सेनामा कसैलाई काखा, कसैलाई पाखा

Posted: August 28, 2013 in By Deepak Kharel

सरोजराज अधिकारी

सैनिक नेतृत्वले केही अधिकृतको वृत्ति विकासका लागि विद्यमान व्यवस्थाविपरीतका imagesकामकारबाही अघि बढाएपछि अन्य अधिकृतहरू असन्तुष्ट बनेका छन् । सहायकरथीद्वय ज्ञानेन्द्रजंग रायमाझी र आमोदनरसिंह राणालाई अघि बढाउन नियम मिच्न लागिएपछि अन्य अधिकृतहरू असन्तुष्ट बनेका हुन् । सैनिक मुख्यालयले सेनामा उपरथी बन्न अनिवार्य मानिएको नेसनल डिफेन्स कोर्स -एनडीसी) का लागि रायमाझी र राणालाई पठाउने तयारी अघि बढाइएपछि अन्य दाबेदार असन्तुष्ट बनेका हुन् । सेनामा उपरथीका लागि अनिवार्य मानिएको एनडीसी वा वारकलेज ५३ वर्षभित्रै पूरा गरिसकेको हुनुपर्ने व्यवस्था छ । तर रायमाझी र राणा दुवैले त्यो उमेर हद पार गरिसकेका छन् ।

२०१७ जेठ १७ गते जन्मिएका रायमाझी तीन महिनाअघि ५३ वर्ष पूरा भइसकेका छन् । त्यसमाथि कोर्स गर्नै करिब एक वर्ष लाग्छ । २०१७ जेठ १४ जन्मिएका अर्का सहायकरथी राणाको पनि ५३ वर्ष पूरा भइसकेको छ । कोर्स सकेर र्फकंदा ५३ वर्ष पूरा भई १५ दिन कटिसकेको तर कीर्ते गरेर कागजपत्र सच्याएको भन्दै सहायकरथी हेम खत्रीमाथि कोर्ट अफ इन्क्वायरी चलिरहेका बेला रायमाझी र राणालाई भने नयाँ व्यवस्था गरी पठाउन लागिएको स्रोतले बतायो ।

सेनामा रिक्त ३ उपरथी पदमा बढुवाका लागि हालै रक्षा मन्त्रालयमा पठाइएको प्रस्तावमा सहायकरथीको वरीयतामा एक नम्बरमा रहे पनि छानबिन चलिरहेको भन्दै खत्रीको नाम समावेश छैन । चौथो वरीयतामा रहेका प्रधानसेनापतिका सैनिक सहायक हिमालय थापालाई बढुवा गर्नकै लागि कोर्स सकेर फर्केको एक वर्षपछि खत्रीमाथि कारबाही प्रक्रिया अघि बढाइएको एक सैनिक अधिकृतले बताए ।

रायमाझी र राणाको बाटो खोल्न अर्का उपरथी प्रेमप्रकाश थापा मगरमाथि पनि कोर्ट अफ इन्क्वायरी जारी छ । पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङको कार्यकालमा उनको सैनिक सचिव रहँदा मगरले विभिन्न मुलुकबाट आएको एनडीसी र वार कलेज कोर्सको कोटा लुकाएको अभियोग छ । उपरथी राजेन्द्र छेत्रीको संयोजकत्वमा इन्क्वायरी बोर्ड गठन गरिएको छ । तत्कालीन प्रधानसेनापतिको इसारामा मगरले कोटा लुकाउँदा एनडीडी/वार कलेज गर्न नपाएर वृत्ति विकासमा बाधा पुगेको ठहर गरी उमेर हद कटे पनि रायमाझी र राणालाई कोर्स गर्ने अवसर दिने निर्णय हुन लागेको स्रोतले बतायो । उमेर, वरीयताक्रमका हिसाबले मगर सेनाको माथिल्लो तहसम्म पुग्न सक्ने अधिकृत हुन् ।

‘उहाँ -जबरा) प्रधानसेनापति बनेकै एक वर्ष पुग्न लाग्यो । यदि उनीहरू -मगर र खत्री) बाट गल्ती भएको भए एक वर्षसम्म के हेरेर बसियो ? यसैबेला छानबिन गर्नुको नियत कसैलाई रोक्न र कसैलाई अघि बढाउनु हो भन्ने प्रस्ट हुन्छ,’ एक सहायकरथीले भने । प्रधानसेनापति जबराले गत साउनको पहिलो साता गरेको चीन भ्रमणका क्रममा विशेष अनुरोध गरेर दुईवटा कोर्सको कोटा झिकाएको र त्यसैमा रायमाझी र राणालाई पठाउन लागिएको सैनिक सचिवालय स्रोतले जानकारी दियो ।

कोर्सका लागि सेनाले आवश्यक भनी तोकेको अंग्रेजी भाषाको अन्तर्राष्ट्रिय मापदण्ड आईएलटीएस गर्नुपर्ने व्यवस्था पनि यी दुईको हकमा लागू नहुने निर्णय गर्न लागिएको स्रोतले बतायो । प्रधानसेनापतिनिकट रायमाझी सैनिक सचिव थिए । सेनापति निकट रहेर सरुवा, बढुवादेखि नीति निर्माणसम्मका काम गर्ने भएकाले सेनाभित्र सैनिक सहायक, सैनिक सचिवजस्ता पद कतिपय विभागीय प्रमुखको तुलनामा महत्त्वपूर्ण मानिन्छन् ।

सैनिक सचिवमा महाराजगन्जस्थित १० नम्बर बाहिनी प्रमुख रहेका दीपकप्रसाद भारतीलाई काजमा ल्याइए पनि रायमाझीको नयाँ पदस्थापन नतोकिएपछि उनलाई कोर्सका लागि पठाउन लागिएको कुरा खुलेको हो । सैनिक प्रवक्ता सहायकरथी सुरेशराज शर्माले भारती सैनिक सचिवमा आउन लागेको बारे सुने पनि औपचारिक जानकारी नभएको बताए । उनले रायमाझीको नयाँ पदस्थापन, उनी र राणा एनडीसी गर्न जानेजस्ता विषय आफ्नो जानकारीमा नभएको बताए । राणा हाल वन्यजन्तु आरक्ष निर्देशनालयको प्रमुख छन् ।

उपरथीमा बढुवाको सिफारिस भएका पदमविलास कार्कीलाई युद्धकार्य तथा व्यवस्था महानिर्देशनालयको जिम्मेवारी सुम्पन खोजिएकोमा पनि केही वरिष्ठ उपरथी असन्तुष्ट छन् । सैनिक मुख्यालयले कार्कीलाई उपरथीमा बढुवा गरी युद्धकार्य महानिर्देशकमा पदस्थापन गर्न रक्षामा प्रस्ताव पठाएको छ ।

प्रकाशित मिति: २०७० भाद्र १२ १२:४५

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.