युवतीसँग फकिँदा अपहरणमा

Posted: April 26, 2013 in By Deepak Kharel

व्यापारी राजेशकुमार अग्रवाललाई अपहरण गरी दुई करोड फिरौती माग्ने समूहका दुई जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ। जमिल उल्ला र मोहम्मद नसिरुद्दिनलाई प्रहरीले आज महानगरीय आयुक्त कार्यालय रानीपोखरीमा सार्वजनिक गरेको हो।

“चिया लिएर बस्दै गर्नुस् भन्दै युवती बाहिरिइन्। त्यसलगत्तै मास्क लगाएका चार युवक छिरे। उनीहरुसँग कुनै हतियार थिएन। हामीसँग हतियार छैन भनेर भाग्न खोज्लास्, फेरि मर्छस्। हामी गोली हानेर सजिलै मार्ने मान्छे हैनौँ, टुक्राटुक्रा पारेर लाश फाल्छौँ भने। – अपहरित व्यापारी अग्रवाल नागरिकन्युजकर्मीसँग
वैशाख ९ गते कलंकीबाट अपहरणमा परेका अग्रवाललाई प्रहरीले सकुशल अपहरणमुक्त गरी अपहरणमा संलग्न पाँच जना मध्ये दुई जनालाई पक्राउ गरेको हो। अपहरणकारीले अपहरणमुक्त हुन अग्रवालका परिवारसँग दुई करोड फिरौती मागेको थियो। तर फिरौती बुझाउनु अघि नै प्रहरीले बन्धक बनाएर राखेको कीर्तिपुरको एक घरमा हस्तक्षेप गरी बिहीबार बिहान उनलाई मुक्त गरेको महानगरीय प्रहरी आयुक्त कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महाशाखा प्रमुख विजयलाल कायस्थले बताए।
कायस्थका अनुसार अपहरणकारीले महिलाको सहयोग लिई ९ गते बिहान अग्रवाललाई बाबा पेट्रोल पम्प, कलंकीमा बोलाई कीर्तिपुर पुर्‍याई बन्ध बनाई राखेका िथिए। अपहरणमा संलग्न अन्य तीन जना भने फरार छन्।
दुई फरारको नाम दिनेश र मुबारक भएको खुले पनि अग्रवाललाई फकाउँदै कोठासम्म पुर्‍याएर बन्धक बनाउनमा मुख्य सहयोगी रहेका महिलाको नामसमेत खुल्न सकेको छैन। अपहरणमुक्त अग्रवालका अनुसार अन्दाजी २२/२३ वर्षकी गोलो अनुहार भएकी उनले त्यो दिन क्रिम कलरको कुर्था सलवार लगाएकी थिइन्। २०/२२ दिनदेखि उनले फोन गरेर अति आवश्यक काम छ, भेट्नु पर्‍यो भन्दै आग्रह गरेपछि आफू भेट्न गएको उनले बताए। त्यहाँ पुगेपछि उनले बाटोमा कुरा नगरौँ, नजिकै कोठा छ भन्दै कीर्तिपुरको निर्माणाधीन एक भवनमा लगेर चार जना अपहरणकारीलाई जिम्मा लगाएर हिँडेकी थिइन्।
निर्माण सामग्रीको व्यापारमा संलग्न अग्रवाल अपहरणमा परेको सूचनापछि अपराध महाशाखाले खोजी सुरु गरेको थियो।

1

2

3

4

5

6
पक्राउ परेका दुवै अभियुक्त ढुंगागिट्टीसम्बन्धी व्यापारमा संलग्न रहेको र दुवैले अग्रवालको व्यक्तिगत आनीबानी र कमजोरी पहिल्याएर अपहरण गरेको महाशाखाका एसपी प्रद्युम्न कार्कीले बताए।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.