चुनावमा ४५ हजार म्यादी प्रहरी

Posted: September 10, 2013 in By Deepak Kharel

index

नरेन्द्र साउद

आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनमा ४५ हजार म्यादी प्रहरी परिचालन गरिने भएको छ। निर्वाचन आयोगले म्यादी प्रहरी भर्ना गर्न सोमबार सहमति दिएपछि सरकारलाई यसबारे निर्णय गर्न बाटो खुलेको हो।

गृह मन्त्रालयले अवकाशप्राप्‍त सैनिक र प्रहरीलाई म्यादीमा भर्ना गर्ने तयारी गरेको छ। म्यादी प्रहरी भर्ना, परिचालन र खटनपटनमा प्रत्यक्ष राजनीतिक प्रभाव पर्ने भन्दै आयोगले म्यादी भर्नामा असहमति राख्दै आएको थियो। तर सरकारले राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता जनाएपछि म्यादी खटाउन आयोग सहमत भएको हो।

गृहमन्त्री माधवप्रसाद घिमिरे, गृहसचिव नवीन घिमिरे र प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलगायत आयोग पदाधिकारीसँग आइतबार भेट गरी म्यादी भर्नामा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गरेका थिए।

‘सरकारका तर्फबाट म्यादी भर्नामा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता आएपछि आयोगले सहमति दिएको छ’, निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले अन्नपूर्णसँग भने। गुरुङ आयोगको सुरक्षा समितिका संयोजक पनि हुन्।

गृह मन्त्रालयले भूतपूर्व सैनिक र भूतपूर्व प्रहरीलाई म्यादीमा भर्नाका लागि प्राथमिकता दिने योजना अघि सारेको छ। आवश्यक परे भारतीय सेनाबाट अवकाश प्राप्‍त नेपालीलाई पनि म्यादीमा भर्ना गर्ने योजना सरकारले आयोगमा पेस गरेको छ। ‘निर्वाचनको स्वच्छता, निष्पक्षता, तटस्थता र मर्यादा कायम होस् भन्ने आयोगको सरोकार हो’, आयुक्त गुरुङले भने।

गृह मन्त्रालयले ५० हजार म्यादी प्रहरी भर्नाका लागि आयोगसँग अनुरोध गरे पनि त्यसमा पाँच हजार कम हुने आयोग स्रोतले बतायो। विगतका चुनावमा राजनीतिक दलका कार्यकर्तालाई म्यादी प्रहरीमा भर्ना गरिँदा उनीहरूको भूमिका निष्पक्ष नपाइएको आयोगको भनाइ छ। ‘४३ जिल्लाबाट म्यादी प्रहरीका गतिविधि राम्रो नभएको प्रतिवेदन आयो। त्यसैले म्यादी भर्ना नगर्दा हुन्छ कि भन्ने हाम्रो सोचाइ थियो’, आयोगका ती अधिकारीले भने।

म्यादी प्रहरी भर्नाको आधार र कार्ययोजना सकारात्मक रहेको बताउँदै आयुक्त गुरुङले भने, ‘विगतका कमजोरी दोहोरिन नदिने भनेपछि म्यादी प्रहरीको भर्ना र उनीहरूको भूमिका सकारात्मक होला भन्ने आशा गर्न सकिन्छ।’ सामान्य तालिम दिएर दुई महिनाका लागि म्यादी प्रहरी राख्‍ने गृहको प्रस्ताव छ।

यसैबीच सरकारले चुनावका लागि एकीकृत सुरक्षा रणनीति यसै साता आयोगमा पेस गर्ने भएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा अनुसन्धान विभागलाई निर्वाचनमा कसरी परिचालन गर्ने भन्ने योजना उक्त नीतिमा रहनेछ।

गृहमन्त्री घिमिरेले आयोग पदाधिकारीसँग आइतबारको छलफलमा एकीकृत सुरक्षा रणनीति अन्तिम चरणमा पुगेको जानकारी गराएका थिए। ‘यो साताभित्रै एकीकृत सुरक्षा रणनीति ल्याउने आश्वासन पाएका छौं’, आयुक्त गुरुङले भने, ‘शान्तिसुरक्षाको भरपर्दो र विश्वसनीय वातावरण बनाउने रणनीति एकीकृत सुरक्षा योजनामा आउँछ।’

सार्कका प्रमुख निर्वाचन आयुक्तलाई निम्तो
निर्वाचन आयोगले संविधानसभा चुनावको पर्यवेक्षण गर्न सार्क राष्ट्रका प्रमुख निर्वाचन आयुक्तहरूलाई निम्तो पठाएको छ। आयोग प्रवक्ता वीरबहादुर राईका अनुसार भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, श्रीलंका, अफगानिस्तान र भुटानका प्रमुख निर्वाचन आयुक्तलाई निर्वाचनमा पर्यवेक्षणका लागि आमन्त्रण गरिएको हो।

ती देशका काठमाडौंस्थित दूतावासमार्फत निम्ता पठाइएको राईले बताए। आयोगले दक्षिण कोरिया, थाइल्यान्ड र अस्ट्रेलियाका प्रमुख निर्वाचन आयुक्तलाई पनि चुनाव पर्यवेक्षणका लागि निम्ता गरेको छ।

more on: http://annapost.com/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.