७ एसपीको बढुवा

Posted: July 19, 2013 in By Deepak Kharel

प्रतिमा बाँस्कोटा

गृहमन्त्रालयले नेपाल प्रहरीका ७ एसपीलाई एसएसपीमा बढुवा गरेको छ । प्रहरी मुख्यालयको सिफारिसमा मन्त्रालयले साउन अन्तिम साता अवकास पाउन लागेका एसएसपी ठाकुराम बर्तौला, पुष्पचन्द्र रञ्जित, ज्ञानविक्रम शाह, मनोज न्यौपाने, पवन खरेल, श्याम खत्री र बलराम शर्मा पौडेलेको बढुवा गरेको हो ।

‘प्रहरीमा अनुसन्धानकर्ता न्युन’

प्रहरी महानिरीक्षक कुबेरसिंह रानाले नेपाल प्रहरीमा अपराध अनुसन्धानमा खटिने जनशक्ति न्युन रहेको बताएका छन् । अपराध अनुसन्धान र अभियोजन बिषयको एक छलफल कार्यक्रममा उनले कुल जनशक्ति मध्येको ४ दशमलब २८ प्रतिशत जनशक्तिले मात्र अपराध अनुसन्धान गर्ने गरेको बताए । महानिरीक्षक रानाका अनुसार नेपाल प्रहरीमा रहेका ६७ हजार १ सय ८१ मध्ये अपराध अनुसन्धानमा खटिने जनशक्ति २ हजार ८ सय ८० मात्र रहेका छन् । ‘अपराध अनुसन्धानको क्षेत्रलाई प्राथमिकता दिनुपर्ने देखिन्छ’ रानाले भने ‘अनुसन्धानमा खटिने अधिकृत र अन्य कर्मचारीको लगनशिलता, मिहेनत र ब्यावसायिकताले अनुसन्धान सफल गराउन मदत गर्छ ।’

नेपाल प्रहरीको मेरुदण्ड नै अपराध अनुसन्धान हो । त्यसलाई प्राथमिकतामा नराखेको भन्दै प्रहरी नेतृत्वको आलोचना हुदै आएको छ । महानिरीक्षक रानाका अनुसार काठमाडौंपछि सबै भन्दा बढि अपराध हुने जिल्ला झापा, मोरङ, सुनसरी, कास्की, रुपन्देही, बाँके, बारा, पर्सा, धनुषा र ललितपुर रहेका छन् । काठमाडौंमा काम गर्ने एउटा प्रहरीले बर्षमा ६२ वटा मुद्धा हेर्नुपर्ने देखिएको छ ।

महानिरीक्षक रानाले अपराध अनुसन्धान गर्ने (प्रहरी ) र अभियोजन गर्ने (वकिल) वीच अबिश्वास र शंकाको वाताबरणले दुरी बढाइदिदाँ फौजदारी न्याय प्रणालीमा नकरात्मक असर पर्ने गरेको बताए । ‘अपारदर्शिता र गैह्र ब्यावसायिक क्रियाकलापले अबिश्वास र शंकाको वातावरण सिर्जना गरेको छ’ महानिरीक्षक रानाले भने ‘सरोकारवाला निकाय बिच नियमित अन्तक्रिया र कार्यगत एकताको आवस्यकता छ ।’

प्रकाशित मिति: २०७० श्रावण ४ ०७:२०
– See more at: http://www.ekantipur.com/np/2070/4/4/full-story/372388.html#sthash.tiIJUX25.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.