श्रीमानको हत्या गर्न ‘कन्ट्रयाक किलर’

Posted: January 9, 2013 in By Deepak Kharel

Picture1

Picture2

Picture3

Picture4

Picture5

Picture6

Picture7

Picture8

Picture9

Picture10

Picture11

Picture12

Picture13

Picture14

Picture15

राजधानीमा एक महिलाले आफ्नै श्रीमान्को हत्या गर्न ‘कन्ट्रयाक किलर’ प्रयोग गरेको फेला परेको छ । संखुवासभा मकालु घर भएर टे्रकिङ व्यवसाय गर्दै आएका फुदोर्चि शेर्पालाई श्रीमती याङजी शेर्पाले ‘कन्ट्रयाक किलर’ खोजी हत्या गर्न लगाएकी हुन् । महानगरीय प्रहरी अपराध महाशाखाले योजनाकार याङजी र उनका प्रेमी पासाङ निम्बा शेर्पालाई पक्राउ गरेको छ ।

उनीहरूले पूर्वमाओवादी लडाकु नीरकुमार कार्की र अर्का एक टे्रकिङ व्यवसायी फुर्तेन्जी शेर्पालाई प्रयोग गरेर फुदोर्चिको हत्या गरेका हुन् । उनीहरूले हत्या गरेबापत प्रतिव्यक्ति १ लाख २५ हजार रुपैयाँ लिएका थिए । कार्की माओवादी लडाकु हुन्, उनले स्वैच्छिक अवकाश लिएर पैसा समेत पाइसकेका व्यक्ति हुन् । महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी देवेन्द्र सुवेदीले कन्ट्रयाक किलर प्रयोग गरेर वीभत्स हत्या गरेको बताए । फलाम काट्ने ह्याक्सोले घाँटी सेरेर हत्या गरेको बयान दिएको सुवेदीले बताए । मृतक फुदोर्चिले चपली भद्रकालीमा नयाँ घर निर्माण गरिरहेका थिए । त्यही घरको सामान कुर्न बनाएको टहरोमा उनको हत्या गरिएको एसएसपी सुवेदीले बताए ।

मृतक फुदोर्चि र याङजीले २०५८ सालमा प्रेमविवाह गरेका थिए । तर २ वर्षअघि पासाङसँग प्रेम सम्बन्ध सुरु भएको प्रहरीले जनाएको छ । टे्रकिङका लागि फुदोर्चि बाहिर गएका बेला पासाङ याङजीलाई भेट्न घरमा समेत आउने गरेका थिए । एक वर्षअघि फुदोर्चिले आफ्नी श्रीमती र पासाङ बीच प्रेम सम्बन्धका बारेमा थाहा पाएर विवाद सुरु भएको थियो । विवाद प्रहरी प्रभाग कपनसम्म पुगेपछि प्रहरीले उनीहरूलाई मिलापत्र गराएको थियो । फुदोर्चिले क्षतिपूर्तिबापत पासाङबाट एक लाख रुपैयाँ समेत लिएका थिए ।

विवाद र मिलापत्रपछि पनि पासाङ र याङजीबीचको प्रेम सम्बन्ध नटुटेको प्रहरीले जनाएको छ । प्रेम सम्बन्ध बढ्दै गएपछि श्रीमान् बाधक देखेर नियोजित रूपमा हत्या गरेको प्रहरीले जनाएको छ । यिनीहरूले एक महिना अघिदेखि हत्याको योजना बनाएका थिए । घटना घटेका दिन निर्माणाधीन घरको सामान कुर्न बनाइएको छाप्रोमा गएर उनीहरूले हत्या गरेका थिए । पुस २२ गते राति मृतककी श्रीमतीले पासाङलाई फोन गरेर घटनास्थल बोलाएकी थिइन् । त्यो रात श्रीमान्-श्रीमती त्यही छाप्रोमा सुत्न गएका थिए । फुदोर्चि निदाएपछि याङजीले श्रीमानकै मोबाइलबाट मिसकल गरेर घटनास्थल बोलाएकी थिइन् । अनि आफू नजिकै रहेको कोठामा गएर सुतेकी थिइन् ।

राति उनीहरूले झुन्ड्याएर मार्ने योजना बनाएको भए पनि मृतक कराएपछि ह्याक्सोले किलकिले रेटेर हत्या गरेका थिए । नीरकुमारले खुट्टा र फुर्तेन्जिले घाँटी समातेपछि पासाङले रेटेर हत्या गरेका थिए । हत्यापछि उनीहरूले त्यहीं रहेको कम्बलमा लास बेरेर २ सय मिटर तल खोल्सामा रहेको ह्युम पाइपको मुखबाट भित्र गहिरोमा फ्यालिएको अवस्थामा फेला पारेको थियो ।

मृतकका दाइ सोमबार बिहान भाइलाई भेट्न छाप्रोमा गएका थिए । त्यहाँ भाईलाई नदेखेपछि सोधीखोजी गरेका थिए । छाप्रोभित्र रगतको धब्बा समेत देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरीले मृतककी श्रीमतीलाई भेटेर सोधपुछ गरेको थियो । महाशाखाबाट गएका एसपी सुरेशविक्रम शाह सहितले सोधपुछ गर्दा श्रीमतीको व्यवहार शंकास्पद देखेका थिए । ‘श्रीमान् बितेको पीडा अनुहारमा झल्किएन, भावनात्मक पीडाबोध नदेखेपछि श्रीमतीमाथि नै शंका गएको थियो,’ एसएसपी सुवेदीले भने, ‘थप सोधपुछ र घटनाका बारेमा अनुसन्धान गर्दै जाँदा उनकै संलग्नता खुल्यो ।’ पक्राउ परेका चारै जनाले अपराध स्वीकार गरिसकेका छन् ।

प्रकाशित मिति: २०६९ पुस २५ १२:३१

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.