चक्रे मिलन अदालतमा बयान दिदै

Posted: June 12, 2013 in By Deepak Kharel

chakre milanअवैध रुपमा ७ करोड ८ लाख रुपैँया कमाएको भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले मुद्दा दर्ता गरेका गुन्डा नाईके चक्रे मिलन बुधबार विशेष अदालतमा बयानका लागि हाजिर भएका छन्।

विशेष अदालतका रजिष्ट्रार धीरबहादुर चन्दका अनुसार जगन्नाथ देवलमा रहेका चक्रे मिलन १० बजे श्रीमतिसहित बयानका लागि अदालत हाजिर भएका हुन्। जेठ ३ गते चक्रे मिलनसहित पाँच गुन्डा नाईकेहरु गणेश लामा, पर्शुराम बस्नेत, अभिशेक गिरी र दिपक मनाङेविरुद्ध ६३ करोड रुपैँया विभिन्न गैरकानुनी काम गरि कमाएको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको थियो।

चक्रे मिलन अर्कै फौजदारी मुद्दामा सजाय भोगिरहेकाले उनलाई अदालतमा उपस्थित गराउन विशेषले जेठ २३ गते जगन्नाथ देवल कारागारलाई पत्राचार गरेको थियो। यसअघि अर्का गुन्डा नाईके पर्शुराम बस्नेतलाई थुनछेक आदेशमा २ करोड धरौटी बुझाउन अदालतले आदेश दिएपछि त्यो नसकेर उनलाई कारागारमा लगिएको छ। विशेष अदालतले बाँकी तीनजना अभियुक्तहरुलाई पनि अदालतमा उपस्थित हुन म्याद जारी गरिसकेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.