ओलीले पनि भन्न थाले ‘एमाले कमजोर बनाउन देशी, विदेशी र प्रतिक्रियावादीको चलखेल’

देशमा प्रजातान्त्रिक पार्टीका नेताले विदेशी हस्तक्षेप भएको भन्ने कमै सुनिन्छ । समय काल र परिस्थिती अनुसार यो उनीहरुले भनेका हुन्छन् । जसको सिधा अर्थ सामान्य राजनीति बुझ्नेले पनि लगाउन सक्छ ।

फलानाले दक्षिण, उत्तर र समुन्द्रपारकाको यो कार्यका लागि भनेको हो ।

तर, नेपालका कम्युनिष्ट पार्टीका नेताले दिनैपिच्छे एउटै कुरो दोहोराउछन् । देशी, विदेशी र प्रतिक्रियावादी शक्तिको चलखेल भयो, हस्तक्षेप भयो । यो धेरै उनै नेताको मुखबाट सुनिन्छ जो प्रतिपक्षमा हुन्छन् । शक्ति र सत्तामा रहँदा उनीहरुले यसो भनिरहेको सुन्न पाईदैन् ।

याे सम्बाेधनमा भएका ब्यक्ति वा देशकाे उनीहरु नाम लिदैनन् । तर भनिरहेका हुन्छन् । अनि सत्ता र शक्तिमा रहँदा उनीहरुसँगैकाे निकटता बडा प्याराे हुन्छ ।

देशको प्रधानमन्त्री पदबाट बाहिरीएको केही महिनापछि नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शनिवार देशी/विदेशी प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएको दावी गरे ।

उनी त्यही प्रधानमन्त्री हुन् जसलाई मध्यरातमा भारतीय बाह्य गुप्तचरका प्रमुखले सरकारी निवासमा भेटेको र उनैले सम्झौता गरेको आरोप लागेको छ । यद्यपी यसको स्वतन्त्र पुुष्टि हुनभने बाँकी छ ।

र, ओली उनै प्रधानमन्त्री हुन् जसको कार्यकालमा सबैभन्दा बढी चिनियाँ प्रभाव देशका सबैक्षेत्रमा परेको छ । उनले आफ्नो दुबै कार्यकालमा चिनियाँ व्यापारीदेखि नेतासम्मलाई नेपालमा खेल्ने मैदान तयार गरिदिए ।

अध्यक्ष ओलीले मजदुर वर्ग पक्षीय विचारहरुका संवाहक शक्ति नेकपालाई विभाजन गर्ने काम पनि प्रतिक्रियावादी शक्तिहरुले नै गराएको जिकीरसमेत शनिवार गरे । मजदुर वर्ग पक्षीय शक्तिहरुलाई कमजोर पार्ने प्रयास भईरहेको र त्यसैको परिणाम स्वरुप आफू नेतृत्वको तत्कालीन नेकपा विभाजन भएको उनको तर्क थियो ।

शनिबारबाट ललितपुरको गोदावरीस्थित सनराईज हलमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आठौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरुले जहिले पनि मजदुर वर्ग र उनीहरुको पक्षधर शक्तिलाई विभाजित गर्ने काम गरिरहेको पनि उल्लेख गरे ।

उनले मजदुर वर्गको हितको लागि आफ्नो पार्टी र आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय गन्तव्य तय गरेर अघि बढाएको पनि पटकपटक दोहोराएका थिए ।

अध्यक्ष ओलीले भने, ‘अहिले पनि जो मानवोचित जीवन जिउन बञ्चित छन । निरपेक्ष गरिवीको रेखामुनि छन । अथवा रोजगारीको अवसरबाट बञ्चित छन । अथवा जिवन निर्वाह गर्न पुग्ने गरी ज्याला अथवा आम्दानीको अवसरबाट बञ्चित छन । सहज जीवन जीउन सकिरहेका, पाईरहेका छैनन । तीनका निम्ति समृद्ध नेपालः सुःखी नेपालीको गन्तव्य, त्यो राष्ट्रिय आकांक्षा आवश्यक छ । र, त्यो वास्तवमा त्यस वर्गका लागि आवश्यक छ । यसर्थ मजदुर वर्ग यस कुरा प्राप्तीका लागि वर्गीय हिसावले नै प्रतिवद्ध हुन्छ । वर्गीय हिसावले नै इमान्दार हुन्छ ।’

अध्यक्ष ओलीले आफ्नो पार्टी मजदुर वर्गको हितका लागि सदैव एकतावद्ध, प्रतिवद्ध र ऐक्यवद्ध रहेको पनि बताए । मजुदरहरुको सफलतामा आफ्नो पार्टीको सदा साथ रहने उनकोे भनाई थियो ।

संस्मरण रहोस, ओली नेतृत्व सरकारका एकाध बाहेक अधिकांश कार्य अहिले पनि अनुसन्धानको दायरामा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर