चुप्राबजारमा दूध पुर्याएर फर्किंदै गर्दा बेलपाटा–७ स्थित जंगलमा लाँकुरी–२ की करिश्मा विष्ट (नाम परिवर्तन) मंगलबार बलात्कारको सिकार भइन्। निर्घात कुटपिट र लछारपछार गर्दै बलात्कार गरेर पीडक फरार भए।
करिश्माले ती युवकलाई चिनिनन्, हुलियाका आधारमा प्रहरीमा जोहरी दिइन्।
पुस १२ गते राति लालीकाँडा– १ की ३५ वर्षीया आशा खत्री लालीकाँडा–२ स्थित एक घरमा बलात्कृत भइन्। नेपाली सेनाको भवानीबक्स गण बुटवलमा कार्यरत खगेन्द्र वलीले उनलाई बलात्कार गरेको जाहेरीमा उल्लेख छ। पाम्का–२ निगालीपाताल सुर्खेतका वली बिदामा आएका बेला स्थानीय जैकली रानाले पीडित आशालाई लगेको र राति १० बजे वलीले जबर्जस्ती करणी गरेको प्रहरीलाई दिएको निवेदनमा उल्लेख छ।
त्यस्तै, गाउँबाट घरतर्फ आउँदै गरेकी वडाभैरव– २ की १९ वर्षीया आयिषा विष्ट (नाम परिवर्तन) लाई वडाभैरव– ४ का २३ वर्षीय गणेशबहादुर थापाले मुख थुनेर बलात्कार गरेका छन्। प्रहरी नियन्त्रणमा रहेका गणेशले बयानमा बलात्कार गरेको स्वीकार गरेका छन्। आयिषाले पनि प्रहरीमा जाहेरी दिइसकेकी छन्। यसरी दैलेखमा एक सातामा तीनजनामाथि बलात्कार भएको प्रहरीले जानकारी दिएको छ।
बेलपाटा–७ मा बलात्कृत भएकी करिश्माले आफूलाई पछाडिबाट आएर अँगालो हाल्दै मुख थुनेर लतार्दै जंगलतिर लगेर बलात्कार गरेको निवेदनमा उल्लेख गरेकी छन्। ‘घटनास्थल आसपास बिहान को को हिँडेका थिए, विवरण लिएर अनुसन्धान भइरहेको छ,’ प्रहरी निरीक्षक विनोद शर्माले भने, ‘अनुसन्धान अपराधीनजिक पुगिसकेको छ, केही दिनमै तीनवटै घटनाका आरोपीलाई सार्वजनिक गछर्ौं।’
पीडित तीनै महिलाको स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
आयिषा र करिश्माको रिपोर्टमा बलात्कार भएको देखिइसकेको छ।
प्रहरीले बलात्कारी पक्रन मंगलबार राति ६ स्थानमा छापा मारेको छ। विशेष सूचनाका आधारमा नौमुले, चुप्रा र पाम्का–२ निगालीपाताल सुर्खेतका विभिन्न स्थानमा छापा मारेको शर्माले जानकारी दिए।
0
Advertisements