बर्खास्त एसएसपी श्रेष्ठविरुद्ध अर्को मुद्दा

Posted: August 28, 2013 in By Deepak Kharel

दीपक खरेलraviraj-shrestha2

नेपाल प्रहरीबाट बर्खास्त एसएसपी रविराज श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौंमा अर्को मुद्दा दर्ता गरिएको छ। राजस्व अनुसन्धान विभागले श्रेष्ठविरुद्ध विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरेको हो।

विभागले श्रेष्ठसँगै विदेशी मुद्रा तस्करीमा संलग्‍न राजेश अग्रवाल, मुरारि गोयल जमालिया र विनोद सोनीलाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ। मुद्दामा सवा एक करोडको तेब्बर बिगो दाबी भराउन र तीन वर्ष कैदसजाय माग गरिएको छ। विभागका महानिर्देशक खुमराज पुञ्‍जालीले श्रेष्ठलाई विभागीय कारबाही भइसकेको र बाँकी पूरक कारबाहीमा रहेको मुद्दा दायर गरिएको बताए।

विमानस्थल प्रहरीले गत असोज २१ गते फ्‍लाइट दुबईको विमानबाट दुबई उड्न तयार सोनीका साथबाट विदेशी मुद्रा बरामद गरेको थियो। पक्राउ परेका सोनीले बरामद रकम श्रेष्ठका चालक सोभित कार्कीको सहयोगमा विमानसम्म पुर्‍याएको बयान दिएपछि उनी पनि अनुसन्धानमा तानिएका थिए। अनुसन्धानका क्रममा दरबारमार्गमा रहेको इसुबिसी ज्वेलर्सका सञ्‍चालक जमालिया र न्युरोडमा मोबाइल पसल चलाउने अग्रवालको समेत संलग्‍नता देखिएको थियो।

अनुसन्धानमा श्रेष्ठले काठमाडौंमा रहेका भारतीय मूलका व्यापारीका लागि मुद्रा तस्करी गर्ने खुलासा भएको थियो। श्रेष्ठले नेपालबाट विभिन्न देशका मुद्रा खाडी देशमा पठाउने र ती मुद्राबाट खरिद गरिएको सुन नेपाल भित्र्याउन सहयोग गर्दै आएको पनि अनुसन्धानबाट पाइएको थियो। एआईजी भीष्म प्रसाईंको संयोजकत्वमा गठित छानबिन आयोगले श्रेष्ठलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो।

महानगरीय प्रहरीको विमानस्थल सुरक्षा गार्डका तत्कालीन एसएसपी श्रेष्ठको सहयोगमा उनकै चालक हबल्दार कार्कीले सवा एक करोड नेपाली रुपैयाँबराबरको विदेशी मुद्रा सुरक्षा जाँच पास गराएर भारतीय नागरिक सोनीलाई दिएका थिए। हबल्दार कार्कीले तस्करीका लागि श्रेष्ठकै गाडी प्रयोग गरेको बयान दिएका थिए। गत असोज २१ गतेको यस घटनाको अनुसन्धानमा श्रेष्ठको प्रत्यक्ष संलग्नता देखिएपछि गृह मन्त्रालयले सरकारी सेवामा अयोग्य नहुने गरी चैतमा श्रेष्ठलाई सेवाबाट बर्खास्त गरेको थियो।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.