राष्ट्रपतिका भतिजा पनि खोरमा

Posted: August 31, 2013 in By Deepak Kharel

CIAA_Gallery_23_5_2013_2_30

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त नियुक्त हुँदा लोकमानसिंह कार्कीमाथि अनेक टीकाटिप्पणी भए। तर, पदमा पुगेपछि ती सबै टीकाटिप्पणी र आशंकालाई मेटिने गरी कामबाटै जवाफ दिन थालेका छन्, कार्कीले। ठूला शक्तिकेन्द्रका आडमा रहेका र उनलाई नियुक्तिमा सघाएकाहरू समेत अहिले धमाधम अख्तियारको फन्दामा पर्न थालेपछि कार्कीको निर्भीकता र निरपेक्षताबारे चर्चा हुन थालेको छ।
बयानका लागि अख्तियार पुगेका नोबल मेडिकल कलेजका सुनील शर्माले प्रचण्ड र बाबुराम भट्टराईको ध्वाँस दिन थालेपछि उनीमाथि थुनेरै कारवाही चलाइएको छ। कुनै बेला गिरिजाप्रसाद कोइरालानिकट रहेका शर्मा पछिल्लोपटक प्रचण्डनिकट बन्न पुगेका थिए। अहिले राष्ट्रपतिका भतिजा नै अख्तियारको नियन्त्रणमा छन्। नेपाल विद्युत् प्राधिकरणका प्रबन्धक पदमा रहेका सिन्धु यादव राष्ट्रपति यादवका भतिजा हुन्। कार्यकारी निर्देशक रामेश्वर यादव पनि पहुँचवाला व्यक्ति भएकाले नै त्यस पदमा पुगेका थिए। त्यस्तै रामेश्वर यादब पनि कांग्रेस नेतृ चित्रलेखा यादवका भाइ हुन्। यसरी भ्रष्टाचारमा शक्तिकेन्द्रकै नातेदारहरू धमाधम पक्राउ थालेपछि ‘प्रेसर नहोस्’ भनेर कार्कीले मोबाइल समेत बोक्न छाडेका छन् भने निवासको फोनमा समेत कसैसँग सम्पर्क राख्ने गरेका छैनन्।
आफूनिकट व्यक्तिमाथिको कारवाही रोक्न थुप्रै शक्तिकेन्द्रले प्रयास गरे पनि कार्कीले ती दबाबको वास्ता नगरी निर्भयतापूर्वक छानबिन अगाडि बढाउन अनुसन्धान अधिकृतहरूलाई निर्देशन दिएको स्रोतको भनाइ छ। त्यसैले अख्तियारका कर्मचारीहरूको मनोबल पनि कार्की आएपछि उच्च रहेको एक अधिकारीको भनाइ छ। अख्तियारले धेरै जनताको प्रत्यक्ष सरोकार रहेका कार्यालय र सरकारी सेवामाथि निगरानी बढाएको छ। यसले कानुनी राज्यको प्रत्याभूति दिलाउन समेत अख्तियार सफल बन्दै गएको देखाउँछ।

सांभार: weeklynepal.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s