प्रहरी मिसनमा विवाद

Posted: August 2, 2013 in By Deepak Kharel

वैधानिक कमाइको दृष्टिले प्रहरी अधिकारीको लागि शान्ति मिसन सबैभन्दा आकर्षक अवसर बन्दै आएको छ। त्यही मिसनको लोभमा धेरैले प्रहरीमा जागिर खाने गरेका छन्।
त्यही शान्ति मिसनले प्रहरीलाई बदनाम पनि गराएको छ। खासगरी डार्फर मिसनको घोटाला प्रकरण प्रहरी इतिहासकै सबैभन्दा ठूलो भ्रष्टाचार बन्न पुग्यो। नेपाल प्रहरीमा शान्ति मिसनकै विषयमा फेरि सनसनी मच्चिएको छ। आफ्नो कोटा सशस्त्र प्रहरीले लैजाने भएपछि नेपाल प्रहरीले चलाखी अपनाएको छ। नेपाल प्रहरीले विदेशमै स्याट परीक्षा लिने गरी प्रहरी अधिकारीलाई शान्ति मिसनमा पठाउने भएको छ। अनपोल शान्ति मिसनका लागि छनोट भएका प्रहरी अधिकारी सकिसकेको तर तत्काल प्रिस्याट तथा स्याट परीक्षा हुन नसकेपछि प्रहरी प्रधान कार्यालयले स्याटजस्तै परीक्षा लिएर मिसनमा पठाउने तयारी गरेको छ। जसले सशस्त्र प्रहरीलाई रुष्ट बनाएको छ। पहिला गइसकेकालाई नै फेरी पठाउन लागिएपछि अन्य प्रहरी अधिकारी पनि त्यसप्रति रुष्ट छन्।
कम्तीमा एकपटक अनपोल मिसन गइसकेका प्रहरी अधिकारीलाई मात्र समाबेश गरी गत शुक्रबार प्रधान कार्यालयले परीक्षा लिएको हो। जसमा नाम चलेका एसपी/डिएसपीहरू फेल भएका छन्। फेल भएपछि केहीले समीक्षा(रिटोटलिङ) समेत गराएका छन्। प्रद्युम्न कार्की, उत्तम सुवेदी, अरुण बीसीलगायत एसपीहरू यसपटकको परीक्षामा फेल भएको स्रोत बताउँछ। असई, सईहरू पास भएका छन्।
नेपाल प्रहरीमा दुई वर्षदेखि स्याट परीक्षा हुन सकेको छैन। सशस्त्र प्रहरीमा परीक्षा उत्तीर्ण गरेर बसेका प्रहरी अधिकारीहरू मिसन जान बाँकी नै रहेकाले परीक्षा हुन नसकेको हो। स्याट परीक्षा लिँदा दुवै सुरक्षा निकायले सहमतिमा राष्ट्रसंघीय प्रतिनिधि बोलाउँदै आएका छन्। प्रहरीले केही महिनाअघि प्रि स्याट परीक्षा संचालन गर्न खोजेकोमा सशस्त्रले विरोध गरी रोकिदिएको थियो।
यसअघि उच्च प्रहरी अधिकारीले आफू निकटलाई परीक्षा नै नदिई मिसनका लागि छनोट गरेकाले पनि विवाद भएको थियो। त्यही कारण यसपटक परीक्षा लिइएको थियो।
नेपाल प्रहरी अनपोल मिसन अर्न्तगत सुडान, दक्षिण सुडान, हाइटी, लाइबेरिया लगायतका देशमा खटिँदै आएको छ। मिसनमा खटिने प्रहरी अधिकारीले महिनामा करिब ३ लाख रुपियाँ कमाउने भएकाले महत्वपूर्ण अवसरका रुपमा लिने गरिएको छ। नेपालबाट ठुलो संख्यामा सुरक्षा अधिकारीहरू सुडान खटिने गर्दछन्। तर राष्ट्रसंघ र सुडान सरकारबीच विवाद रहेकाले सुडानले भिसा दिन सधैं ढिला गर्दै आएको छ। जसकारण छनोट भएर पनि भिसा नआउँदा प्रहरी अधिकारीहरू जान पाएका छैनन्। अन्य देशका प्रहरी अधिकारीसँग प्रतिपर्धा गरेर नाम निकालेका एसपी कमल जिटी समेत वर्ष दिनदेखि भिसा कुरिरहेका छन्।
http://www.weeklynepal.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s