पाँचै गुन्डा-नाइकेका श्रीमतीलाई पनि अवैध सम्पत्तिमा मुद्दा

Posted: May 19, 2013 in By Deepak Kharel

बिनिता दाहाल

top don of nepal(1)पाँच गुन्डानाइकेले अवैध रुपमा करोडौं सम्पत्ति कमाएको भन्दै उनीहरुविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । गैरकानुनी रुपमा ठेक्कापट्टा, घर खरिदबिक्री, बैंकिक कारोबार गरेको भन्दै विभागले पाँच गुन्डानाइकेहरु गणेश लामा, परशुराम बस्नेत, चक्रे मिलन, दिपक मनाङे र अभिषेक गिरीविरुद्ध मुद्दा दायर गरेको हो ।
यी पाँचमध्ये लामाले सबैभन्दा बढी २७ करोड १ लाख, मनाङेले १४ करोड ७३ लाख, बस्नेतले ११ करोड ६१ लाख, चक्रेले ७ करोड, ८ लाख र गिरीले २ करोड ९४ लाख रुपैँया गैरकानुनी रुपमा कमाएको दाबी मुद्दामा गरिएको छ । सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा ३ अनुसार दायर मुद्दामा अभियुक्तहरुसँग दाबी अनुसार बिगो, त्यति नै जरिवाना र १ देखि चार वर्ष कैद सजाय वा कैद र जरिवाना दुबैको माग गरिएको छ ।

आइतबार मुद्दा दर्ता गर्दा चक्रे मिलनबाहेक चार अभियुक्त फरार उल्लेख गरिएको छ । चक्रे मिलन भने केन्द्रीय कारागारमा सजाय भोगिरहेकाले उनलाई मुद्दा सुनुवाइका क्रममा उपस्थित गराउन माग गरिएको छ ।

‘फरार अभियुक्तहरुलाई हामी अब अदालतमा उपस्थित हुन म्याद तामेल गर्छौ,’ विशेष अदालतका रजिष्ट्रार धीरबहादुर चन्दले भने, ‘त्यसपछि मुद्दा सुनुवाइको लागि पेशीमा चढ्छ ।’

यी पाँच अभियुक्तका अतिरिक्त उनीहरुका श्रीमतीलाई पनि विपक्षी बनाइएको छ । अभिषेककी श्रीमती अनिषा गिरी, परशुरामकी श्रीमती अन्जुसिंह बस्नेत, मनाङेकी श्रीमती पासाङ डोमा गुरुङ, चक्रेकी श्रीमती इन्दिरा घले र गणेशकी श्रीमती लक्ष्मी लामालाई पनि मुद्दा हालिएको हो । मुद्दामा गणेशको अवैध कमाइएको रकम सबैभन्दा बढी छ । त्यसपछिका मनाङेको १४ करोडमध्ये काठमाडौं र नुवाकोटको जग्गा जफत गर्न माग गरिएको छ । मनाङेको काठमाडौंमा २२ आना र ककनीमा दुई ठाउँमा गरी २९ आना र ४८ आना जग्गा अवैध रुपमा आर्जन गरी श्रीमतीका नाममा राखेको दाबी गरिएको छ ।

त्यस्तै परशुरामको ११ करोड ६१ लाखमध्य हुन्डाइ टकसन, ९ लाख ५० हजार बराबरको अवैध बैंकिङ्ग कारोबार, ७१ लाख ४६ हजार बराबरको घरजग्गा खरिद, ४३ लाख ५ हजारको जग्गा बिक्री, ६३ लाख ६५ हजारबराबरको सवारी साधन खरिद, २ लाख ९५ हजारको बिमा रकम भुक्तानी गरेको र १ लाख २१ हजार मौजदातमा रहेको सबै सम्पत्ति अवैध रुपमा आर्जन गरेको मुद्दामा उल्लेख छ ।

परशुरामपछि धेरै अवैध कमाउने चक्रे मिलनको ५० तोला सुन, जीप, दुईवटा काठमाडौंका छुट्टाछुट्टै जग्गा, स्कुटरलगायतका सम्पत्ति जफत गर्न मुद्दामा माग गरिएको छ । अभिषेकको भने विराटनगरको १० धुर जग्गामा बनेको घरजग्गा र मोरङको १० धुर जग्गा जफत गर्न माग गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले चार वर्षअघिबाटै यी पाँच अभियुक्तविरुद्ध अवैध सम्पत्ति आर्जनमा अनुसन्धान सुरु गरेको थियो । चार वर्षको अनुसन्धानपछि ब्यूरोले बल्ल डेढ महिना अघि आफ्नो अनुसन्धान सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो । त्यसपछि थप अनुसन्धान गरी विभागले आईतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

http://www.setopati.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s