पाकिस्तानी विमानस्थलमा ग्राउन्ड ह्‍यान्डलिङका कारोबारी शैयद मजहर हुसेन कांजमीसमेत अन्य दुईजनालाई ब्युरो टोलीले पाँच किलो ६४ ग्राम सेतो हेरोइनसहित ठमेल क्षेत्रबाट पक्राउ गरेको हो।

प्रहरीले नेपालमा अहिलेसम्मकै ठूलो परिमाणमा सेतो हरोइन बरामद भएको दाबी गरेको छ। ब्युरोले बरामद सेतो हेरोइन र त्यसका कारोबारी पाकिस्तानी नागरिक कांजमी, साहिदा प्रविन र अतांमुहद शाहलाई सार्वजनिक गरेको हो। ब्युरोले काजंमीका साथबाट बी ६१०१८२७ कराँची, प्रविनका साथबाट ए ९६६००५८ रावलपिन्डी र शाहका साथबाट बी ९३९२०६५ नम्बरका पाकिस्तानी राहदानी पनि बरामद गरेको छ। कतार एअरवेजको उडानबाट यही भदौ १९ गते काठमाडौं आएका शाहले झोलामा लुकाएर पाँच किलो ६४ ग्राम सेतो हेरोइन ल्याएको बयान दिएका छन्।

पत्रकार सम्मेलनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा घेरा छलेर शाह कसरी हेरोइन बाहिर ल्याउन सफल भए? भन्ने प्रश्न गर्दा ब्युरो प्रमुख प्रहरी नायब महानिरीइक्षक (डीआईजी) प्रतापसिंह थापासमेत जवाफविहीन भए। ‘विमानस्थलको सुरक्षा जाँचमा कतै त्रुटि भएको हुनुपर्छ’, थापाले भने। ब्युरोले समेत विमानस्थलमा टोली खटाएको छ।

पक्राउमध्ये काजंमी र प्रविन गत २० गते काठमाडौं आएका थिए। पक्राउ तीनैजना व्यापारी आवरणमा यसअघि पनि पटकपटक नेपाल आएर फर्किएको अभिलेखमा देखिएको छ। ‘पटकपटक नेपाल आउनेजाने गरेको देखियो, अहिलेसम्म जापान र स्विडेनबाट बराबर सम्पर्क भइरहेको छ’, डीआईजी थापाले भने।

ब्युरो टोलीले सूचनाका आधारमा पछ्याउँदै जाँदा सोमबार ठमेलबाट एक किलो सेतो हेरोइन लिएर हिँडिरहेको अवस्थामा काजंमी र प्रविनलाई पक्राउ गरेको थियो। उनीहरूकै सूचनाका आधारमा ठमेलमा रहेको होटल पिलग्रिम्समा छापा मारेर शाहलाई चार किलो ६४ ग्राम सेतो हेरोइनसहित पक्राउ गरिएको ब्युरोले जनाएको छ।

अभियुक्तले बरामद हेरोइन उमार भन्ने व्यक्तिले पाकिस्तानबाट नेपाल पठाएको बयान दिएका छन्। प्रविनले मसला र शाहले छालाका सामग्रीको कारोबारी भएको प्रहरीसँग बताएका छन्। कांजमी र प्रविन भने ठमेलमै रहेको इन्काउन्टर होटलमा बसेका थिए।

ब्युरोका वरिष्ठ उपरीक्षक एसएसपी रणबहादुर चन्दले प्रविन मुख्य कारोबारी भएको बताए। ‘विभिन्न समयमा युरोप, अमेरिकालगायत देश घुमेको देखिन्छ। शाहले बोकेर ल्याउने र अन्य दुईजनाले व्यवस्थापन गर्ने गरेको देखियो’, चन्दले भने। बरामद सेतो हेरोइन अब्बल दर्जाको भएको र त्यसको कारोबार अन्तर्राष्ट्रिय बजारमा नौ करोड ११ लाख ७० हजार रुपैयाँमा हुने गरेको प्रहरीले जनाएको छ। ‘नेपालमा कारोबारीको सम्पर्क व्यक्ति खोजी हुँदैछ’, चन्दले भने।

बरामद नोटको रसिद दिइएन

एक लाख ३३ हजार भारतीय रुपैयाँ लिएर मु बई जान लगेका भारतीय नागरिक पंकजकुमार जिन्दाललाई विमानस्थल सुरक्ष गार्ड प्रमुख डीआईजी गोपाल भण्डारीको निर्देशनमा कारबाही भएन। जेट एअरको विमान नाइन डब्लू २६५ बाट बुधबार मुम्‍बई जान लागेका जिन्दालको साथबाट पाँच सय दरका दुईसय ६६ थान नोट बरामद भएको थियो।

डीआईजी भण्डारीको निर्देशनमा जिन्दालको रकम कुनै भर्पाईबिना जफत गरी उनलाई मु बई उडाइएको हो। नेपालमा भारतीय पाँच सय रुपैयाँका नोटको कारोबारमा प्रतिबन्ध लगाइएको छ। बरामद रकम राजस्वमा बुझाउने र स बन्धित व्यक्तिलाई भर्पाई दिनुपर्नेमा त्यस्तो केही नभएको स्रोतले दाबी गरेको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.