किर्ते कर्तुतमा कर्मचारीलाई उन्मुक्ति, बिचौलिया फन्दामा

Posted: August 24, 2013 in By Deepak Kharel

दीपक खरेल

रूपन्देही आनन्दबनका स्थायी बासिन्दा ऋषभ धिताल विदेशमा थिए तर नक्कली ऋषभ धिताल बनेर अरू कसैले राजधानीको बूढानीलकण्ठमा रहेको उनको जग्गाको मोलमोलाइ गर्‍यो। नक्कली जग्गाधनी प्रमाणपत्र तथा नागरिकता किर्ते गरेर एक करोड ५५ लाखमा त्यो जग्गा बेचियो।

किर्ते गरी जग्गा बिक्री गर्ने गिरोहका तीन बिचौलिया सुमन प्रधान, शिवराम खड्का र कान्छा थापालाई मात्र प्रहरीले पक्राउ गरी अदालतमा मुद्दासहित पेस गर्‍यो तर संलग्न मालपोतका कर्मचारी तथा अन्य योजनाकार उम्किए।

बर्दिया नौलापुरकी निर्मला थापाको राजधानीकै सुन्दरीजलमा रहेको सात आना जग्गा पनि नक्कली निर्मला थापा बनेर बिक्री गरियो। उक्त प्रकरणमा पक्राउ पर्ने तीनजना राधिका खड्का, सञ्जीव खड्का र ताराबहादुर बस्नेत पनि बिचौलिया थिए। तर यो किर्ते धन्दालाई साथ दिने मालपोतका कर्मचारी र मुख्य योजनाकार कोही पनि समातिएनन्।

नक्कली प्रज्ञापनपत्र बनाएर भारतबाट चोरीका गाडी भन्सार छलेर काठमाडौंमा बेचबिखन गर्ने सुजन श्रेष्ठ पक्राउ परे तर उनको अवैध कामलाई सघाउने वा अनुमोदन गर्ने यातायात, भन्सार तथा राजस्वका कोही पनि कर्मचारी पक्राउ परेनन्। नक्कली करदाता प्रमाणपत्र बनाएर दुग्ध विकास संस्थानको टेन्डर हत्याउन खोज्ने गोविन्दलाल संघाई प्रहरी फन्दामा त परे। तर उनको किर्ते कर्तुतमा सघाउने सरकारी कार्यालयका कर्मचारीको नाम बाहिर ल्याइएन।
govindalal sanghai

Kancha Thapa

Radhika Thapa

Sanjeev Khadka

Shiva Ram

sujan shrestha

Suman Maharjan

Tara Kumar Basnet

यी केही उदाहरण मात्र हुन् बिचौलिया मात्रै फन्दामा परेका। यस्ता थुप्रै किर्ते काण्ड छन्, जहाँ सरकारी कर्मचारीको प्रत्यक्ष संलग्नता हुन्छ। नागरिकता, वारेसनामा, कर प्रमाणपत्र, सवारीधनी प्रमाणपत्र र जग्गाधनी प्रमाणपत्र, जन्मदर्ता, विवाह दर्ताका नक्कली कागजात तयार गरेर हुने यस्ता धन्धामा मुख्य अभियुक्त तथा योजनाकार उम्किएको पाइन्छ। खासगरी किर्ते कर्तुतलाई सघाउने सरकारी कर्मचारी त अधिकांश प्रकरणमा जोगिएको वा जोगाइएको देखिन्छ।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक ईश्वरबाबु कार्की कर्मचारीको सहयोगबिना किर्ते कर्तुत सम्भव नहुने बताउँछन्। ‘प्रहरीले अनुसन्धान गरेका दर्जनौं किर्तेका घटना हेर्ने हो भने सम्बन्धित कार्यालयका कर्मचारीको संलग्नताबिना यस्ता धन्दा हुन सक्दैनन्’, उनले भने। सरकारी कर्मचारी पनि संलग्न भएर अख्तियार दुरुपयोग हुने यस्ता प्रकरणमा प्रभावकारी अनुसन्धान हुन नसकेको कार्कीले बताए।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा रहेका सरकारी अड्डामा बिचौलियाका गतिविधि बढेको गुनासो आएपछि प्रहरीले बिचौलियाविरुद्ध विशेष अप्रेसन चलाएको छ। यस क्रममा शुक्रबार प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौं क्षेत्रबाट ११ जना बिचौलियालाई नियन्त्रणमा लियो। पक्राउ परेका बिचौलियाविरुद्ध सार्वजनिक अपराध मुद्दा चलाउन अनुसन्धानका लागि म्याद थप भएको छ। तर उनीहरूलाई प्रतिनिधि वा सूत्रका रूपमा विभिन्न अड्डामा पठाउने, परिचालन गर्ने योजनाकार तथा कर्मचारीको खोजबिन हुनसकेको छैन।

प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतम किर्ते काण्डमा बिचौलियाको मात्र हात नहुने स्वीकार्छन्। ‘सरकारी कर्मचारीसँग मिलेर किर्ते हुने कुरा नकार्न सकिँदैन’, गौतमले भने। उनले सरकारी कार्यालयमा सेवाग्राहीलाई सेवा दिने बहानामा भइरहेका आपराधिक वा अवाञ्छित गतिविधि निरुत्साहित गर्न प्रयास भइरहेको बताए।

ललितपुर प्रहरीले यातायात व्यवस्था कार्यालय एकान्तकुना क्षेत्रबाट आइतबार बिचौलियाका रूपमा अनधिकृत काम गरेको आरोपमा नौजनालाई पक्राउ गर्‍यो। तीमध्ये तीनजनासँग मात्र लेखापढी गर्ने अनुमतिपत्र थियो। लेखापढीको लाइसेन्स नभएका बाँकी ६ जनासँग सेवाग्राहीका दर्जनौं लाइसेन्स, ब्लुबुक र कागजपत्र भेटिएका छन्।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले भक्तपुरमा बिचौलियाको समस्या काठमाडौं र ललितपुरको तुलनामा कम रहेको दाबी गरे। ‘बिचौलियासँग मिलोमतो देखिए कर्मचारीलाई कारबाही हुन्छ भनेपछि अलि कम छ’, दवाडीले भने।

सार्वजनिक सरोकारका अड्डा जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, करदाता कार्यालय, वैदेशिक रोजगार विभाग, अध्यागमन कार्यालय, सरकारी वकिलको कार्यालय, जिल्ला अदालत, पुनरावेदन अदालत, प्रहरी परिसर, यातायात व्यवस्था कार्यालय, वाणिज्य विभाग, घरेलु उद्योग दर्ता कार्यालय, कम्पनी रजिस्ट्रारको कार्यालय र भन्सार कार्यालयमा बिचौलियाको बाक्लो उपस्थिति हुने गर्छ।

उनीहरूले कर्मचारीसँगको मिलोमतोमा छिटो काम गराइदिने भन्दै सेवाग्राहीसँग रकम असुल्ने गर्छन्। किर्ते कारोबारका लागि उनीहरू नै माध्यम बन्ने गर्छन्।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s