ठग क्याप्टेनलाई कर्णेलको धाप

Posted: September 9, 2013 in By Deepak Kharel

नेपाली सेनाका क्याप्टेन रेवन्त केसीले सर्वसाधारण जनताको ५ करोड रुपियाँ ठगी गरेको उजुरी सेनाको उजुरी हेर्ने र गुनासो सुन्ने निकाय प्राण विभागमा परे पनि सो विभागका कर्णेल जीवन दाहाल पीडितलाई न्याय दिलाउन भन्दा ठगी गर्ने क्याप्टेनलाई जोगाउन हात धोएर लागेका छन्।
गत वैशाखमा काठमाडौंको नागार्जुनबाट सरुवा भएर नेपालगन्ज पुगेका क्याप्टेन केसीले आफूलाई जग्गा कारोबारी भन्दै झुक्याएर ठगी गरेको पीडितहरूले बताएका छन्। काठमाडB छँदा आई ट्वान्टी गाडीमा चढ्ने, कपनस्थित डेराको घरलाई पनि आफ्नै घर भन्दै रवाफ देखाएकै भरमा उनी ठगी गर्न सफल भएको बताइन्छ। ठगीमा धेरैजसो महिलाहरू परेका छन्। पुरुष नभएका बेला महिलाहरूसँग धेरै ब्याजको प्रभोलन देखाएर पैसा माग्ने, सुरु–सुरुमा ब्याजसहित पैसा फिर्ता दिने र पछि पछि गएर भागेको गुनासो पीडितहरूको छ। उनले एउटै व्यक्तिसँग ३५ लाख रुपियाँ ठगेको उजुरी प्राण विभागमा परेको छ।
क्याप्टेन केसीले अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीमा काम गर्ने स्वयम्भूकी गीता कार्कीसँग ०६८ चैत ८ गते २५ लाख रुपियाँ कागज गरेर लिए पनि अरूले विश्वासका आधारमा कुनै कागज नगरी पैसा दिएका थिए। पैसा लिँदा रेवन्तले चलाखी गरेर श्रीमतीकै हातमा थमाउन लगाएका थिए। ठगी काममा उनलाई श्रीमती किरण केसीले पनि साथ दिएको बताइन्छ। आफूभन्दा ९ वर्ष कान्छो भए पनि सशस्त्रमा काम गर्ने श्रीमान् छाडेर रेवन्तसँग पोइल गएकी हुन्। उनको नागरिकतामा नाम विष्णु ठकुरी छ। क्याप्टेन केसीले श्रीमतीको प्रत्यक्ष सहभागितामा कार्कीबाहेक सप्तरीका विष्णु भुजेलसँग १२ लाख, झापाकी सुधा प्रसाईंसँग १८ लाख, शारदा गुभाजूसँग ६ लाख ३० हजार, राजु शेर्पासँग १२ लाख, नेहा कायस्थसँग १० लाख, अनिता सिंहसँग ३५ लाख, हरिकुमारी राईसँग २० लाख, बिर्ख मगरसँग ८ लाख, पुस्कर खड्कासँग १० लाख, जवेन्द्रबहादुर कार्कीसँग ७ लाख, रामशरण बराईलीसँग ८ लाख, नीला तिमिल्सिनासँग १३ लाख, रेण्ुाका पौडेलसँग ११ लाख, उषा कार्कीसँग १० लाख, नारायणटारमा नवीन फास्टफुड चलाएर बस्ने बासुकी यातायातका मालिक भीम बस्नेतसँग १५ लाख रुपियाँ लिएर झ्वाम पारेका हुन्।
पीडितमध्येका एक सप्तरीका माधव भुजेलले भने– ‘ब्याज दिन्छांै भनेर दिइयो, तर मेरो त बिल्लीबाँठ नै भयो नि।’ रेवन्तले आफूहरूलाई ठगेको थाहा पाएपछि पीडित १४–१५ जना महिलाको समूह गत चैत १४ गते प्राण विभाग पुगेका थिए। दाहालले पीडित र क्याप्टेन केसीलाई चैत १९ गते बोलाएर कुरा पनि गरे। तर, त्यसयता कर्णेलको भनाइ र गतिविधि हेर्दा केसीसँगै मिलेजस्तो देखिएको पीडितहरू बताउँछन्। दाहालको भनाइ उद्धृत गर्दै एक पीडितले भने– ‘मैले ठगेको होइन, श्रीमतीले हो भने म श्रीमतिलाई पनि झिकाउँछु भन्थे तर झिकाएनन्।’ पछिल्लो समयमा त कर्णेल दाहालले कहिले श्रीमती बदमास हो, उसको छोडपत्र भइसक्यो भन्ने त कहिले क्याप्टेन नै बदमास हो भन्दै कुरा फेरिरहने र पीडितहरूलाई समेत धम्क्याउने गरेको बताइन्छ। क्याप्टेन केसीले श्रीमतीसँग छोडपत्र गरेको नक्कली कागज पनि बनाएको बताइन्छ।
अहिले हात्तीवन हाइटको सेती पाखामा घर किनेका केसीले पुरानो कार बेचेर नयाँ कार किनिसकेका छन्। छोडपत्र गरेको भनिए पनि करिब १५ दिनअगाडि उनीहरू दुवै नयाँ कारमा काठमाडौंमा हिँडेको देखिएको र केही समयअघि उनले श्रीमतीकै नाममा गोकर्णमा ३०–४० रोपनी जग्गा किनेको पनि बताइन्छ। त्यतिमात्र होइन, सेनाको अभिलेखमा अहिले पनि श्रीमतीको नाम विष्णु ठकुरी नै छ।

weeklynepal.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.