पूर्व सभासद् मियाँको हत्या ‘छोरी र प्रेमीबाट’

Posted: June 7, 2013 in By Deepak Kharel

चुडामणी भट्टराई/अन्नपूर्ण पोष्ट

savasad

विघटित संविधानसभा सदस्य सदरुल मियाँ हकको हत्यामा संलग्न रहेको आरोपमा गए राति हककै छोरीसहित दुई जना गिरफ्तार भएका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोलीले कल्याणपुर गाविस–२ स्थित हकको घरबाट उनकै छोरी २२ वर्षीया रवेदा खातुन र हत्यामा संलग्न लहान नपा–५ का ४० वर्षीय अब्दुल राउखलाई लहानबाट गिरफ्तार गरेको जनाएको छ।

पूर्वसभासद् हकको हत्यामा संलग्न भएका कारण लहान–५ निवासी राउख र हककै छोरी रवेदालाई गिरफ्तार गरी अनुसन्धान थालिएको प्रहरी वरिष्ठ उपरीक्षक भोगबहादुर थापाले जानकारी दिए।

हत्यामा संलग्न रवेदाका प्रेमी लहान नपा–५ का मौलवी भन्ने जमिर उल भने फरार रहेका छन्। रवेदा र जमिरले आफूहरुको विवाह भइसकेको बताए पनि हकले अस्विकार गर्दै आएकाले योजना बनाई हत्या गरिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए।

उनका अनुसार केही पाउन केही गुमाउनुपर्छ भन्दै प्रेमी जमिर र रवेदाकै योजनामा हकको हत्या गरिएको हो। माग्न जाँदा नदिएपछि उनीहरुले आपसमा विवाह गरेको बताउँदै आएका छन्।

रवेदा र जमिरको प्रेमसम्बन्धमा आमाको सहमति रहेपनि बुबा हकको सहमति नभएपछि प्रेममा बाधक बनेको ठानेर दुवैले मिली हकको हत्या गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जानकारी दिएको छ।

हत्यामा संलग्न दुई अभियुक्त गिरफ्तार भएपनि हत्याका मुख्य योजनाकार जमिर र अन्य सहयोगीहरु सीमावर्ती क्षेत्र भारतमा भएकाले गिरफ्तार पर्न नसकेको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गरेको पूर्वसभासद् हकको मोबाइलका आधारमा हत्यामा संलग्न व्यक्तिको पहिचान गर्न प्रहरी सफल भएको बताइएको छ।

स्वतन्त्र सभासद् हकको राजनीतिक वा व्यवसायिक रिसइवीका कारण हत्या भएको हुनसक्ने आशङ्का गरिएकामा छोरी नै हत्यामा संलग्न भएको पाइएको प्रहरीले बताएको छ।

सप्तरीको कल्याणपुर गाविस–२ विसनपुरका ५५ वर्षीय पूर्व सभासद् हकको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा गत जेठ ७ गते बिहान ८ : ३० बजे उनको घरदेखि ५०० मिटर पश्चिम रहेको खोजपुर गाविस–७ स्थित हुमा आयल टेड्रर्समा शव फेला परेको थियो।

छिमेकी रामेश्वर साहको छोरीको बिहेबाट जेठ ६ गते राति १० बजे आफ्नै पेट्रोल पम्पमा सुत्न गएका उनी बिहानसम्म घर नफर्केपछि परिवार र पम्पका कर्मचारीहरु खोज्न जाँदा उनको मृत शरीर फेला परेको थियो।

हत्यामा संलग्न सबैजना नियन्त्रणमा नआएसम्म गिरफ्तारीबारे कसैलाई पनि जानकारी नदिन केन्द्रीय अनुसन्धान ब्युरोले निर्देशन दिएको थियो।

तर, हत्यामा संलग्न रहेको आरोपमा हकका छोरी गिरफ्तार भएपछि उनीहरुको परिवारबाटै होहल्ला हुन थालेकाले आज दुई अभियुक्तलाई सगरमाथा अञ्चल प्रहरी कार्यालयमा सार्वजनिक गर्न लागिएको हो। प्रहरीले आज कर्त्तव्य ज्यान मुद्दा दर्ता गर्दै अदालतबाट म्याद थप गरी थप अनुसन्धान गर्ने जनाएको छ।

Mo. Jamirul Shekh Nur Jahan Khatun Abdul Rauf Rubeda Khatunअनुसन्धानबाट  खुलेका कुराहरु

अन्दाजि १ बर्ष पहिला मोहम्मद जमिरुल शेख  मृतकको जेठी छोरीको उपचारको लागि मृतकको घरमा आए पश्चात माहिली छोरी  रुबेदा खातुनसंग सम्पर्कमा रहेको ।

मोहम्मद जमिरुल शेखसंग रुबेदा खातुनले घर परिवारको जानकारि बिना २०६९ फाल्गुण महिनामा रौतहटमा गै निकाह गरेको ।

मृतक शदरुल हक उक्त कुरामा सहमत नभई रुबेदा खातुनको अन्य ब्यक्तिसंग बिबाह गर्ने कुरा गर्नुको साथै निज छोरी लाई गालि गर्ने गरेको ।

मृतकको श्रीमती नुरजहांसंग पनि आर्थिक कुरामा पनि बेला बेलामा झगडा हुने गरेको ।
करिब ५ महिना अगाडि देखि रुबेदा खातुन, नुरजहां र मोहम्मद जमिरुल शेख  मिलेर शदरुल मिया हक को हत्या गर्ने योजना बनाएको ।

हत्या योजना कार्बान्यन गर्नको लागि भारतबाट पेशेवर अपराधि ल्याउने जिम्मा मोहम्मद जमिरुल शेखले लिएको ।
करिब १५ दिन अगाडि श्रीमती नुरजहांसंग झगडा पश्चात मृतक घरमा नसुति नजिकै रहेको पेट्रोल पम्पमा सुत्ने गरेको ।
मृतकको गतिबिधि सम्बन्धमा रुबेदा खातुनले मोहम्मद जमिरुल शेख लाई जानकारी दिने गरेको ।
हत्याको करिब १५ दिन अगाडि देखि मोहम्मद जमिरुल शेखले एनुल शेख र अब्दुल रउफलाई सम्पर्क गरि हत्याको लागि सहमत गरेको ।
हत्याको करिब ५ दिन अगाडि देखि लगातार मोहम्मद जमिरुल शेख, एनुल शेख र अब्दुल रउफ कल्याणपुरमा आई निजको घर, पेट्रोल पम्प तथा इट्टा भट्टाको भौगोलिक अवस्थाको जानकारी लिएको ।
मिति २०६९र०२र०५ गते बिहान सिराहाको भगवानपुर गमरिया स्थित एनुल शेख बस्ने गरेको निजको ससुरालिको घरमा गै सोहि राति शदरुल मिया हकको हत्या गर्ने योजना गरेको ।
योजना मुताविक मोहम्मद जमिरुल शेख, एनुल शेख र अब्दुल रउफ बेलुकिको अन्दाजि ६ बजे कल्याणपुरमा आई बसेकोमा अनुकुल समय नमिलेपछि रातको अन्दाजि १ बजे लहान तर्फ फिर्ता भएको ।
पुन भोलिपल्ट मिति २०७०र०२र०६ गते शदरुल हक पेट्रोल पम्पमा सुत्नको लागि गएपछि रुबेदा खातुनले मोहम्मद जमिरुल शेखलाइ रातको अन्दाजि २१।१० बजे जानकारि दिएपश्चात निजहरु २१।३० बजे लहान बाट मोटरसाइकलमा कल्याणपुरमा आएको
रातको अन्दाजि २२।३० बजे निजहरु पेट्रोल पम्पमा प्रबेश गरि अन्दाजि ००।३० सम्ममा निज शदरुल मिया हकको हत्या गरेको
हत्या पश्चात शदरुल मिया हकको दुईवटै मोबाईल फोन लिएर निजहरु अन्दाजि ०१।४५ बजे लहान तर्फ फर्केको
अनुसन्धान पश्चात मिति २०७०र०२र२३ गते अब्दुल रउफलाई पक्राउ गरि निजको घरबाट मृतकको रातो रंगको ल्यपष्ब अद्द ण्ण् mयदष्भि बरामद गरिएको ।
मिति २०७०/०२/२३ गते नै मृतकको छोरी रुबेदा खातुनलाई पक्राउ गरिएको ।
मिति २०७०/०२/२४ गते मृतकको श्रीमती नुरजहांलाई पक्राउ गरिएको ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.