‘बलात्कारी’ सरकारी कर्मचारी जेलमा

Posted: June 5, 2013 in By Deepak Kharel

मनोज बस्नेत

अदालतले ‘बलात्कारी’ ठहर गरी सजाय तोकेको ९ महिना बितिसक्दा समेत सरकारी पदमै कार्यरत रहेका एक कर्मचारीलाई अदालतले जेल पठाएको छ ।

पुनरावेदन अदालत पाटनले ‘बलात्कारी’ ठहर गदै ८ बर्ष कैद ५० हजार रुपैयाँ जरिवाना सजाय तोकेका धुलिखेल नगरपालिका वडा. न. १ का सचिव जनकलाल श्रेष्ठलाई तोकिएको सजाय भुक्तान गर्न जिल्ला अदालतले बुधबार जेल पठाएको हो । उनीविरुद्ध ‘सरकारी छाप दस्तखत किर्ते’ मुद्धा अदालतमा दायर भई कारवाही प्रक्रिया अगाडि बढिरहेको छ ।

प्रहरी नायव निरीक्षक दिपेन्द्रबहादुर चन्दको नेतृत्वको टोलीले काठमाडौंको बुद्धनगरबाट मंगलवार राति पक्राउ गरी अदालतमा बुझाएको थियो । ‘उनी फरार थिए,’ जिल्ला प्रहरी प्रमुख एसपी कमल घर्तीले भने, ‘पक्राउ प्रहरी परिचालन गरिरहेका थियौं । लुकिछिपि बसेको अवस्थामा पक्राउ गर्न सफल भयौं ।’

घटनाका बिषयलाई लिएर समाचार प्रकाशित भएपछि प्रमुख जिल्ला अधिकारीले उनलाई तत्काल पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गराउन प्रहरीले निर्देशन दिएका थिए । प्रहरीकै माथिल्लो निकायबाट समेत पक्राउ गर्न निर्देशन दिइएको थियो ।

‘अदालतको फैसला कार्यान्वय भएको छ,’ प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले ईकान्तिपुरसँग भने ‘अदालतले तोकेको सजाय भुक्तान गर्न कारागार पठाइएको छ ।’ पुनरावेदन अदालतले २०६९ असोज ७ गते बलात्कारी ठहर गदै सजाय तोकेको थियो । श्रेष्ठले शिखरआम्बोटे- १ घर भई धुलिखेल ३ मा डेरा गरी बसेकी १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । अदालतले फैसला र जग्गा किर्ते अभियोगमा अदालतमा मुद्दा दायर हुँदा समेत उनले सरकारी कर्मचारीका हैसियतमा बसेर काम गरि तलब भत्ता खाइरहेका थिए ।

ललितपुर-३ का विजयप्रकाश मल्लको नाममा धुलिखेल-१ मा रहेको जग्गा किर्ते गर्ने काममा भू-माफियालाई सघाएका उनी सहित नगरपालिकाका प्रशासकीय अधिकृत बिष्णुकुमार श्रेष्ठमाथि समेत ‘सरकारी छाप दस्तखत किर्ते’ अभियोगमा अदालतमा मुद्दा दायर भएको छ ।

प्रकाशित मिति: २०७० जेष्ठ २२ ०५:४६

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.