क्रिकेटका सट्‍टेबाज निगरानीमा

Posted: August 23, 2013 in By Deepak Kharel

दीपक खरेल

अन्नपूर्ण पोस्टको निरन्तर फ्लोअप

क्रिकेटका अन्तर्राष्‍ट्रिय प्रतियोगिता हारजितको अड्कल गरेर अर्बौं रुपैयाँको जुवा खेलाउनेविरुद्ध प्रहरीले निगरानी सुरु गरेको छ। प्रहरी मुख्यालय र महानगरीय प्रहरी आयुक्तको कार्यालयले सूचना संकलन तथा प्रमाण जुटाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र अपराध महाशाखालाई निर्देशन दिएका छन्।

क्रिकेटका खेल हारजित अनुमानमा हुने सट्टेबाजीबारे भदौ २ गते अन्‍नपूर्णमा समाचार प्रकाशित भएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो। समाचारमा उल्लेख भएका स्थान र व्यक्तिलाई विशेष निगरानीमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले क्रिकेटका नाममा हुने अर्बौंको जुवाका विषयमा अनुसन्धान गर्न निर्देशन दिएको बताए। ‘समाचार प्रकाशित भएलगत्तै सीआईबी, अपराध अनुसन्धान र महानगरीय प्रहरीलाई सूचना संकलन गर्न भनेका छौं’, महानिरीक्षक रानाले अन्‍नपूर्णसँग भने।

महानगरीय प्रहरी आयुक्तको कार्यालयका अतिरिक्त महानिरीक्षक नवराज ढकालले अपराध महाशाखालाई विशेष टोली बनाएर अनुसन्धान गर्न निर्देशन दिएको जानकारी दिए। उनले भने, ‘क्राइम ब्रान्चलाई सूचना संकलन र प्रमाण जुटाउन भनेको छु। अनुसन्धान प्रगतिउन्मुख छ भन्ने जानकारी आएको छ।’

सीआईबीले देशभर रहेका बुकी (जुवा खेलाउने व्यक्ति) र अपराध महाशाखाले उपत्यकामा रहेका बुकीलाई निगरानीमा राखेर सूचना संकलन गरिरहेका छन्।

काठमाडौंमा त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको जस्मिन हेल्थ क्लब र होटेल र्‍याडिसनस्थित क्यासिनो रेडका कर्मचारी विनोद उप्रेती मुख्य बुकी रहेको स्रोतको दाबी छ। स्रोतका अनुसार विराटनगरमा कमलेश अग्रवाल, चुन्नु राठी, लोकमान लोहिया, अनिल वाहेती, अशोक दाँते र मुन्ना नाम गरेका व्यक्ति बुकी छन्।

काठमाडौंमै रहेका ‘छोटे डनहरू’ समेत पछिल्लो समयमा क्रिकेटको बुकीका रूपमा सक्रिय छन्।

क्रिकेट खेलमा नतिजा पूर्वानुमान गरेर बाजी थाप्‍ने र अर्बौंको कारोबार गर्ने माफिया सक्रिय छन्। क्रिकेटका लोकप्रिय खेल भएका बेला भारत र दुबईमा रहेका मुख्य बुकीले नेपालमा रहेका बुकीको सहयोगमा जुवा खेलाउने गरेका हुन्।

यस वर्ष सम्पन्‍न इन्डियन प्रिमियर लिग (आईपीएल) को जुवामा मात्र नेपालबाट ४६ करोड रुपैयाँ हुन्डीमार्फत बाहिरिएको थियो।

for more news – annapost.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.