अस्पताल नै नक्कली

Posted: January 9, 2013 in By Deepak Kharel

Picture1

Picture2

Picture3

Picture4

Picture5

आफुलाई चाइनिज र तिब्बेतियन नागरिक बताउने दुई ब्यक्तिले राजधानीमा बिना कुनै दर्ता नर्सिङ अस्पताल सञ्चालन गरी ठगि गरेको पाइएको छ । अस्पतालमा निशुल्क नर्सिङ पढाउने भन्दै ७ किशोरीलाई ४ बर्ष देखी अस्पतालको सरसफाइमा लगाएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेइलोङ जियाङ चाईना घर बताउने जाङ चाई युँ र सिन्चुन तिब्बत घर बताउने लोप्साङ छन् ।

यिनीहरुले राजधानीको ठमेलमा चाइनिज पिपुल्स हस्पिटल इन नेपाल र चाइना सेनलिन अस्पतालमा नर्सिङ पढाउने भन्दै ति युवतीलाई ठगि गरेको महाशाखाका एसएसपी देबेन्द्र सुवेदीले बताए । ति नामका नर्सिङ क्याम्पस र अस्पताल शिक्षा मन्त्रालय, सिटभिटी, नर्सिङ काउन्सिल र स्वास्थ्य बिभाग कहिं कतै दर्ता भएका छैनन् । एसएसपी सुवेदीका अनुसार बिद्यार्थीलाई निशुल्क नर्सिङ पढाउने भन्दै बोलाएर पढाएपछि प्रमाणपत्र नदिई ४ बर्ष झुल्लाएको प्रहरीले जनाएको छ । कतिपय बिद्यार्थीलाई नर्सिङ काउन्सिलमा दर्ता नै नभई नर्स भएको नक्कली प्रमाणपत्र समेत दिएको पाइएको छ । प्रमाणपत्रका लागि प्रति ब्यक्ति ३ लाख ५० हजार रुपैंया समेत माग गरेको प्रहरीले जनाएको छ । उनीहरुले अस्पतालमा प्रसुती, छाती लगायतका अन्य किसिमका सल्यक्रिया समेत गर्ने गरेका थिए । प्रहरीले उनीहरु चाइनिज र तिब्बेतियन नागरि भए/नभएको बारे अनुसन्धान गरिरहेको छ । उनीहरुको साथबाट राहदानी वा अन्य कुनै सामान फेला नपरेपछि थप अनुसन्धान गरिरहेको हो ।

प्रकाशित मिति: २०६९ पुस २५ १२:३४

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.