‘सार्प सुटर’ पक्रेर सुटुक्‍क भारतलाई

Posted: August 28, 2013 in By Deepak Kharel

चूडामणि भट्टराई

नेपाल प्रहरीले दुई भारतीय ‘सार्प सुटर ग्याङ स्टार’लाई राजधानीबाट पक्राउ गरी रातारात भारतलाई बुझाएको छ। चिरञ्‍जीवीसागर कुशवाह र विकास झा नाम गरेका भारतीय अपराधीलाई प्रहरीले ललितपुरको इमाडोलस्थित एउटा गेस्ट हाउसबाट गत साउन ३२ गते पक्राउ गरेको थियो। राति पक्राउ उनीहरूलाई भदौ १ गते बिहानै जनकपुर लगिएको स्रोतले जनाएको छ। हल्ला हुने डरले पक्राउलगत्तै उनीहरूलाई जनकपुर प्रहरीको जिम्मा लगाएर सीमामा पुर्‍याई सोही दिन भारतीय प्रहरीलाई बुझाइएको थियो।
Sharp-shooter

सात दिन अनुसन्धानपछि नेपाल प्रहरीको एउटा विशेष टोली उनीहरूलाई समात्‍न सफल भएको थियो। भारतीय प्रहरीको फरार सूचीमा रहेका कुशवाह र झा त्यहाँका चर्चितमध्येका एक सन्तोष झा ‘राहुल’ समूहका तलबी सुटर हुन्। उनीहरू काठमाडौंमा रहेको भन्दै विहार प्रहरीले जनकपुर प्रहरीलाई समेत पक्राउ गरी बुझाइदिन अनुरोध गर्दै आएको थियो। नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभएको अवस्थामा प्रहरीको कामप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आवाज नउठोस् भन्नका लागि प्रहरीले बेग्‍लै तरिका अपनाएको स्रोतले बतायो। यसका लागि अभियुक्त हस्तान्तरण गर्दै सीमा क्षेत्रसम्म पुर्‍याइदिने विधि अवलम्बन गरिएको थियो। उपत्यका प्रहरीले जनकपुर प्रहरीलाई अभियुक्त जिम्मा लगाउनुपरेको र जनकपुरबाट भने सीमामा लगी त्यहींबाटै पक्राउ गरेको देखाएर भारतीय प्रहरीको जिम्मा लगाइएको थियो। विहार प्रहरीले सीतामढी प्रहरी स्टेसनबाट खटिएको टोलीले उनीहरूलाई भदौ ३ गतेमात्र पक्राउ गरेको भारतीय सञ्चारमाध्यमलाई बताउँदै आएको छ।

यी सुटरलाई चिन्न जनकपुर प्रहरीले एक नायब प्रहरीनिरीक्षक नेतृत्वको टोलीसमेत अपरेसनमा सामेल गराउन काठमाडौं पठाएको थियो। महानगरीय प्रहरी आयुक्त एआईजी नवराज ढकालले अभियुक्तलाई एउटा जिल्लाबाट अर्को जिल्लामा हस्तान्तरण गर्नु सामान्य प्रक्रिया भएको प्रतिक्रिया दिए। उनले भने, ‘अनुसन्धानका लागि अभियुक्त आदानप्रदान हुनु सामान्य प्रक्रिया हो।’ सुपुर्दगी गरिएका कुशवाह अपहरण र हत्याका २७ र विकास झा १२ वटा मुद्दाका फरार अभियुक्त हुन्। दुवैको बयानका आधारमा भारतीय प्रहरीले उनीहरूको ग्याङ लिडर सन्तोष ‘राहुल’ को खोजी कार्य जारी राखेको नेपाल प्रहरी उच्‍च स्रोतले बतायो।

के हो राहुल ग्याङ?
भारतीय प्रहरीले भर्ती खोलेरै आपराधिक सञ्‍जाल चलाउने हालसम्मकै पहिलो गिरोह भन्दै ‘राहुल ग्याङ’ बारे नेपाल प्रहरीलाई जानकारी दिएको थियो। सीतामढी मुजफ्फरपुर, पूर्वी चम्पारन र सारन जिल्लामा आतंक मच्‍चाएको यो समूहले आफ्ना ग्याङ स्टारलाई मासिक तलब दिएर अपराधी भर्ती गर्ने र सरकारी बैंकमै खाता खोली एटीएम कार्डमार्फत तलब दिने गरेको छ। कुशवाह र झाको पक्राउपछि सार्प सुटर समूहमा सातजना तलबी रहेको खुलासा भएको जानकारी पनि भारतीय प्रहरीले नेपाल प्रहरीलाई दिएको स्रोतले बतायो। सुटरबाहेक सूचना संकलन र अन्य काममा कति तलबी छन् भन्ने अझै खुल्‍न नसकेको बताइएको छ।

यो समूहले भारतको पञ्‍जाब नेसनल बैंक र स्टेट बैंक अफ इन्डियाका विभिन्न शाखामा खाता खोलेको छ। ती खातामा धम्क्याइएका व्यापारी र सरकारी इन्जिनियरहरूले मासिक रकम जम्मा गरिदिने गरेकाले सोही रकमबाट प्रतिव्यक्ति मासिक नौ हजारदेखि १५ हजारसम्म भारतीय रुपैयाँ तलब दिइने गरेको कुशवाह र झाको बयानबाट खुलेको छ। अधिकांश घटनामा ९ एमएमको पेस्तोल प्रयोग गर्ने यो समूहसँग अत्याधुनिक हतियार एके-४७ समेत रहेको बताइन्छ। विहार प्रहरीले राहुल भारतीय माओवादीका तालिमप्राप्‍त पूर्वलडाकु भएको जानकारी जनकपुर प्रहरीलाई दिएको थियो। सशस्त्र विद्रोहमा रहेको भारतीय माओवादीबाट असन्तुष्ट भई ग्याङ स्टार बनेका राहुलको समूहका लंकेश झा भने यसअघि नै भारतीय प्रहरीको कारबाहीमा मारिएका थिए। यो समूहले रकम लिएर मान्छेको हत्या पनि गर्दै आएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s