पत्रकार दुर्व्यवहार छानबिन गर्ने आईजीपीको प्रतिबद्धता

Posted: July 26, 2013 in By Deepak Kharel

प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय कोषाध्यक्ष तथा नयाँ पत्रिकाका संवाददाता टेकराज थामीमाथि भएको दुर्व्यवहार छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् ।

फोनिजको ज्ञापन पत्र बुझ्दै महानिरीक्षक रानाले उक्त घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउने बताए । पत्रकार थामीमाथि भएको दुर्व्यवहारप्रति प्रहरी संगठनको तर्फबाट क्षमायाचना गर्दै महानिरीक्षक रानाले घटनामा संलग्न दोषीलाई कारबाही गर्ने बताए ।

प्रहरी महानिरीक्षक रानालाई ज्ञापनपत्र बुझाउन फोनिज अध्यक्ष डण्ड गुरुङको नेतृत्वमा पत्रकारहरु प्रहरी प्रधान कार्यालय नक्साल पुगेका थिए । ज्ञापनपत्र बुझाउदै फोनिज अध्यक्ष डण्ड गुरुङले घटनाका दोषीमाथि कारबाहीको माग गरेका छन् ।

प्रहरीले ज्यादतीपूर्ण ढंगले नियन्त्रणमा लिने, हत्कडी लगाउने, मापसे नै नगरेका व्यक्तिलाई स्वास्थ्य परीक्षणको नाममा रकम असुल्ने काम गरेकोप्रति फोनिजको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.