महिला हिंसाका घटनामा नेपाल प्रहरीले बल्ल आफ्नो उपस्थिति देखायो

Posted: January 3, 2013 in By Deepak Kharel

नेपाल प्रहरीले नियमित बुलेटिनमा एकै पटक देशभर महिला हिंसा सम्बन्धी भएका सबै घटनामा अनुसन्धान भै रहेको जनाएको छ .आज मात्रै महानिरक्षक कुबेर सिंह राना राजधानीमा भएको एउटा कार्यक्रममा संचारकर्मीको प्रस्नको जवाफमा कुरा चपाएर बोल्न बाध्य भएका थिए .

प्रहरी महानिरीक्षक कुबेरसिंह रानाले पुरुष प्रधान समाजको प्रभाव राज्यसंयन्त्रमा समेत रहेकाले महिला हिंसाका घटनाको अनुसन्धानमा केही समस्या उत्पन्न भएको बताएका छन् । उनले मुलुकमा देखिएका महिला हिंसाका घटनामा संलग्नहरूमाथि कानुनी कारबाही गर्न आवश्यक अनुसन्धान भइरहेको जानकारी पनि दिए ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले अपराधको राजनीतीकरणसँगै अपराधलाई सहमतिमा ढाकछोप गर्ने प्रवृत्तिका कारण पनि अपराध न्यूनीकरणमा समस्या उत्पन्न भएको बताए ।

‘पुरातन समाज आधुनिकतातर्फ जाँदै गर्दा अपराधीहरूले टाउका उठाउने प्रयास गरेका छन्’, उनले भने, ‘यस्ता घटना विगतमा हुन्थे, आज पनि भएका छन् र भोलि पनि हुन्छन्। पछिल्लो समयमा देखिएको जागरणले अपराध नियन्त्रण र उन्मूलनमा समाज र राज्यसंयन्त्रलाई प्रेरित गर्नेछ।’

उनले अपराध न्यूनीकरणका लागि प्रहरीप्रतिको विश्वास अभिवृद्धि गर्न प्रहरी प्रधान कार्यालयले आफूलाई महिलामैत्री बनाएको पनि उल्लेख गरे ।

कार्यक्रममा पूर्वसभासद् सपना प्रधान मल्लले कानूनमा रहेका कमजोरी र छिटो न्याय नपाउने अवस्थाले गर्दा पीडितले समयमै न्याय नपाएको बताइन् ।

साथी संस्थाका अध्यक्ष वन्दना राणाले अधिकांश महिला हिंसाका घटनामा पुरुष नै जिम्मेवार रहेको भन्दै पछिल्लो समयमा चालिएको जागरण र विरोधका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।

शिवा हास्मीको जली मृत्यु भएकोमा अनुसन्धान

महिला हिंसा विरुद्धका अपराधमा प्रहरीले गरेको अनुसन्धानमा २०६९ साल मसिंर २२ गते विहान बर्दिया गुलरिया नगरपालीका –८ बस्ने शिवा हास्मी आगोले जली घाईते भएको सम्वन्धमा प्रहरीले अनुसन्धान गर्दा मंसिर २२ गते निज हास्मीलाई पछाडिबाट पेट्रोल छर्की आगो लगाएको भन्ने आरोपमा बाबु खानलाई प्रहरीले नियन्त्रणमा लिएको,आमाहसिना हास्मी र दाजु शिद्धु भन्ने रिहान अहमद हास्मीलाई पुस ३ गते अनुसन्धानकै क्रममा पक्राउ गरेको र अर्का दाजु तनवीर अहमद हास्मीलाई प्रहरीले खोजी गरिरेको छ ।

बिन्दु कुमारी ठाकुरको जली मृत्युभएकोमा अनुसन्धान

पुस ११ गते जिल्ला बारा प्रस्टोका ५ मा विन्दु कुमारी ठाकुरको मृत्यु भएको सम्वन्धमा मृतकको बाबु रामा ठाकुरलाई पुस १२ गते नियन्त्रणमा लिई १५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको,पुस १५ गते सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईको र्निदेशनमा प्रहरी प्रधान कार्यालयले क्षेत्रीय प्रहरी कार्यालय हेटौडालाई सत्य,तथ्य पत्ता लगाउन उच्चस्तरीय छानबीन समिति गठन गर्नुका साथै सो घटनाको अनुगमन गरी प्रतिवेदन गर्न निर्देशन दिइएको छ ।
सरस्वती सुवेदीको मृत्यु सम्बन्धमा अनुसन्धान

जिल्ला धादिङ् थाक्रे गा.वि.स. वडा नम्वर –८ स्थायी वतन भएकी ३० वर्षीया सरस्वती सुवेदी कृष्ण प्रसाईको काठमाण्डौ अनामनगर स्थित घरमा काम गर्न बसेकोमा गत मसिंर ३० गते सोही घरको छतको बाथरुममा मृत अवस्थामा फेला परेकोमा मृत्कका बाबु खड्ग प्रसाद अधिकारीले पुस १ गते जाहेरी दरखास्ता दिएकोमा प्रहरीले गरेको अनुसन्धान ।
पुस ८ गते घटनाको सम्बन्धमा यर्थाथ बुझी अनुसन्धानको प्रगति विवरण पेश गर्न प्रहरी नायव उपरीक्षक अरुण कुमार बि.सी.को संयोजकत्वमा अनुसन्धान टोली गठन गरिएको ,महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीबाट महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीको संयोजकत्वमा अलग्गै अनुसन्धान टोली गठन गरिएको,पुस १५ गते घरबेटी कृष्ण प्रसाई, निजको श्रीमती सावित्रा प्रसाई र छोरा प्रक्षेपण प्रसाईलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पौष १६ गते ७ दिनको म्याद लिई अनुसन्धान भईरहेको,जाहेरवाला खड्ग प्रसाद अधिकारीले लाशको पुनपोष्टमार्टम गर्न दिएको निवेदन अनुसार फोरेन्सिक मेडिसिन विभाग महाराजगंजलाई पुनः शव परीक्षणको लागि लिखित अनुरोध गरेको, पुस १५ गते सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निर्देशन पश्चात प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी आयुक्त कार्यालयलाई उक्त घटनाको सत्य,तथ्य पत्ता लगाउन उच्चस्तरीय छानबीन समिति गठन गर्नुका साथै घटनाको अनुगमन गरी प्रतिवेदन गर्न निर्देशन दिइएको छ । यी सवै घटनाका सम्वन्धमा महिला हिंसाका घटनामा मिलापत्र गराउने विगतको प्रबृत्तिलाई निरुत्साहित गर्दै र संवेदनशील रहि नियमित अनुगमन गर्न तथा आवश्यक परे थप प्रहरी टोली गठन गरी घटनाको सत्य तथ्य पत्ता लगाई प्रतिवेदन गर्न प्रहरी अतिरिक्त महानिरीक्षक दिनकर शमसेर राणालाई पुस १६ गते निर्देशन दिएको ।

जबर जस्ती करणी तथा ठगी घटनामा अनुसन्धान

गत मसिंर ३ गते भोजपुर कीसिता राई (नाम परिर्वतन) बिमला के.सी. को नामको पासर्पोटमा आफ्नै फोटो टाँस गरी साउदी अरब गई काम गरी फर्कँदै गरेकोमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय गौचरणले पक्राउ गरी अध्यागमन विभाग कालिकास्थानमा पठाएको सम्वन्धमा भएको अनुसन्धान ।
पौष २ गते प्रहरी जवान पर्शुराम बस्नेतलाई पक्राउ गरी निज उपर जबरजस्ती करणी तथा ठगी मुद्दामा अनुसन्धान पश्चात ५ देखि ७ वर्षसम्म कैद सजाय हुन र पीडितलाई मनासिव क्षतिपुर्ति भराई दिने समेतको माग दाबी सहित काठमाण्डौं जिल्ला अदालतमा पेश हुँदा पौष ९ गतेको आदेशले निज प्रतिवादी पर्शुराम बस्नेत पुर्पक्षको लागि थुनामा राख्न कारागार पठाइएको,पौष ३ गते अध्यागमन विभागका नायव सुव्वा सोमनाथ खनाल पक्राउ गरी ठगी मुद्दामा प्रहरी हिरासतमा राख्न म्यादथप अनुमति लिई अनुसन्धान भइरहेको, प्रहरी जवान बस्नेत र सोमनाथ खनाल समेत उपर अनुसन्धान कार्य जारी,पक्राउमा परेका प्रतिवादीहरुको बयानबाट ठगी मुद्दामा संलग्नता रहेको भनी खुल्न आएका अध्यागमन विभागका अधिकृतहरु टिकाराम पोखरेल र राम प्रसाद कोईरालालाई पक्राउ गर्नको लागि प्रहरी परिचालन गरिएको,पुस १५ गते सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निर्देशन पश्चात प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालयलाई घटनाको सत्य ,तथ्य पत्ता लगाउन र फरार रहेका अभियुक्त पक्राउ गरी घटनाको अनुगमन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

छोरी मैंया महर्जन हराएकोमा अनुसन्धान

२०६८ साल फागुन १८ गते छोरी मैंया महर्जन हराएकी हुदा निक्की भन्ने सुरक्षा सिंहले अपहरण तथा शरीर बन्धक बनाएको हुदा आवश्यक कारवाही गरी पाउँ भनी निजको श्रीमान शिव कृष्ण महर्जनले उक्त मितिमा किटानी जाहेरी दिएकोमा प्रहरीले गरेको आनुसन्धानमा महानगरीय प्रहरी परिसर काठमाण्डौले निज आरोपीलाई पक्राउ गरी आवश्यक अनुसन्धान पश्चत निजलाई काठमाण्डौ जिल्ला अदालतमा पेश गर्दा अदालतको आदेशले २०६९ साल बैशाख २७ गते एकलाख धरौटी राखी तारिखमा छाडेको ।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.