गुण्डा-नाइके पर्शुराम जेल चलान

Posted: June 11, 2013 in By Deepak Kharel

गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा बिशेष अदालतलेयुवासंघका नेता पर्शुराम भनिने कृष्ण बस्नेतसँग २ करोड धरौँटी माग गरेको छ । अदालतले मागेको धरौटी बुझाउन नसकेपछि बस्नेतलाई केन्द्रिय कारागार सुन्धारामा राखिएको हो । बस्नेतसँगै प्रतिवादी बनाईएकी श्रीमती अञ्जुसिह  बस्नेतलाई साधारण तारेखमा राख्ने आदेश अदालतले गरेको छ । आज भएको थुनछेक बहसपछि बिशेष अदालतका अध्यक्ष न्यायाधीश केदारप्रसाद चालिसे र सदस्यद्धय मोहनरमण भट्टराई रभूपेन्द्रप्रसाद राईको संयुक्त इजलसले धरौटी माग गरेको हो । आदेशमा विभागको दाबी अहिले पुष्टिनभएको र बुझ्दै जादा ठहरे बमोजिम हुनेगरि हाललाई बिशेक्ष अदालत ऐन, २०५९ को दफा ७ कोखण्ड (घ) बमोजिम धरौटी माग गरिएको उल्लेख छ ।

सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागलेबस्नेतलेस्रोत नखुलेको ११ करोड ६१ लाख ४१ हजार रुपैया बराबरको अकूत सम्पत्ती थुपारेको आरोपमा बिशेष अदालमा गत मुद्धा दायर गरेको थियो । बस्नेत, श्रीमती सहित आज बिहान 10 बजे   युवा संघका कार्यकर्ता सहित अदालतमा उपस्थित भएका थिए । बस्नेत दम्पत्तीसँग बिशेष अदालतले करिव ४ घण्टा बयान लिएको थियो । बयान पछि भएको थुनछेक बहसमा बिशेषअदालतका एक जना अधिकृत र बस्नेतका तर्फबाट नेपाल बार एशोसिएनका अध्यक्ष हरिकृष्ण कार्की,उपाध्यक्ष टिकाराम भट्टराई सहित ४ जनाले बहस गरेका थिए । बस्नेतले आजै आफन्त र साथिभाईको बिराटनगर उप महानगरपालिकाको बिभिन्न कित्ताका जग्गा धरौटीका लागि राख्न खोजेपनि कानुनी प्रकृया नपुग्दा जेल जानु परेको हो । जेल जानु अघि बस्नेलले आफु अन्यायमा परेको बताउदै सर्वोच्च जाने बताएका थिए । बस्नेतले भने ” यो अन्तिम फैसला होईन , मलाई अदालतको फैसला सँग आपत्ती छैन तर न्याय खोज्न सर्वोच्च सम्म जाने छु” ।

सम्पत्ती सुद्धिकरण अनुसन्धान विभागले गत जेठ ५ गते ५ जना डन बिरुद्ध सम्पत्ती सुद्धिकरण निवारण ऐन,२०६४ बमोजिम सजायको मागदाबी सहित मुद्धा दायर गरेको थियो । मुद्धा दर्ता गर्दा प्रतिवादीलाई अनिवार्य उपस्थित गराउनुपर्ने कानुनी प्रवधान भएपनि विभागले जेलमा रहेका मिलन चक्रेका हकमा बाहेक अन्य  ४ जनालाई फरार करार दिएको थियो । बिशेष अदालतले फरार डनका नाममा १५ दिने म्याद दिएपनि अधिकांसको ठेगाना गलत भएका कारण समयमा म्याद तामेली हुन सकेको थिएन ।

 

prashuram basnet
Photo By : Uma Bista/Annapurna Post

प्रतिवादी कान्छी पूर्जी जेठीलाई

सम्पत्ती सुद्धिकरण विभागले पर्शुराम बस्नेत र श्रीमती अञ्जुसिंह बस्नेतलाई प्रतिवादी बनाएर मुद्धा दायर गरेपनि अदालतको १५ दिनेपूर्जी जेठी श्रीमती जया बस्नेतलेबुझेकी थिइन । अलग्गैबस्दैआएकी जयालाई जेठ २४ गतेबिराटनगर स्थित उनी बस्दैआएको घरुमा पुगेर तामेलदारलेपूर्जी थमाएका थिए । पूर्जी बुझेको १५ दिन र बाटो म्याद १५ दिन गरि ३० दिनमा हाजिर भए हुनेमा बस्नेत ३ दिनमैअदालतमा हाजिर भएका छन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s