करोडौं ठग्नेलाई सार्वजनिक मुद्दा

Posted: August 29, 2013 in By Deepak Kharel

प्रसौनीमा महालक्ष्मी ट्रेडर्सको कार्यालय राखी चिट्ठा (लट्री) को नाउँमा सर्वसाधारणलाई सदस्य बनाई करिब दुई करोड ठगेको अभियोगमा पक्राउ परेकालाई प्रहरीले सार्वजनिक अपराधमा मुद्दा चलाएको छ।

चिट्ठा (लट्री) कटाउने व्यक्तिले जम्मा गर्ने रकमभन्दा बढी मूल्यको उपहार दिने नाउँमा ठगी गरेको आरोपमा प्रसौनीका शिवनन्दन गुप्ता, लक्ष्मीपुर कोतवालीका उपेन्द्र साह, विक्रमप्रसाद यादव, जिल्ला पर्सा लिपनी विर्ताका जगदीशप्रसाद कुशवाहालाई प्रहरीले सार्वजनिक मुद्दा चलाएको हो।
लक्ष्मी ट्रेडर्सका सदस्यले सर्वसाधारणलाई सदस्य बनाई २१ हप्तामा ५ हजार ४ सय जम्मा गर्दा टिभीदेखि मोटरसाइकलसम्म उपहार दिने झूठो आश्वासन बाँडेर करोडौं ठगेका थिए।
बाराका प्रहरी उपरीक्षक ठाकुर ज्ञवालीले रकम असुल्ने गिरोहका मुख्य नाइके पक्राउ पर्न नसकेकाले पक्राउ परेकालाई सार्वजनिक मुद्दा चलाएर अनुसन्धान गरिएको बताए। जिल्ला प्रशासन कार्यालयमा दर्ता नगरी नक्कली पान नं. ६०१०२२६८५ राखेर बारा र पर्साका धेरै सर्वसाधारणबाट पाँच महिनासम्म रकम असुल्ने कार्य भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बारा मुद्दा फाँटका प्रहरी निरीक्षक रामनाथ घिमिरेले बताए।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.