बढुवाका आकांक्षी बदनाम प्रहरी !

Posted: June 2, 2013 in By Deepak Kharel

igp

नेपाल प्रहरीले केही जिल्लाका एसपीहरू परिवर्तन गर्ने तयारी गरेको छ। प्रहरी स्रोतका अनुसार पर्सा, कैलाली र धनुषामा नयाँ एसपी पठाउन लागिएको छ। पर्साका एसपी पिताम्बर अधिकारी र कैलालीका घनश्याम अर्यालको सरुवा हुने समय भइसकेको छ। केही महिनाअघि मात्र धनुषामा खटिएका बसन्त पन्त आइजीपी कुवेरसिंह रानाले नरुचाएकाले सरुवामा पर्ने भएका छन्। यी जिल्लामध्ये पर्सामा सरुवा हुनका लागि ठूलै चलखेल भइरहेको छ। सके पर्सा नभए पनि अरु जिल्लामा सरुवा हुन एसपीहरू  मुकुन्द आचार्य, गोपीमान श्रेष्ठ, प्रकाश अधिकारी र जगतमान श्रेष्ठहरू लागेका छन्। पर्सामा सरुवा हुनका लागि एसपी जगतमान श्रेष्ठले जोडबल लगाइरहेको बताइन्छ। सेवा प्रवेश गरेदेखि नै ट्राफिकमा रमाएका श्रेष्ठ डीएसपी हुँदा दुईपटक र एसपी हुँदा पनि २ पटक नै महानगरीय ट्राफिकमा बसी अकूत आर्जन गर्नेमा उनका समकक्षीहरूले राख्ने गरेका छन्। श्रेष्ठले प्रहरीमा कहिल्यै पनि कठिन स्थानमा खटिनुुपरेको छैन। उनी मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया, बुटवल इलाका प्रहरी कार्यालयमा इन्चार्ज भइसकेका छन्। रमेश चन्द ठकुरी आइजीपी हुँदा उनी विशेष टोलीको प्रमुख भएर प्रहरी संगठनकै छविमा आँच पुग्ने कार्य गरेको अहिले पनि हुने गरेको छ।

अवकाशको मिति नजिकै आएका अधिकृतहरूलाई महत्वपूर्ण जिम्मेवारी दिनु नहुने परम्परालाई पनि तिलान्जली दिंदै २०७३ मा घर जाने श्रेष्ठलाई पर्सा सरुवा गर्न आइजीपी रानाले समेत सहमति जनाइसकेको स्रोतले बतायो। अवकाशको मिति नजिक भएका अधिकृतहरूले क्षमता देखाउने भन्दा पनि जसरी हुन्छ, कमाउने कुरालाई महत्व दिने कुरालाई मध्यनजर राखी सकेसम्म त्यस्ता प्रवृत्तिवालालाई इन्चार्ज नदिने व्यवस्था विगतमा थियो। तर राना जस्तो स्वच्छ छवि मानिएका आइजीपीले त्यो व्यवस्था अझ कडा ढंगले लागू गर्नुपर्नेमा छानीछानी बद्नामलाई कमाउनकै लागि मालदार मानिने जिल्लामा खटाउन लागेको चर्चा हुन थालेपछि प्रहरी संगठनमा आक्रोस उत्पन्न भएको छ।

श्रेष्ठलाई पर्साको एसपीमा सरुवा गर्न महानगरीय प्रहरी आयुक्त नवराज ढकालदेखि एसएसपी सर्वेन्द्र खनालसम्म जोडतोडले लागेको स्रोतले बतायो। केही दिनअघि अन्चल प्रहरीका एक घुमुवा सिपाही नक्कली नोट प्रकरणमा जिल्लाले समातेपछि एसएसपी खनाल पर्सा प्रहरी प्रमुखसँग रुष्ट भएका छन्। त्यसो त भारतमा अपराध गरी नेपालको पर्सा बारा क्षेत्रमा लुकेर नेपाली व्यापारीहरूलाई धम्की दिएर चन्दा असुल्दैआएका बब्लु दुवेलाई पनि अन्चल प्रहरीबाट खटिएका घुमुवा विजय यादव र सागर राणाहरूले सुराकी दिएर पक्राउ पर्नबाट जोगाएको कुरा एसपी अधिकारीले चुहाएपछि एसएसपी खनाल र उनको सम्बन्ध झन् तिक्ततापूर्ण बनेको चर्चा छ।

यसैबीच, नेपाल प्रहरीका ५ डीआइजीले सर्वोच्च अदालतबाट मुद्दा जितेपछि रिक्त ६ एसएसपी पदका लागि बढुवाका आकांक्षी एसपीहरूको तीव्र दौडधूप सुरु भएको छ। एसएसपी बढुवाका लागि दौडधूप गर्ने एसपीहरूमा काण्डैकाण्ड लागेका, डनहरूसाग उठबस भएका, विवादमा परेका र तालिम केन्द्रमा सिपाही भर्ना गर्दा पैसा असुली गर्नेहरू छन्। बढुवा हुन दौडधूप गर्ने त्यस्ता विवादास्पद एसपीहरूमा मनोज न्यौपाने, पुष्पचन्द्र रंजित, दीपक थापाहरू अग्रपंक्तिमा छन्। न्यौपाने सुडानकाण्ड हुादा प्रबन्धमा थिए भने बारामा थुनुवासाग पैसा असुली गरेका दुईवटा केस उनका अख्तियारमा छन्। तर पनि उनी अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसाग नाता जोडेर बढुवा हुने चक्करमा छन्। रंजित डन गणेश लामा र सहदेव कक्षपतीसाग बाक्लो उठबस भएका एसपी हुन् भने थापा परशुराम बस्नेतका। थापा त वटु सुनकाण्डमा पनि मुछिएका थिए। उनले सुरुमा भारतीय शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पछि झिकेर नेपाली प्रमाणपत्र पेश गरेको चर्चा पनि प्रहरीमा हुने गर्दछ।

Advertisements
Comments
  1. umesh dube says:

    saruwa bhaekai ramro kinbhane u sabai sp haroo bhrastchar ma nai samil 6n kin bhane ahile pani parsa ma phone dhamki n rookeko karn le yo saruwa hunu ramrai parsawasi haroo ko bhanai raheko 6.

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.