मोष्टवान्टेड बब्लुलाई रातारात सीमा कटाइयो

Posted: June 5, 2013 in By Deepak Kharel

बारा प्रहरीको हिरासतमा रहेका भारतीय अपराधी बब्लु दुबेलाई हिजोराति सीमा कटाइएको छ। नारायणी अञ्चल प्रहरी कार्यालयको टोलीले काठमाडौंस्थित ट्रोपिकल रामकोट सिता हाउजिङ्ग कोलनीबाट १४ गते जेठ राति १० बजे दुबेलाई नियन्त्रणमा लिएको थियो। प्रहरी नियन्त्रणमा रहेका बब्बु दुबे (मिथिलेश) लाई नारायणी अञ्चल प्रहरी कार्यालयले गत बुधबार बेलुका बारा प्रहरीको जिम्मा लगाएको थियो।

बारा प्रहरीले दुबे माथि बुधबार नै सर्वजनिक मुद्दा जिल्ला प्रशासन कार्यलय बारा दायर गरी सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको थियो।
दुबे नेपालमा कुनै आपराधिक घटनामा संलग्नता नरहेको भन्दै उनी माथि सार्वजनिक मुद्दा दायर गरेको बुधवार सात दिन पुग्दै थियो।
बाराका प्रहरी निरीक्षक रामनाथ घिमिरेले सार्वजनिक मुद्दामा दुबेलाई हिरासतमा राख्नको लागि थप पाएको म्याद बुधबार सकेपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयमा बुझाएको बताए।
उनले दुबेलाई बुझाएपछि दुबे उतैबाट धरौटीमा छुटेको हुन सक्ने र उनी जिल्ला प्रहरी कार्यालयको हिरासतमा दुबे नरहेको जानकारी गराए।
जिल्ला प्रशासन कार्यालय बाराका निमित्त प्रमुख जिल्ला अधिकारी योगेन्द्र दुलालले दुबेलाई जिल्ला प्रशासन कार्यालय बाराले मंगलबार आठ हजार धरौटीमा रिहा गरेको बताए।
दुलालले दुबेलाई नियम कानुन अनुसार नै धरौटीमा रिहा गरिएको त्यसपछि दुबे कहाँ गए बारा प्रहरी प्रशासनलाई थाहा नभएको बताए।
भारत विहार राज्यको नेपालसँग सीमा जोडिएका जिल्लाहरुमा भारतीयहरुको हत्या, लुट, जबरजस्ती असुली जस्ता अपराधहरुमा भारतीय सुरक्षाकर्मीको मोस्टवान्टेड सूचीमा परेका दुबे ज्यान जोगाउन नेपाल पसेका थिए।
अञ्चल प्रहरी कार्यालय नारायणीले दुबेलाई पक्राउ गरेको कुरा थाहा पाएर भारत विहार राज्यका सुरक्षाकर्मीहरु दुबेलाई लैजानको लागी प्रहरी समक्ष दिनहुँ दौडधुप गर्दै आएका थिए।
आठ महिना सम्म नेपाली भूमि र नेपाली नम्बरका सीमहरु प्रयोग गरी भारत विहारका विभिन्न जिल्लाहरुमा आपराधिक गतिविधिमा तीव्रता ल्याएका दुबेलाई नेपाल प्रहरी प्रशासनले रातारात भारतीय सुरक्षाकर्मीहरुलाई बुझाएको कुरा बारा प्रहरी श्रोतले जनाएको छ।

दुबेलाई लिनको लागि भारत विहार राज्य मोतिहारी जिल्लाका एसपी विनय सिंहको नेतृत्वमा टोली आएर दुबेलाई लिएर गएको कुरा प्रहरी निकायको उच्च सुरक्षा अधिकारीले जनाएका छन्।

नेपालका प्रहरी अधिकारीहरुले दुबेलाई नियन्त्रणमा लिएपछि दुबेलाई भारतीय सुरक्षाकर्मी समक्ष बुझाउनु भन्दा पहिला बारा र पर्सामा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका बारा गंजभवानीपुरका सुनिल जैसवाल र कलैयाका गुलमहम्मद भन्ने सुल्तानलाई समातेर नेपाल बुझाउन माग गरेका थिए।
नेपाल प्रहरीले भारतीय सुरक्षाकर्मीहरुसँग माग गरेका सुनिल जैसवाल माथि बाराको गञ्जभवानीपुरमा एकिकृत माओवादीका चार जना कार्यकर्ताहरुको एकै पल्ट हत्या गरिएको अभियोग रहेकेा छ भने गुलमहम्मद माथि जिल्ला मालपोत कार्यालय बाराका तत्कालिन नासु माधव थापाको हत्या बम विस्फोट र जबरजस्ती असुली मुद्दाहरु उनी माथि रहेको छ।
यी दुबै जना भारत विहार राज्यका सुरक्षाकर्मी र केही विधायकहरुको सहयोगमा भारतको विहार राज्यमा नै बस्दै आएका छन।
नेपाल प्रहरीहरुले गरेको मागलाई भारतीय सुरक्षाकर्मीहरुले वेवास्ता गर्दै नेपालका उच्चपदस्थ कर्मचारी र प्रहरी अधिकृतहरुको दबाबमा दुबेलाई आफनो देश लैजान सफल बनेका कुरा उच्च प्रहरी श्रोतले जनाएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.