हाजिर गरेर दिन कटाउँदै ‘नयाँ डीआईजी’ हरू

Posted: January 3, 2013 in By Deepak Kharel

सर्वोच्चको अन्तरिक आदेशसँगै सरकारको निर्णय स्थगनमा परेपछि प्रहरी नायब उपरीक्षक (डीआईजी) मा बढुवा भएका पाँच अधिकृतहरू फुर्सदिला भएका छन् । डीआईजीकै फुली लगाएर प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागमा गएर हाजिर गरेपछि उनीहरूको खास काम हुँदैन ।

सरकारले पुस ४ गते श्याम खड्का, नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर कार्कीलाई डीआईजीमा बढुवा गरेको थियो । नयाँ पदको दर्ज्यानी चिह्न लगाएसूगै सरकारको उक्त निर्णयविरुद्ध बढुवामा नपरेका अघिल्लो ब्याचका एसएसपीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेकामा मंगलबार भएको सुनुवाइबाट त्यसैलाई निरन्तरता दिइएको हो । सर्वोच्चले सरकारले जवाफ बुझाएको १५ दिनभित्र इजलास डाकेर यस मुद्दामा निर्णय गर्ने पनि भनेको छ ।

महानिरीक्षक कुवेर सिं राना दुई वर्षअघि डीआईजीबाट एआईजीमा नियुक्त हुँदा पनि यस्तै रिट र अन्तरिम आदेशको शृंखला चलेको थियो । तर उनले साविककै कार्यालयमा हाजिर गर्दै काम गरेका थिए । ‘तर हामीले फुली लगाएर रमाना मात्र लिन बाँकी भएको हुँदा प्रशासनमा हाजिर गरिरहेका छौं,’ बढुवा भएकामध्येकै एक अधिकृतले भने ।

प्रकाशित मिति: २०६९ पुस १९ १२:२०

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.