साना हतियार ‘सर्च अप्रेसन’

Posted: July 15, 2013 in By Deepak Kharel

शम्भु कट्टेल

आर .बि .एस . समूहबाट बरामद सामग्री ( फाइल )

आर .बि .एस . समूहबाट बरामद सामग्री ( फाइल )

संविधानसभा निर्वाचन सुरक्षालाई लक्षित गर्दै नेपाल प्रहरीले अवैध रूपमा राखिएका साना हतियार नियन्त्रणमा लिन विशेष सर्च अप्रेसन सुरु गरेको छ। सुरक्षा निकायको पछिल्लो अध्ययनअनुसार विभिन्न समूह तथा व्यक्तिले अवैध रूपमा राखेका साना हतियारका कारण निर्वाचनको वातावरणमा बाधा पुग्ने देखिएपछि प्रहरीले सर्च अभियान थालेको हो।

साना हतियार प्रयोग तथा ओसारपसारमा संलग्न गिरोहलाई लक्षित गरेर राजधानी र बाहिरका रणनीतिक स्थानमा अभियान चलाइएको नेपाल प्रहरीका प्रवक्ता नायब महानिरीक्षक नवराज सिलवालले बताए। ‘यसले संविधानसभा निर्वाचनको वातावरण बनाउन र सुरक्षा कायम गर्न थप सहयोग पुग्छ’, उनले भने।

अभियानलाई तीव्रता दिन विशेष इन्टेलिजेन्स फोर्स बनाएर सादा पोसाकमा प्रहरी परिचालन गर्ने तयारी भइरहेको छ। साना हतियार प्रयोगकर्ताको पहिचान गरी उनीहरूको सम्पर्क र सञ्जालमा रहेका राजनीतिक दलका नेता, व्यापारीलगायतका व्यक्ति माथि पनि प्रहरीले निगरानी थालेको छ। दलका नेतासँग निकट सम्बन्ध बनाई आपराधिक क्रियाकलापमा संलग्‍न व्यक्ति माथि पनि अनुसन्धान थालिएको छ। अभियानअन्तर्गत प्रहरीले विशेष सुरक्षा दस्ता बनाई अवैध साना हतियारको ओसारपसार हुने सम्भावित नाकामा खटाउने भएको छ।

संविधानसभा निर्वाचनका उम्मेदवारले साना हतियारधारी व्यक्तिलाई आफ्नो प्रभावमा लिई अर्को पार्टीको मतदातालाई धम्क्याउन सक्ने भएकाले निर्वाचनभन्दा पहिले नै साना हतियार बरामद गर्ने योजना प्रहरीको छ। निर्वाचन सुरक्षा पूर्वयोजनाअन्तर्गत प्रहरीले कडाइ गरेको हो। खुला सीमाका कारण साना हतियार नेपालमा सजिलै भित्रने गरेको अनुसन्धानबाट देखिएपछि सीमावर्ती क्षेत्रमा प्रहरीले सतर्कता बढाएको छ।

प्रहरीले यस वर्षमात्रै राजधानीमा अवैध हतियार प्रयोग गर्ने २७ जनाविरुद्ध मुद्दा चलाएको छ। गत साउनयता राजधानीबाट १४ वटा पेस्तोल, ६ वटा रिभल्वर, आठवटा कटुवा पेस्तोल, एक सय ४७ वटा गोली बरामद भएका छन्। प्रहरीका अुनसार अधिकांश आपराधिक गतिविधिमा साना हतियारको प्रयोग हुने गरेको छ।

पहाडी र तराईका जिल्लामा भूमिगत रूपमा आपराधिक कार्यमा संलग्न संगठनले अपहरण, चन्दा र फिरौती असुली गर्न साना हतियार प्रयोगमा ल्याएको पाइएको छ। राजधानीको सतुंगलमा हालै चरी भनिने दिनेश अधिकारीमाथि पनि साना हतियारबाट गोली हानिएको प्रहरीको अनुसन्धानबाट पाइएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s