चार अर्ब पर्ने चिरुको रौं साटियो !

Posted: March 6, 2013 in By Deepak Kharel

अब्दुल्लाह मियाँ

chiru

chiru1

Evidence_20130209090927

images

भारत तस्करी गर्न खोज्दा गोरखा र धादिङमा समातिएको झन्डै चार अर्ब रुपैयाँ बराबरको चिरुको रौं (साहतुस) भण्डारणका लागि चितवन लैजाने क्रममा भेडाको रौंसँग साटिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानबिन सुरु भएको छ । गोरखा र धादिङमा पुस २२ मा समातिएको दुर्लभ वन्यजन्तु चिरुको रौंसहित पक्राउ परेकाहरूको मुद्दा चलिरहेको छ ।

मुद्दाको किनारा नलागेसम्म सम्बन्धित जिल्ला वन कार्यालयमै राख्नुपर्नेमा वन सचिव कृष्णचन्द्र पौडेल र राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक मेघबहादुर पाण्डेले चितवन निकुञ्जमा भण्डारण गर्न निर्देशन दिएका थिए । नियममा जुन जिल्लामा समातिएको हो त्यहीँ सामान राखेर मुद्दा चलाउनुपर्ने हुन्छ ।

चितवन निकुञ्जको मुख्यालय कसरामा भण्डारण गर्नेक्रममै चिरुको असली रौं त्यस्तै देखिने अरू प्रजातिको (भेडाको) रौंसँग साटिएको भन्दै सचिव पौडेल र पाण्डेलगायतविरुद्ध अख्तियारमा उजुरी परेको थियो । गोरखाका डीएएफओ दुर्गाबहादुर कार्कीले गोरखामा सुरक्षा दिन नसक्ने बताएपछि बहुमूल्य रौं चितवन पठाउने निर्णय सचिव पौडेलले गरेका थिए । रौं काठमाडौंमा नराखी चितवन पठाउने सचिवको निर्णयसँगै वन सम्बद्ध अधिकारीले शंका गर्दै आएका छन् ।

‘रौं गायब गरिएको’ उजुरीलगत्तै अख्तियारले वनसँग प्रस्टीकरण मागेको थियो । अख्तियारको ताकेतापछि सचिव पौडेलले फागुन ११ मा मन्त्रालयको अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख गोपालप्रसाद उपाध्यायको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेका थिए । समितिमा वन विभागका उपसचिव रामनन्द साह, राष्ट्रिय निकुञ्ज विभागका इकोलोजिस्ट डा.महेश्वर ढकाल र मन्त्रालयका कानुन उपसचिव चन्द्रकान्त पौडेल सदस्य छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पुस २२ मा गोरखा आरुघाटमाथिको थुमी-६ केउरपानी र सोतीखोलाबाट करिब पौने चार अर्ब रुपैयाँ बराबरको ११ सय ८१ किलो चिरुको ४६ बोरा रौं समातेको थियो । लगत्तै धादिङको मलेखुस्थित लीलानाथ सिलवालको घरबाट समेत चार सय किलो रौं समातिएको थियो । दुवै केसमा एउटै समूह संलग्न भएको पुष्टि भइसकेको छ । यति परिमाणको रौ संकलन गर्न ७ देखि १० हजार वयस्क चिरु मारिएको विशेषज्ञको अनुमान छ ।

छानबिन समितिले कसरामा राखिएको चिरुको रौंको अध्ययन गरेर फर्किसकेको छ । गत बिहीबार गएको टोली आइतबार स्थलगत अध्ययन गरी काठमाडौं फकर्ेेको हो । संयोजक उपाध्यायले प्रतिवेदन लेख्ने काम भइरहेकाले अहिले बोल्न नमिल्ने बताए । ‘हामीले जे देख्यौं/पायौं त्यो प्रतिवेदनमा उल्लेख गरिनेछ,’ उपाध्यायले मंगलबार कान्तिपुरलाई भने, ‘पछि थाहा हुनेछ ।’

तिब्बतबाट ल्याएको सार्वजनिक भएपछि अनुगमनका लागि चिनियाँ टोलीसमेत काठमाडौं आउँदैछ । त्यसबारे काठमाडौंस्थित चिनियाँ दूतावासले चासो देखाएको थियो । चिरुको रौं नरम र उच्चकोटीको हुने भएकाले त्यसलाई ‘साहतुस’ अर्थात् ऊनको राजासमेत भनिन्छ । बहुमूल्य सल बनाउन साहतुसको प्रयोग हुन्छ । जानकारका अनुसार एउटा सल बनाउन आवश्यक पर्ने चिरु रौं निर्मित सलको मूल्य भारत र पाकिस्तानमा करिब ५ हजार अमेरिकी डलर अन्तर्राष्ट्रिय बजारमा करिब २० हजार डलर पर्छ । पाकिस्तानको कस्मिरमा कालिगड हुने भएकाले त्यस्ता सल त्यहीं बनेर अन्तर्राष्ट्रिय बजार पुग्छन् ।

नेपालबाट लोप भइसकेको चिरु लोपोन्मुख वन्यजन्तुको सूचीमा पर्छ । चीनमा ७५ हजारदेखि एक लाखको संख्यामा चिरु रहेको अनुमान छ । तिब्बतमा पाइने चिरु -तिब्बतीयन एन्टिलोप) भारततिर तस्करी गर्ने उद्देश्यले मनास्लु नाका हँुदै तल्लो क्षेत्रमा झारिएको अनुमान छ । चिरु नेपाल हुँदै तिब्बतबाट भारत तथा बाघ र चितुवाका अंग भारतबाट तिब्बततिर तस्करी हुने गरेको पाइएको वन प्रवक्ता केपी आचार्यले बताए ।

तिब्बत जोडिएको मनास्लु नाकाबाट भरियालाई बोकाएर ती रौं थुमीसम्म झारिएको थियो । थुमीसम्म गाडी चल्ने भएकाले त्यहाबाट सीधै भारत लाने तयारी भइरहेका बेला सिआईबी समात्न सफल भएको थियो । सीआईबी, वन्यजन्तु विभाग र वन विभागले जनवरीदेखि फेब्रुअरी पहिलो सातासम्म गरेको ‘अपरेसन कोब्रा’ का क्रममा घरमा लुकाइराखेको अवस्थामा रौं समातेको थियो ।

चिरु तस्करीमा संलग्नलाई पक्राउ गरी वन कार्यालय गोरखाले थुमी-८ देउरालीका खच्चर व्यवसायी पूर्णबहादुर गुरुङ र थुमी-६ केउरपानीकी शर्मिला गुरुङलाई मुद्दा चलाएको छ । यस्तै, धादिङ वनले मलेखुका लीलानाथ सिलवाल, गोरखाका केन्देल लामा र चेन्दुङ लामा तथा आते भनिने तिब्बती नागरिकमाथि मुद्दा चलाएको छ । लोपोन्मुख चिरुका अंग/प्रत्यंगको अवैध कारोबारमा संलग्नलाई ५ देखि १५ वर्षसम्म कैद वा ५० देखि एक लाख रुपैयाँ वा दुवै सजाय हुने वन्यजन्तु ऐनमा व्यवस्था छ ।

प्रकाशित मिति: २०६९ फाल्गुन २३ ०९:५९

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s