विशेषलाई बयान लिनै धौ–धौ

Posted: August 28, 2013 in By Deepak Kharel

दिनेश गौतम

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा धमाधम पक्राउ गर्दै मुद्दा दायर गरेपछि विशेष अदालतमा चाप बढेको छ। सीमित अधिकारीलाई मुद्दाका विपक्षीको बयान लिनै धौधौ छ। आयोगले केही दिनयता मात्र २५ कर्मचारीविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
Laptop Bag with every nagarik
अनुसन्धानपछि मुद्दा दायर गरिएका कर्मचारी संख्या धेरै भएपछि विशेष अदालतमा बयान लिन समस्या देखिएको हो। न्यून गुणस्तरको ट्रान्सफर्मर खरिद प्रकरणमा मुछिएका विद्युत प्राधिकरणका अधिकांश अभियुक्तको बयान सुरु नै भएको छैन। मंगलबार बिहानै लगिएका प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवसँगको बयान अधुरै छ। न्यायिक हिरासतमा रहेका कर्मचारीलाई अख्तियारको टोलीले बसमा राखेर अदालत लगे पनि बयानै नदिई फर्काउनुपर्योर।
अदालतका उपसचिव केशवप्रसाद घिमिरेले मंगलबार तीन प्रतिवादीको मात्र बयान सकिएको बताए। कार्यकारी निर्देशक यादवको दुइवटा मुद्दाको प्रतिवादी भएका कारण बयान सकिएन। ‘पहिलो मुद्दाको बयान नै सकिएको छैन,’ उनले भने,’ बयान फेरि लिन्छौं।’ यादवसँगै बयानका लागि लगिएका अन्य तीनजना तत्कालीन निमित्त कार्यकारी निर्देशक टीकाराम बिसी, तत्कालीन महाप्रबन्धक चिरञ्जीवी शर्मा पौडेल र सहनिर्देशक हरिशबहादुर पालको भने साँझ बयान सकिएको अदालतले जनाएको छ।
अख्तियारले भदौ ४ गते प्राधिकरणका १२ जनालाई पक्राउ गरेको थियो। एक महिना नबित्दै फेरि प्राधिकरणका कार्यकारी निर्देशक यादवसहित अध्यागमन र वैदेशिक रोजगार विभागका गरी २१ जनालाई पक्राउ गरेको थियो। अध्यागमन र वैदेशिक रोजगारका गरी ३५ जनालाई पक्राउ गरिएपछि अख्तियारको हिरासतमा सबै अटाएनन्। छानबिनका लागि पक्राउ परेका मध्ये १९ जनालाई अख्तियार परिसरमा रहेको न्यायिक हिरासतमा राखिएको अख्तियारका सहायक प्रवक्ता घिमिरेले बताए। अख्तियारको हिरासतमा नअटाएकालाई हनुमानढोका र सिंहदरबारमा रहेको प्रहरी प्रभागमा राखिएको छ। हिरासतमा थप छानबिनपछि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गर्छ।
आरोपिसँग अदालतका नायब सुब्बा र डिट्ठाले बयान लिने गर्छन्। ‘मुद्दाको चाप हेर्दा जनशक्ति अभाव छ,’ घिमिरेले भने।
अदालतका रजिस्ट्रार धीरबहादुर चन्दको एक महिनाअघि सरुवा भएपछि पदपूर्ति भएको छैन । त्यस्तै, आरोपीसँग बयान लिने नायब सुब्बाको संख्या पनि दरबन्दीअनुसार छैन। अदालतमा ४५ जना कर्मचारीको दरबन्दी रहेकोमा उपसचिव २ जना, शाखा अधिकृत ३ जना, नायब सुब्बा १३ जना, खरिदार ४ जना र केही कम्प्युटर अप्रेटर एवं सहयोगी मात्र छन्।
बयान छिटो लिएर मुद्दा अघि बढाउन कठिनाइ भएपछि अदालतको अन्य फाँटका कर्मचारीले सहयोग लिइएको छ। बयान लिन लैजाँदा बयान नै नभई फर्कनुपरेपछि पक्राउ परेका कर्मचारी आक्रोशित छन्। ‘बयान लिन भनेर ल्याउने, अनि दिनभरि राखेर फर्काउँदा टर्चर मात्र भयो,’ अदालत परिसरमा प्राधिकरणका एक कर्मचारीले भने।
दरबन्दीअनुसार कर्मचारी नभएपछि अदालतले तालुकदार सर्वोच्च अदालतमा माग गरेको उल्लेख गर्दै उपसचिव घिमिरेले छिट्टै पदपूर्ति हुने आशा व्यक्त गरे।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s