‘गर्भवती’को पेटमा कोकिन

Posted: September 12, 2013 in By Deepak Kharel

लागूऔषध तस्करहरुले प्रहरीलाई छक्याउन अनेक उपाय लगाउन थालेका छन् । यसैक्रममा कोलम्बियामा गर्भवती भएको बाहाना बनाएर कोकिन बोकेकी एक क्यानडेली युवती पक्राउ परेकी छिन् ।

स्थानीय प्रहरीका अनुसार ती महिला ठूलो पेट लिएर टोरेन्टो जाने फ्लाइटमा उड्ने तयारीमा थिइन् । पर्यटकका रुपमा आएकी उनलाई बोगटा अन्तराष्ट्रिय विमानस्थलमा गर्भवती भएको कति महिना भयो भनेर सुरक्षाकर्मीले सोध्दा उनले निकै रिसाएर जवाफ दिइन् । उनको गतिविधिबाट आशंका लागेपछि एक महिला प्रहरीले छामेर हेर्दा उनको नक्कली पेट निकै कडा र चिसो थियो । त्यसपछि उनले गर्भ ७ महिनाको भएको बताएकी थिइन् ।
colombia-cocaine

रहरी अधिकारीहरुलाई महिला गर्भवती भएको विश्वास नलागेपछि चेकजाँचका लागि पठाइएको थियो । जाँचका क्रममा महिलाले लेटेक्सले बनेको नक्कली पेटभित्र दुईकिलो कोकिनले भरिएका दुईवटा थैला भेटिएका थिए ।

उनी गत अगष्टमा कोलम्बिया गएकी थिइन् । उनीविरुद्ध अब लागू औषध तस्करीको मुद्दा चलाइनेछ । उनका साथमा भेटिएको कोकिनको मूल्य ६० हजार डलर भएको प्रहरीले बताएको छ ।

सरकारी अधिकारीहरुका अनुसार कोलम्बिया जेलमा अहिले ८ सय ७४ विदेशी नागरिकहरु बन्दी अवस्थामा छन, उनीहरुमध्ये अधिकांश लागू औषध तस्कर हुन् ।

colombia-cocaine-1

from : onlinekhabar.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s