मोष्ट बान्टेड पक्राउ

Posted: August 22, 2013 in By Deepak Kharel

कृष्ण अधिकारी

jiyaul manihar

अपहरण, हत्या र फिरौती असुलीमा संलग्न भई बाँके प्रहरीको मोष्ट बान्टेड सूचीमा रहेका फरार अभियुक्त जियाउल मनिहारलाई बाँके प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ ।

अभियुक्त मनिहारलले तीनवर्ष पहिले नेपालगन्जमा दुई जना स्कुले बिद्यार्थीलाई अपहरण गरी हत्या गरेका थिए ।
बागेश्वरी उच्चमाध्यमिक बिद्यालयमा अध्यनरत कपिल र लिलाधरलाई २०६७ असोज १४ गते अपहरण गरे लगत्तै हत्या गरिएको थियो । अपहरण गरी हत्या गरिएका द्विवेदी परिवारले अपहरणकारीलाई १० लाख फिरौती बुझाएका थिए ।
०६६ माघ २७ गते साँझ साढे ७ वजे खुजरास्थित ट्रक समिति नजिकै मोटरसाईकलमा आएका दुई व्यक्तिले गोली हानी प्रकाशको हत्या गरेका थिए । हत्याको जिम्मेवारी जनतान्त्रिक तराई पार्टी मधेसले लिएको थियो । घटनापछि पीडित परिवार खजुराबाट बनकटवा गाविसमा विस्थापित भएको छ ।

विद्यार्थीका अभिभावकबाट १० लाख फिरौती लिई उनले ती बिद्यार्थीको घाटी रेटि हत्या गरेको बाँके प्रहरीले जनाएको छ ।

त्यसै गरी अभियुक्त मनिहारलले चार वर्ष पहिले बाँकेको इन्द्रपुरमा गंगाराम पासी र मुन्ना यादबको हत्या गरेका थिए ।

बिगत ४ वर्षदेखि तराई जनतान्त्रिक पार्टी मधेश नामक भुमिगत सुमुहमा आबद्ध भई सीमावर्ति भारतीय बजार रुपैडियामा बसेर अपहरण, हत्या र फिरौती असुलीमा संलग्न प्रहरीको मोष्ट बान्टेड सूचीमा रहेका फरार अभियुक्त जियाउल मनिहारलाई २ ग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

अभियुक्त मनिहार उपर हत्या, अपहरण, शरीर बन्धक र लागूऔषध सम्बन्धी मुद्दा चलाईने बाँकेका प्रहरी उपरिक्षक भुपालकुमार भन्डारीले बताए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.