युद्धअपराधको आरोपमा नेपाली सेनाका कर्णेल बेलायतमा पक्राउ

Posted: January 3, 2013 in By Deepak Kharel

images
बीबीसी

युद्ध अपराधको आरोपमा नेपाली सेनाका बहालबाला कर्णेल कुमार लामा बेलायतमा पक्राउ परेका छन् । उनलाई ससेक्सको सेन्ट लियोनार्द अन सीबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ । यो लण्डनबाट एकसय १५ किलोमिटर दक्षिणपूर्वी शहर हो ।

पक्राउ पर्ने ४६ बर्षीय नेपाली सेनाका बहालबाला महासेनानी (कर्णेल) रहेको सैनिक सूत्रले जानकारी दिएको हो । उनी बिहिबार बिहान पक्राउ परेका हुन् । उनलाई कसको उजूरीको आधारमा पक्राउ गरिएको हो भन्ने सार्वजनिक गरिएको छैन् । लामा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत सुडानमा कार्यरत रहेको बुझिएको छ । उनी त्यहाँ रहेको आफ्नो परिवारलाई भेट्न लण्डन पुगेको बताइन्छ । उनकी पत्नी लण्डनमै कार्यरत रहेको स्रोतले जानकारी दिएको छ ।

नेपालमा सशस्त्र द्वन्द्वको क्रममा मानव अधिकार हनन् गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल उनी प्रहरी हिरासतमा छन् । उनीबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

सन् १९८८ को युद्ध अपराध ऐनअनुसार घटना जहाँको भएपनि युद्ध अपराध, युद्ध यातनाजस्ता गम्भीर आरोप लागेकाहरुलाई बेलायती प्रहरीले पक्राउ गर्न पाउने व्यबस्था छ । यस्ता व्यक्तिहरुलाई पक्राउ गर्नुपूर्व नै आधारभूत प्रमाणहरु जुटाएर माथिल्लो निकायबाट अनुमति लिएपछि मात्रै प्रहरीले पक्राउ गर्न पाउँछ । यथेष्ट प्रमाणको जुटाउन गाह्रो हुने भएकाले यी मुद्दाहरु झन्झटिलो हुने गरेको छ ।

बेलायती युद्ध अपराध ऐनअन्तर्गत मुद्दा सफल भएर जेल जाने पछिल्ला व्यक्ति एक अफगानी नागरिक हुन् । आफ्नो देशमा युद्ध अपराध आरोप लागेपछि लण्डनमा लुकेर बसेका उनलाई सन् २००५ मा पक्राउ गरी २० बर्षका लागि जेल चलान गरिएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.