डन चरीको उजुरी हनुमानढोकामा

Posted: June 7, 2013 in By Deepak Kharel

chari
प्रहरीसँग चोर पुलिसको खेल खेल्दै आएका डन चरी उपनामले कुख्यात दिनेश अधिकारी बुधवार एकाएक महानगरिय प्रहरी अपराध महाशाखा, हनुमानढोकामा देखापरे । आफुसँग आएका दलबललाई हनुमानढोकाको गेटमै छाडेर एक जना सहयोगीका साथ अपराध महाशाखा पुगेका चरीलाई देखेपछि केहि समय त स्वयम प्रहरी पनि अचम्ममा परे ।
सधै चरी बिरुद्धका उजुरी दर्ता गर्दै आएको प्रहरीले बुधवार भने चरीले दिएको उजुरी दर्ता गरेको छ । चरीले बिभिन्न मोबाइल नम्बरबाट आफुले प्रयोग गर्दै आएको ९८०१०४४७५९ नम्बरको मोबाइलमा बराबर फोन गरि ज्यानमार्नेसम्मको धम्की दिएको ब्यहोरा सहितको उजुरी अपराध महाखाखामा दर्ता गरेका हुन । उजुरीमा ५ वटा मोबाईल नम्बर उल्लेख गरिएको छ । धमक्याउने ब्यक्तिलाई पक्राउ गरि अनुसन्धान गर्न उजुरीमा भनिएको छ । महाशाखाका प्रहरी उपरिक्षक प्रधुम्न कार्की भन्छन सधै जसबाट समाजले असुरक्षा महशुस गरेको थियो उनै यहाँ आएर आफुलाई धम्की दिएको उजुरी दर्ता गरेका छन । हामी अनुसन्धान गर्दै छौ , हेरौ चरीकै बदमासी पनि हुनसक्छ । कार्कीले थपे हामीले यसलाई सकारात्मक रुपमा लिएका छौ । महाशाखाको पिलर चारले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

प्रहरीको सुचीमा अपराधिक कृयाकलापमा सँलग्न ब्यक्तिका रुपमा रहेका चरीलाई यसअघि पनि बारम्बार प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले २०६८ साल बैशाख १३ गते धादिङबाट सरकारी टेण्डरमा गुण्डागर्दी गरेर फर्कदै गर्दा चरीसहितको समुहलाई नागढुँगामा हातहतियार सहित पक्राउ गरेको थियो । सार्वजनिक अपराधमा मुद्धा चलाईएका चरीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौले राती अबेरसम्म कार्यालय खुल्ला गरेर सामान्य धरौटीमा रिहा गरेको थियो । तात्कालिन उर्जामन्त्री गोकर्ण बिष्टमाथि भएको सांघातिक आक्रमणमा समेत चरीको संलग्नताबारे प्रहरीको केन्द्रिय अनुशन्धान ब्युरोले सोधपुछ गरेको थियो । त्यसपछि गैडाको खाग सहित पक्राउ परेका चरी राजनीतिक दवाबमै धरौटीमा रिहा भएका थिए ।

पछिल्लो पटक सम्पत्ती सुद्धिकरण अनुसन्धान बिभागले गैर कानुनी कृयाकलाप गरेर अवैध सम्पत्ती आर्जज गर्ने बिरुद्ध कारवाही तिब्र पारेपछि चरीले त्यसबाट जोगिन नाटक रचेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । कारवाही अगावै प्रहरीमा उजुरी दिदा सम्पत्ती सुद्धिकरणको मुद्धामा सकारात्मक असर पुग्नसक्ने ठम्याई हुनसक्छ । अनुशन्धान गरिरहेका एकजना प्रहरी अधिकारी भन्छन अर्को कुनै आपराधिक पृष्ठभुमिकै ब्यक्तिलाई फसाउने चाल पनि हुनसक्छ । ति अधिकारी भन्छन लेनदेनको बिषय वा त्यस्तै अन्य कुनै कारण होला धमक्याएको त बहाना मात्र हो ।

धादिङ खहरे घर भएका दिनेश अधिकारी चरी एमाले धादिङ क्षेत्र नम्बर १ का उपाध्यक्ष हुन । एमालेमा प्रभावशाली नेता केपी ओली निकट मानिएका चरी राजनितीक संरक्षणकै कारण कानुनी पञ्जाबाट उम्कदै आएका छन । यसअघि ज्यानमार्ने उद्योगमा ७ महिना कारागार बसिसकेका चरीका नाममा राजधानीमा मात्र १० करोड भन्दा बढी अवैध सम्पत्ती रहेको स्रोतको दाबी छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.