एसएसपीको बढुवा रोक्न अन्तरिम आदेश

Posted: January 2, 2013 in By Deepak Kharel

घनश्याम खड्का

सरकारी निर्णय त्रुटिपूर्ण भएको भन्दै सर्वोच्च अदालतले ५ जना एसएसपीको बढुवा रोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय रामकुमार प्रसाद साह र प्रकाश वस्तीको संयुक्त इजलाशले मुद्दाको टुंगो नलागेसम्म बढुवा रोक्न आदेश दिएको हो । मन्त्रिपरिषद्को बैठकले पुस ४ गते वरिष्ठताको आधारमा भन्दै ५ जना एसएसपीलाई डीआईजीमा बढुवा गरेको थियो । यसअघि पुस १० गते सर्वोच्च अदालतले पुस १६ गतेसम्म बढुवा रोक्न आदेश दिएको थियो ।

सरकारले वरिष्ठ प्रहरी उपरीक्षकहरु श्यामबहादुर खड्का, नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारीलाई नायब महानिरीक्षकमा बढुवा गरेको थियो ।
police logo
बढुवा गर्ने निर्णय नियमबिपरीत भएको भन्दै प्रहरी वरिष्ठ उपरीक्षकहरु रविन्द्रप्रताप राणा, पूर्णसिंह खड्का, मनोहरप्रसाद रिमाल, रामकुमार खनाल, ज्ञानोदराज बैद्य र राजबहादुर विष्टले संयुक्तरुपमा रिट दायर गर्दै अन्तिम टुंगो नलागेसम्म बढुवाको निर्णय यथास्थितिमा राख्न माग गरेका थिए ।

सरकारले २०४३ सालको व्याचबाट सेवा प्रवेश गरेका सात वरिष्ठ उपरीक्षकलाई छाडेर २०४५ सालको व्याचबाट सेवा प्रवेश गरेका चार जना वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षकबाट बढुवा गरेको थियो ।

प्रकाशित मिति: २०६९ पुस १७ ०४:५५

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.