टुण्डा पछि भट्काल सीमाबाट पक्राउ

Posted: August 29, 2013 in By Deepak Kharel

IN29_YASIN_1566354g
भारतमा कट्टरपन्थी मुस्लिम लडाकु समुह गठन गर्ने यासिन भट्काल रुपन्देही नजिक नेपाल भारत सीमाबाट पक्राउ परेका छन ।
भारतीय प्रहरीको बिशेष टोली भट्काललाई सुनौली नाकाबाट बुधबार राती पक्राउ गरेको हो ।हाल बिहार प्रहरीको नियन्त्रणमा रहेका भट्कालसँग सोधपुछ भै रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन । भट्काल नेपाल भारत सीमामा रहेको सुचनाका आधारमा भारतीय गुप्तचर संस्था आइबी र दिल्ली प्रहरीको बिशेष सेल एकसाता देखी नेपाल भारत सीमामा सकृय थियो । भारतीय मुजाहिद्दीन (धार्मीक लडाकु)को दस्ता गठन गर्ने भट्काल भारतका मुख्य शहरमा भएका दर्जनौ बम बिस्फोटका घटनाका मुख्य आरोपी हुन । भारतीय सञ्चार माध्यमले भट्काल बिहार प्रहरीको नियन्त्रणमा रहेको र उनलाई नेपाल भारत सीमाबाट पक्राउ गरेको जनाएका छन । नेपाल प्रहरकिा प्रवक्ता नवराज सिलवालले भट्काल पक्राउ सम्बन्धमा नेपाल प्रहरीलाई कुनै जानकारी नभएको बताए । ‘बुझ्ने प्रयास गर्दै छु’ सिलवालले भने । भट्कालका नामले कुख्यात उनको अस्सली नाम अहमद जरार सिद्दीबप्पा हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.