विवादित अनुहारसहित २७ डिएसपीको बढुवा

Posted: January 25, 2013 in By Deepak Kharel

गृह मन्त्रालयले एक प्राविधिकसहित २७ डिएसपीको बढुवा गरेको छ। प्रहरी प्रधान कार्यालयको सिफारिसमा बिहीबार सचिवस्तरीय बैठकले एक सय २९ मध्ये रिक्त २६ पदमा बढुवा गरेको हो।
गृह र प्रहरी प्रधान कार्यालयले ३१ डिएसपीलाई एसपी बनाउने गृहकार्य सकाएको थियो। डिआइजीको बढुवा विवादित भएपछी एसपी बढुवा निर्णय थाँती राख्दै २६ डिएसपीको मात्रै बढुवा गरेको हो।
कार्यक्षमता र वरिष्ठताका आधारमा भएको डिआइजी बढुवा विवादमा तानिएपछी डिएसपी बढुवामा वरिष्ठतामात्रै टेक्ने गृहकार्य भएको थियो। अन्तमा दुबैलाई आधार बनाउँदै बढुवा गरियो।
बढुवामा दुई विवादित शहकुल थापा र विरेन्द्र बस्याल समेत समेटिएका छन्। थापा विराटनगरमा संगठित आपराधिक सञ्जाल चलाउँदै आएका पर्शुराम बस्नेतसँगको मिलेमतो पुष्टीहुँदा कार्वाहीमा परेका थिए। बस्याललाई केन्द्रिय कारागार गोली प्रकरणमा उच्चस्तरिय आयोगको कार्वाहीको सिफारिस गरेको थियो।
सहकुल घटनाको दिन वस्नेतलाई फोन गरेर भगाउन सहयोगी भएको खुलेपछी प्रहरी प्रधान कार्यालयले उनलाई केन्द्रमा तानेर नसिहत दिएको थियो। नसिहत पाएको र वरिष्ठतामा पछाडि रहे पनि थापा बढुवामा २० नम्बरमा तानिए।
बस्याल केन्द्रिय कारागारको सुरक्षा प्रमुखहुँदा लागुऔषध र जाली भारतीय रुपैंयाको कारोवारको अभियोगमा थुनामा रहेका युनुस अन्सारीलाई भारतीय नागरिक मनमित सिंह भाटियाले गोली हानेका थिए। घटनाको अनुसन्धान गर्न गठित न्यायिक समितिले बस्याल समेतलाई दोषी देखाउँदै कार्वाहीको सिफारिस गरेको थियो। उनी २२ औं नम्बरमा एसपी भए।
२६ औं नम्बरमा रहेका सुरेन्द्रबहादुर सिंह बढुवावाट बाहिरिए। कार्यक्षमता र वरिष्ठतामा अब्बल मानिएपनी सञ्चारकर्मी जमिम साह हत्याका योजनाकार भारतीय नागरिक त्रिलोक सिंहसँगको सम्पर्क खुलेपछी उनी विवादमा तानिएका थिए।
बढुवामा २०४९ बैशाख र चैतमा प्रहरी सेवामा प्रवेश गरेकाहरुको बाहुल्यता छ। २०४३ का प्रेमबहादुर मल्ल, २०४४ का शिशिरकुमार कर्माचार्य, २०४६ का शरदकुमार खत्री मात्रै बढुवामा परे।
इन्सपेक्टरवाट डिएसपीको बढुवामा वरिष्ठतामा पछाडीरहे पनि २०४९ वाट पुजा सिंह र मसाउद आलम खाँ महिला र अपसंख्यक समेत भएकाले बढुवामा प्राथमिकतापाएका छन्। पुजा २१ र मसाउद २६ नम्बरमा एसपी भए।
वरियताक्रममा २०४९ सालकै व्याची अगाडि छन्। गृहका सह-सचिव गणेश कार्कीका अनुसार अजय भट्टराई, प्रकाश अधिकारी, उत्तमराज सुवेदी, धिरजप्रताप सिंह र बशन्तकुमार लामा वरियतामा पाँचभित्र परेका छन्।
दिवेश लोहनी, विश्वराज पोखरेल,अरुण विसी, रविन्द्रबहादुर धानुक, प्रेमबहादुर मल्ल, शिसिर कर्माचार्य, राजेन्द्र चौधरी, शरद खत्री, उमेश रञ्जितकार, विक्रम चन्द, शेखर कोइरालाको बढुवा भएको छ।
गोपीमान श्रेष्ठ, इश्वरी चापागाई, मुकुन्द्रराज आचार्य, शुसिलकुमार यादव, टेकबहादुर गुरुङ र सुकदेव न्यौपाने बढुवामा परेका छन्। प्राविधिकतर्फ इन्जीनियर लोकेशचन्द सिंहको बढुवा भएको छ। jail durdasa_20110716101342

logo

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s