मन्त्रीलाई अख्तियारको पुर्जी

Posted: August 28, 2013 in By Deepak Kharel

निजामती सेवामा प्रवेश गरेदेखि नै बदनाम भौतिक पूर्वाधार तथा यातायात मन्त्री छविराज पन्त chhabi-raj-pantaसचिवबाट अवकाश हुने बेलामा पनि अनियमितता गर्न छोडेनन्। शेरबहादुर देउवाको कृपाले भौतिक पूर्वाधार तथा सहरी विकास जस्तो अरबौं रुपैयाँ बजेट भएका मन्त्रालयको मन्त्री भएपछि उनको ध्यान जसरी हुन्छ, पैसा कमाउनेमै केन्द्रित भएको छ। उनको पैसामोह यस्तै रहने हो भने मन्त्री पद वहाल हुँदाहुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा पुग्ने पहिलो मन्त्री हुने कुरा मन्त्रालयका कर्मचारीहरू बताउँछन्।
हालसालै मन्त्री पन्तले ५० करोड रुपैयाँ राजस्व मारेर ५० लाख रुपैयाँ घुस लिएको खुलासा भएपछि अख्तियार दुरुपियोग अनुसन्धान आयोगले २४ घन्टे पत्र काटेको छ। एयरपोर्टका २० बर्षे पुराना ट्याक्सी विस्थापित गरी नयाँ ट्याक्सी ल्याउने निर्णय गर्ने क्रममा मन्त्री पन्तले ५० लाख रुपैयाँ घुस खाएर ५० करोड राजस्व मार्ने काम गरेका हुन्। २ दिनअघि पुराना ट्याक्सी विस्थापित गरी व्यवसायीलाई नयाँ ट्याक्सी ल्याउन दिने र त्यसका लागि अहिलेसम्मको सम्पूर्ण कर तिर्नुपर्ने निर्णय यातायात मन्त्रालयले गरेको थियो। तर, तीन दिनपछि एयरपोर्टको पर्यटक ट्याक्सी संघका अध्यक्ष विजयबहादुर स्वारले मन्त्री पन्तलाई ५० लाख रुपैयाँ घुस दिएर त्यो निर्णय नै उल्टाएर नयाँ ट्याक्सी ल्याएको ३ महिनापछि कर तिरे पनि हुने निर्णय गरेका छन्। ३ दिनअघि गरेको निर्णय उल्टाउने क्रममा मन्त्री पन्तले ५० लाख घुस लिएको अख्तियारमा दिइएको उजुरीमा उल्लेख छ। नयाँ ट्याक्सी ल्याउन दिने हो भने पुराना ट्याक्सीको कर तिर्नुपर्ने र ती पुराना ट्याक्सी कवाडीका रुपमा नष्ट गर्नुपर्ने निर्णय गरिए पनि पछि पैसाको प्रभावमा मन्त्री पन्तले नयाँ ट्याक्सी ल्याएको ३ महिनापछि कर तिरे पनि हुने निर्णय गरेका छन्। एयरपोर्टका पुराना पर्यटकीय ट्याक्सीको अहिलेसम्मको तिर्न बाँकी बक्यौता कर ५० करोड रुपैयँा भन्दा बढी छ। मन्त्रालयले ५० करोड कर तिरेपछि र पुराना ट्याक्सी पुनः प्रयोग गर्न नपाउने निर्णयबाट अत्तालिएका पर्यटकीय ट्याक्सी व्यवसायीहरूले मन्त्री पन्तको घुस्याहा चरित्र थाहा पाएर ५० लाख रुपैयाँ घुस बुझाएर कर नै नतिरी नयाँ ट्याक्सी ल्याउने निर्णय गरेपछि अख्तियारमा उजुरी परेको थियो। अख्तियारले उक्त निर्णयको बारेमा तत्काल स्पष्टीकरण मागेपछि मन्त्री पन्त घुस निल्नु न ओकल्नु भएका छन्। उजुरीमा विमानस्थल पर्यटक ट्याक्सी संघका अध्यक्षले नै मन्त्री पन्तलाई घुस बुझाएको मितिसमेत उल्लेख गरिएको छ। मन्त्री पन्तले भदौ ४ गतेसम्म अख्तियारलाई केही जवाफ दिएका छैनन्। २४ घन्टे पूर्जी दिएपछि ४ गते नै जवाफ पठाउनुपर्नेमा भौतिक मन्त्रालयले नपठाएको सूत्रले बतायो। भदौ ५ र ६ गते जनैपूर्णिमा र गाईजात्रा परेकाले सार्वजनिक बिदा परेकाले ७ गते मन्त्रालयले अख्तियारलाई स्पष्टीकरण दिएको छ।
यातायात व्यवस्था विभागले अख्तियारको निर्देशनपछि तत्काललाई पर्यटक ट्याक्सीका सम्बन्धमा गरिएको निर्णय कार्यान्वयन नगर्ने भएको छ। विभागमा महानिर्देशक सुदर्शनप्रसाद ढकालले एयरपोर्ट पर्यटकीय ट्याक्सीका सम्बन्धमा अख्तियारले दिएको निर्देशनअनुसार नै गर्ने भएका छन्।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.