नेपाली सेना माली मिसनमा खटिँदै

Posted: August 31, 2013 in By Deepak Kharel

IMG_1644

विद्रोहीका बम तथा विस्फोटक पदार्थ निष्क्रिय गर्ने विशेष जिम्मेवारीसहित नेपाली सेना द्वन्द्वग्रस्त मालीमा खटिने भएको छ। संयुक्त राष्ट्रसंघको अनुरोधमा सेनाको बम डिस्पोजल कम्पनी यो जिम्मेवारी पूरा गर्न छिटै माली जानेछ।

IMG_1646

आन्तरिक र बाह्‍य आतंकवादसँग जुधिरहेको पश्चिमी अफ्रिकी देश मालीमा विभिन्न देशका १२ हजार शान्ति सेना कार्यरत छन्। सेनाको बम तथा विस्फोटक पदार्थ निष्क्रिय गर्ने ईओडी युनिटले मालीमा एम्बुस, बम र विस्फोटक पदार्थ निष्क्रिय गर्ने विशेष जिम्मेवारी पाएको छ। मालीमा अहिलेसम्म कम्बोडियाली सेनालाई मात्र यसप्रकारको जिम्मेवारी तोकिएको छ।

IMG_1696

सेनाको इन्जिनियरिङ निर्देशनालयअन्तर्गतको ईओडी युनिटका एक सय ४० जनालाई माली मिसनमा पठाइनेछ। ईओडी प्रमुख सेनानी नवीन सिलवालको नेतृत्वमा खटिने युनिटका लागि बेलायती दूतावासको सहयोगमा ब्रिटिस सेनाको पाँच सदस्यीय टोलीले दुई साता तालिम दिएको छ।

IMG_1715

बेलायती दूतावासका सहायक सैनिक सहचारी मेजर हितमान गुरुङले अफगानिस्तान, इराक, उत्तरी आइल्यान्डलगायत द्वन्द्वग्रस्त देशमा काम गरिसकेको टोलीले नेपाली सेनालाई तालिम दिएको बताए।

IMG_1739

SAM_4370

SAM_4432

SAM_4435

तालिममा सहभागी बेलायती टोलीका कमान्डर ड्यानी योङले भने, ‘हामीले नेपाली सेनालाई मिसनमा आइपर्ने समस्याको पहिचान र समाधानको उपाय सिकाएका छौं।’ निर्देशनालयका निर्देशक सहायकरथी बिजेन्द्र गौतमले बम डिस्पोजलमा सेनाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सफल अनुभव सँगालेको बताए।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s