चुनावी सुरक्षा दुई घेरामा

Posted: September 12, 2013 in By Deepak Kharel

चूडामणि भट्टराई

गृहमन्त्री माधवप्रसाद घिमिरेले संविधानसभा निर्वाचनमा सरकारले दुई घेराको सुरक्षा व्यवस्था मिलाएको जानकारी प्रमुख दलका नेताहरूलाई गराएका छन्। उनले चुनावी सुरक्षा व्यवस्थाबारे बुधबार बिहान नेताहरूलाई बोलाएर जानकारी गराएका हुन्।

मन्त्रालयले निर्वाचन क्षेत्रलाई अति संवेदनशील, संवेदनशील र साधारण गरी तीन प्रकारमा वर्गीकरण गरेको छ। गृहमन्त्री घिमिरेले नेपाली सेनालाई पहिलो घेराको सुरक्षामा प्रयोग नगर्ने निर्णय भएको बताएका थिए।

सुरक्षाबारे सरकारी ब्रिफिङ लिनेमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव, कांग्रेस नेताहरू रामचन्द्र पौडेल, मीनेन्द्र रिजाल तथा कानुनमन्त्री हरिप्रसाद शर्मा थिए।

‘पहिलो घेरामा म्यादी प्रहरी र नेपाल प्रहरीको टोलीले मतदान केन्द्रको सुरक्षा गर्छ’, गृहमन्त्रीले नेताहरूलाई भने, ‘सेनालाई त्यसपछिको सुरक्षा घेराको जिम्मेवारी दिइनेछ।’ मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई मंसिर ४ मा निर्वाचन गराउन आवश्यक पर्ने संविधान संशोधनबारे उच्चस्तरीय राजनीतिक समितिको निर्णय बुझाउन बुधबार बिहान बालुवाटार पुगेका नेताहरूलाई गृहमन्त्रीले सरकारी सुरक्षा योजनाबारे ब्रिफिङगरेका हुन्।

मोहन वैद्य नेतृत्वको माओवादी चुनावमा सहभागी नहुँदा बढ्न सक्ने सुरक्षा चुनौतीका लागि दोस्रो घेरामा सशस्त्र प्रहरीसँगै र नेपाली सेनालाई राख्नुपरेको गृहमन्त्रीले बताएका थिए। बैठकमा सहभागी फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले दुई घेराको सुरक्षा व्यवस्थाबारे गृहमन्त्रीले जानकारी दिएको बताए।

दलका नेताहरूले निर्वाचन तालिकामा उम्मेदवारी दर्ता मिति र मतदान मितिमा लामो समय अन्तर भएकाले त्यसलाई कम गर्न माग गरेका थिए। वैद्यको बहिष्कारले उम्मेदवारी दर्तापछि आक्रामक रूप लिन सक्ने हुँदा सुरक्षा व्यवस्था मिलाउन सजिलो हुने तर्क नेताहरूले गरेका थिए। ‘उम्मेदवारमाथि आक्रमण भए चुनाव बिथोल्न र मतदाताको मनस्थितिमा असर पर्न सक्छ, त्यसैले ३० देखि ३५ दिनको समय राखेर उम्मेदवारको नाम दर्ताको समय मिलाउनुपर्ने कुरा राखिएको हो’, नेता यादवले भने। दसैंको बिदापछि मात्र नाम दर्ताको कार्यक्रम आउनुपर्नेमा उनीहरूको जोड थियो। मन्त्रिपरिषद् अध्यक्ष रेग्मी र नेताहरूबीच यसबारे निर्वाचन आयोगसँग सल्लाह गरेर टुंगोमा पुग्ने सहमति भएको उनको भनाइ छ।

गृह मन्त्रालय स्रोतका अनुसार अति संवेदनशील र संवेदनशील र साधारण गरेर तीन प्रकारका क्षेत्र विभाजन गरी सुरक्षा व्यवस्था मिलाउने गरी ती क्षेत्रको पहिचान पनि एकीकृत सुरक्षा योजनामा उल्लेख गरिसकिएको छ। ‘यसबारे अध्यक्ष रेग्मीसँग कुरा गरेपछि अन्तिम रूप दिइनेछ’, स्रोतले भन्यो। अति संवेदनशील र संवेदनशील मतदान केन्द्रहरूमा पहिलो घेरामा प्रहरी र म्यादी प्रहरी दोस्रो घेरामा सशस्त्र प्रहरी र नेपाली सेनालाई सुरक्षामा खटाइनेछ। यस वर्गमा ३६ जिल्लालाई राखिएको छ। साधारण सुरक्षा अवस्थाका मतदान केन्द्रमा पहिलो घेरा प्रहरी र म्यादी तथा त्यसपछिको घेरामा नेपाली सेना तैनाथ गरिनेछ। यस्ता केन्द्रमा सशस्त्रलाई पिकेटको जिम्मेवारी दिइनेछ।

यसैबीच बुधबार नै बसेको सुरक्षा समितिको बैठकले सेनालाई त्यस्तो जिम्मेवारी दिँदा कुन विधि अपनाउने भन्ने निर्णय भने गर्न सकेन।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.