कम्पनी रजिष्ट्रारका निर्देशक सहित ५ पक्राउ

Posted: September 12, 2013 in By Deepak Kharel

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० लाख रुपैंया घुस खाएको कम्पनी रजिष्ट्रार कार्यालयका निदेशक, एकजना चार्टर्ड एकाउन्टेन्ट सहित ५ जनालाई पक्राउ गरेको छ ।

चितवन मेडिकल कलेजका सञ्चालकसँग घुस मागेको अभियोगमा निर्देशक लालवाबु कवारी र भानु एसोसिएट्सका चाटर्ड एकाउन्टेण्ड भानु कणेल, परेका हुन् । उनीहरुसँगै शिव श्रेष्ठ, विन्दु शर्मा र आविद अलि पनि पक्राउ परेका छन् । ५ जनालाई बुधवार पक्राउ गरिएको हो ।

कणेलको र्फमले मेडिकल कलेजको निरिक्षण प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएको थियो । छानविनका क्रममा सिए कणेल र कवारीको मिलेमतोमा मेडिकल कलेज सञ्चालकसँग घुस लिएको छानविनबाट खुलेको अख्तियारले जनाएको छ । भानुको र्फमलाई कम्पनी रजिष्ट्रारको कार्यालयले परामर्शदाताको रुपमा नियुक्त गरेको थियो ।

मापदण्ड नपुगेका र आर्थिक अवस्था खस्किएका कम्पनीको अवस्था राम्रो देखाउनका लागि मिलेमतोमा प्रतिवेदन तयार पारेको हुनसक्ने अख्तियारको आशंका छ । कम्पनी दर्ता, पूर्ण परिचालन र विस्तार लगायतका सेवाका लागि व्यापारिक प्रतिष्ठानहरुको भीड लाग्ने भएकाले कम्पनी रजिष्ट्रारको कार्यालय चलखेलका लागि आकर्षक कार्यालय मानिन्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.