अख्तियारको छानविनमा सशस्त्रका एआईजी

Posted: August 31, 2013 in By Deepak Kharel

CIAA_Gallery_23_5_2013_2_30
सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी कोषराज वन्तलाई हटाई आफैं आईजीपी बन्ने षड्यन्त्रमा लागेका एआईजीद्धय ठाकुरमोहन श्रेष्ठ र ऋसभदेव भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ। अख्तियारले एआईजीद्धय दुवैलाई पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै छानविन थालेको स्रोतले बताएको छ। उनीहरूसँग यतिखेर करोडौं सम्पत्ति रहेको भन्दै केही बर्ष पहिले अख्तियारमा उजुरी परेको थियो। एआईजी भट्टराईले उनको विशाल महलमा दुर्लभ वनपैदावर चोरी निकासी गरी ल्याइएको काठ प्रयोग गरी पार्केट गरेका छन्। पार्केट गर्न प्रयोग भएको काठको मुल्य विसौं लाख पर्ने स्रोतको दावी छ। नेपालको कानूनले कुनै पनि दुर्लभ बनपैदावरलाई बेचविखन र ओसारपसार गर्न समेत बन्देज गरेको छ। भट्टराईले पूर्व क्षेत्रमा रहँदा तस्करसँग मिलेर आफैं तस्करी गर्ने गरेको समाचार समेत बाहिर आएको थियो। अकुत सम्पत्ति हासिल गरेका भट्टराईले पदीय दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको भन्दै राष्ट्रिय सर्तकता केन्द्र सिंहदरबार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको मुद्धा विचारधिन रहेको अख्तियार स्रोतले बतायो। त्यसो त, तहैपिच्छे कारवाहीमा परेका तथा भ्रष्टाचार गरी अकुत सम्पत्ति हासिल गरेका एआईजी श्रेष्ठ आईजीपी बन्न शक्ति केन्द्रहरूमा धाउने र आफुनिकटका सञ्चारकर्मीलाई प्रयोग गरी अनुकुल बातावरण तयार पार्नमा नै ब्यस्त रहेका छन्। २०६४ साल मंसिर १८ गते सशस्त्र मख्यालयले सशस्त्र नियमावली २०६० परिच्छेद ८ को नियम ७९ अनुसार कसुर गरेको भन्दै श्रेष्ठलाई सचेत गराएको थियो। सशस्त्र नियमको ७९ मा सशस्त्र प्रहरीले नेपाल सरकारको अनुमति प्राप्त नगरी कुनै पनि पत्रपत्रिकामा आफ्नै बास्तविक वा काल्पनिक नामबाट अथवा वेनामी कुनै लेख प्रकाशित गर्न अथवा र प्रसारण गर्न बन्देज गराएको छ। त्यतिबेला श्रेष्ठले पत्रपत्रिकामा समाचार छपाएको भन्दै कारवाही स्वरुप उनलाई विभागले सचेत गराएको थियो। श्रेष्ठ नेपाल प्रहरीमा प्रहरी निरीक्षक हुँदा इप्रका दमकमा रहेको बा अ झ २७०५ नम्वरको गाडि दुर्घटना गराई प्रहरी जवान राजेन्द्र कार्कीको मुत्यु भएको सम्वन्धमा जिल्ला प्रहरी कार्यालय झापाले कारवाही स्वरुप कडा चेतावनी दिएको थियो। त्यसैगरी, श्रेष्ठ डिएसपी भई नेपाल प्रहरीमा नै कार्यारत हुँदा विभागिय अनुशासन विपरित तह नाघी पत्रब्यवहार गरेको कसुरमा उनलाई नसिहद दिइएको थियो। त्यस्तै सशस्त्रमा एसपी भई कार्यारत हुँदा सेवा वा पद अनुसारको आचरण पालना नगरेको भन्दै सचेत गराईएको थियो। सशस्त्र प्रहरी बल मुख्यालयमा कार्यरत हुँदा एआईजी श्रेष्ठले माओवादीले आयोजना गरेको एक कार्यक्रममा पोशाकसहित सशस्त्र प्रहरी र सशस्त्रको भौतिक सामाग्री दुरुपयोग गरेको भन्दै कारवाही गरिएको थियो। यति धेरै कारवाहीमा परेका श्रेष्ठ पूर्वक्षेत्र मुख्यालय पकलीमा हुँदा पत्रकार महासंघ सुनसरीका तत्कालिन अध्यक्ष गोविन्द घिमिरेलाई कुटपिट गरेको काण्डमा मुछिएर कारवाहीमा परेका थिए। श्रेष्ठविरुद्ध कारवाही गर्न पत्रकारहरूको चर्को दवाव सरकारमाथि परेपछि तत्काल उनलाई त्यहाँबाट २४ घण्टे लगाएर हटाइएको थियो। पुर्व क्षेत्रमा रहँदा सुन, सुपारीलगायत भारतबाट भन्सार छली ल्याइएका चोरीका सामानबाट कमिशन खाएर छुटाएका कारण विवादमा समेत तानिएका थिए। तीनै एआईजीमाथि अख्तियारले भ्रष्टाचारको अभियोगमा छानविन प्रक्रिया अगाडि बढाएको छ। तर एआईजीद्धय यतिखेर बर्तमान आईजीपी वन्तलाई फालेर आफैं सशस्त्र प्रहरीको प्रमुख बन्ने षड्यन्त्रमा लागिरहेका छन्।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.