फरार अपराधी बब्लु दुबे पक्राउ

Posted: May 29, 2013 in By Deepak Kharel

भारत बिहारको पूर्वी र पश्चिमी चम्पारणमा ३६ जनाको हत्या अभियोग लागेका फरार अपराधी बब्लु दुबेलाई नारायणी अन्चल प्रहरीले पक्राउ गरेको छ ।
babloo
उनलाई मगंलबार राति काठमाडौँमा पक्राउ गरी वीरगंज ल्याइएको छ । दुबे आफैले ६ वटा हत्या गरेको भारतीय प्रहरीले जनाएका छन् । यस अघि कर्तव्य ज्यान, बैंक लुटपाट, डकैती लगायतका विभिन्न आपराधिक क्रियकलापमा पक्राउ परेका दुबे भारतीय जेलमा १० वर्ष सजाय काटिसकेका छन् ।

भारतमा मोस्ट वान्टेड भएपछि दुबे आठ महिनादेखि नेपाललाई आश्रयस्थल बनाएका थिए । दुबेमाथि विहार प्रहरीले दुई लाख भारु इनाम घोषणा गरेको छ ।

नारायणी अन्चल प्रहरी वीरगन्जको टोलीले मगंलबार राति काठमाडौँको सीतापाइला स्थित सीताहोम हाउजिङबाट प्रक्राउ गरेको वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) सर्वेन्द्र खनालले जानकारी दिए । एसएसपी खनालकै नेतृत्वमा गएको टोलीले दुबेलाई हाउजिङ मा रहेको तीन तल्ले भवनको दोस्रो तल्लामा राति एक बजे नियन्त्रणमा लिएको हो ।

पाँच वटा मोबाइल, नेपाली एक लाख ७३ हजार र ६० हजार भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । आठ महिनादेखि पर्सा, चितवन र काठमाडौँको विभिन्न स्थानमा सेल्टर लिएका दुबेले पाँचवटा एनसेलको सीम प्रयोग गरेर गिरोह सञ्चालन गरिरहेका थिए ।

गत महिना विहार रामगढवा स्थित ताँतया कन्स्ट्रक्शनको मूख्य गेटमा उनको समूहले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । दुई हप्ता अघि मात्र अमन इट्टाभटामा गोली प्रहार गर्दा सुरक्षागार्ड जगंबहादुरको मृत्यू भएको थियो । गोली प्रहार पछि समूहले घटनास्थलमा धम्कीपूर्ण पर्चा पम्पलेट छर्ने गरेका थिए ।

प्रकाशित मिति: २०७० जेष्ठ १५ १२:५

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.