एड्सको औषधि भन्दै छेपारोको तस्करी

Posted: September 11, 2013 in By Deepak Kharel

tokyo gecko 1

दीपक खरेल

एचआईभी/एड्स निको पार्ने औषधिका रूपमा बेचबिखन गर्न टोक्यो जेको (छेपारो प्रजातिको जीव) को तस्करी संगठित रूपमा भइरहेको पाइएको छ।
प्रहरीले टोक्यो जेको तस्करीमा संलग्‍न तीनजनालाई पक्राउ गरेपछि संगठित गिरोह संलग्‍न रहेको तथ्य खुलेको हो। महानगरीय प्रहरी वृत्त बालाजुले मंगलबार जिउँदो टोक्यो जेकोसहित तनहुँका रामकृष्ण पन्त, सोलुखुम्बुका सानु तामाङ र रामेछापका टोपबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ।

नामै नसुनेको एउटा जीव किनबेच हुँदैछ भन्ने सूचनाका आधारमा छापा मार्दा दुर्लभ टोक्यो जेको बरामद भएको वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक गंगा पन्तले बताइन्। प्रहरीले ग्राहक बनेर दुई करोड ५० लाखमा किन्न सहमत भएपछिमात्र तस्कर समूहले जीव देखाएका थियो। टोक्यो जेकोलाई घरेलु औषधिका रूपमा एड्स, क्यान्सर, दमजस्ता रोग निको हुने विश्वास गरिन्छ। प्रहरीका अनुसार पन्त, श्रेष्ठ र तामाङले भारतबाट टोक्यो जेको ल्याएको बयान दिएका छन्। ‘भारतबाट ल्याएर चिनियाँ व्यापारीलाई बेच्ने योजना रहेछ’, डीएसपी पन्तले भनिन्।

tokyo gecko 2
विश्व स्वास्थ्य संगठनले जेकोले एचआईभी/एड्स संक्रमण निको गर्ने विश्वास भ्रामक प्रचार मात्र भएको स्पष्ट पारिसकेको छ। तर चीन, इन्डोनेसिया, मलेसिया र भियतनाममा जेकोले एड्स निको हुने विश्वासमा अर्बौं रकम खर्च भइरहेको थाइल्यान्डमा सक्रिय वन्यजन्तु ओसारपसार नियन्त्रणमा सक्रिय ट्राफिक नामक संस्थाले जनाएको छ। एड्स संक्रमणको औषधि हुने विश्वासमा बर्सेनि अर्बौं रुपैयाँका टोक्यो जेकोको कारोबार हुने गरेको ट्राफिकको अनलाइनमा उल्लेख छ।
tokyo gecko

चीन, भियतनाम, मलेसिया, इन्डोनेसिया, भारत, बंगलादेश र फिलिपिन्समा यस जीवले एड्स संक्रमण निको पार्ने विश्वाससँगै तस्करी बढेको छ।
राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता महेश्वर ढकालले सरिसृप (घस्रेर हिँड्ने) प्रजातिको टोक्यो जेको नेपालमा पाइने बताए। उनले भने, ‘नेपालमा यसलाई संरक्षित सूचीमा राखिएको छैन।’

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s