सोह्र दिनमा १२ महिलाको हत्या

Posted: December 30, 2012 in By Deepak Kharel

bosnian-muslim-rape-victims-bosnian-genocide

गत मंसिर ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रँदा साउदी अरबबाट घर फर्केकी भोजपुरकी युवतीमाथि अध्यागमन कर्मचारी र प्रहरीको एकसाथ गिद्देदृष्टि पर्‍यो । एकदम सीधा देखिने उनीसँग अर्कै महिलाको पासपोर्ट थियो । निहुँ पुगिहाल्यो । विमानस्थललाई मनग्य रकम कमाउने ठाउँ ठान्ने कर्मचारी र प्रहरीले देख्नेबित्तिकै उनैलाई लुट्ने योजना बनाइहाले । उनीसँग भएको रकम अध्यागमन कर्मचारी मिलेर लुटे, अस्मिताचाहिँ प्रहरी जवान पर्शुराम बस्नेतले ।

गृह मन्त्रालयको छानबिन समितिसँग लुटपाटका नाइके नासु सोमनाथ खनालले स्वीकारेका थिए, ‘ती युवतीलाई सिकार बनाउँदा कुनै फरक नपर्ने ठानेरै लुटिएको हो । घटनाक्रमले साथ नदिएको भए झन्डै एक महिनापछि आएर यो घटना सार्वजनिक नहुन पनि सक्थ्यो ।’

दुई साताअघि अनामनगरस्थित कृष्ण प्रसाईंको घरमा काम गर्न बसेकी सरस्वती सुवेदीको रहस्यमय मृत्यु भयो । गत मंसिर ३० गतेको यो घटनामा प्रसाईं परिवारकै संलग्नता भएको भन्दै मृतकको परिवार पक्षले हत्यारालाई कारबाही गर्न माग गरिरहेको छ । प्रसाईं परिवारले सुवेदीलाई विष खुवाएर मारेको भन्दै किटानी जाहेरी दिएका छन् तर प्रहरीले प्रसाईं परिवारसँग घटनाबारे सोधपुछसमेत नगरेको उनीहरूको गुनासो छ ।

चार दिनअघि बारामा घरबाट ट्युसन पढ्न निस्केकी १८ वर्षे किशोरी बिन्दु ठाकुरको जलेको शव भेटियो । कसले किन जलायो भन्नेबारे अहिलेसम्म पत्ता लाग्न सकेको छैन । बीस दिनअघि बर्दिया गुलरियाकी १६ वर्षे युवती शिवा हासमीलाई पेट्रोल खन्याएर जिउँदै जलाइयो । घटनामा हासमी परिवारकै संलग्नता भएको अनुसन्धानले देखाएको छ ।

यी सार्वजनिक जानकारीमा आएका महिला हिंसाका प्रतिनिधि घटना मात्र हुन् । राज्यको कानुन कमजोर हुनुका साथै जिम्मवारहरूकै संलग्नता र संरक्षणका कारण बाहिर नआएका, अपराधीहरू खुलयाम हिँडिरहेका घटना थुप्रै होलान् ।
‘विकर सेक्स’ ठानेर महिलामाथि हिंसा गर्न कुनै हिच्किचाहट नगर्ने सामाजिक अवस्था, त्यही धरातलमा बनेको राज्य संयन्त्रमा समेत त्यस्तै आपराधिक चरित्र जीवित रहेका प्रमाणहरू पछिल्लो समयमा थुप्रै देखिएका छन् ।

नेपाल बाल संगठनअन्तर्गतको राजधानीको बालमन्दिरको आश्रयमा रहेकी एक दृष्टिविहीन बालिकामाथि शंकास्पद घटना भयो । एक गैरसरकारी संस्थाको पहलमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा उनको स्वास्थ्य जाँच हुँदा यौन दुराचार प्रमाणित हुन सक्ने पर्याप्त आधारसहितको प्रतिवेदन आयो । स्वाभाविक रूपमा त्यो घटनालाई तुरुन्त प्रहरीलाई जानकारी हुनुपर्ने थियो तर कसैले खबर गरेन ।

sexual_assaultती बालिकालाई लगभग त्यही समय धर्मपुत्री बनाएकी बेलायती महिला शिला एन्डरसन बालमन्दिरमै काम गर्ने आरोपित पीडकमाथि कानुनी कारबाही गराउन भनेर तीन महिनादेखि राजधानीका सडक चहारिरहेकी छन् । प्रहरीले ३५ दिने म्याद नाघेको भन्दै उनको उजुरी लिएको  छैन । बिहीबार केही कानुन व्यवसायीहरूको सहयोगमा कारबाहीका लागि सर्वोच्च अदालतमा निवदेन दिइँदा प्रहरीले निवेदन नलिएको प्रमाण ल्याउन भनियो । मुद्दा दर्ता भएन ।

‘मेरी छोरीले निकै समय लगाएर आफूमाथि भएको घटना सुनाइन् । त्यो उनले बुझ्न नसक्ने बलात्कार थियो । अब नेपालको कानुनले मेरी छोरीलाई न्याय दिने कि नदिने ? उनीजस्ता बालिकाहरूले कसरी आफूमाथि भएका अपराध सहजै बुझुन् र ३५ दिने म्यादको कसिकसाउमा आफ्नो पीडा खोलुन् ?’ उनले भनिन् । शिलाले न्याय खोज्दै बालमन्दिरदेखि प्रधानमन्त्री कार्यालयसम्म धाइसकिन् । ‘मेरो लडाइँ न्याय नपाएसम्म जारी रहन्छ,’ उनले भनिन् ।

‘राज्य नै बलात्कारी भएको छ,’ कानुन व्यवसायी तथा अधिकारकर्मी सपना मल्ल प्रधान भन्छिन् । ‘जनताको सुरक्षा गर्ने जिम्मवारी भएको गृह मन्त्रालयका दायाँ र बायाँ हात हुन् प्रहरी र अध्यागमन । अब तिनै मिलेर यस्तो हर्कत गर्छन् भने अपराधी को ?’

kidnapped

सदीयौंदेखि जरा गाडेको सामन्ती व्यवस्था, पितृसत्ता र पिछडापनले नेपाली समाजमा महिलाहरू सधैं पीडित हुँदै आएका छन् ।

कानुन कार्यान्वयन गर्ने हरेक इकाई महिलामाथि भएका हिंसा र प्रताडनाका घटनाका गुनासाले भरिन्छन् ।

महिला अधिकारकर्मीहरूले यही नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म महिला हिंसाविरुद्धको देशव्यापी अभियान मनाए । कठोर संयोग के रह्यो भने अभियान चलिरहेकै बेला महिला हिंसाका डरलाग्दा घटना उल्लेख्य संख्यामा भए ।

अभियानको सोह्र दिने अवधिमा तीन हजार सात सय ४९ वटा महिला हिंसासम्बन्धी उजुरी विभिन्न सरकारी निकायमा दर्ता भए ।

बढ्यो हिंसा…

यीमध्ये राष्ट्रिय महिला आयोगमा १ सय ७१, प्रहरी प्रधान कार्यालयमा तीन हजार तीन सय ४३ र काठमाडौं जिल्ला अदालतमा दुई सय ३६ वटा दर्ता भएका हुन् । जसमध्ये सबैभन्दा बढी दुई हजार तीन सय ४८ वटा महिलामाथि भएका घरेलु हिंसा थिए ।

महिला पुनःस्थापना केन्द्रका अनुसार १६ दिनमा १२ महिलाको हत्या भयो । मंसिर महिनाभर मात्र १६ महिला मारिए ।

सामाजिक चरित्रमा व्यापक समानता भएको दक्षिण एसियामै यतिखेर महिला हिंसामाथि बहस चुलिएको छ । छिमेकी भारतको राजधानी नयाँदिल्लीमा हालै एक युवतीमाथि सामूहिक बलात्कार हुँदा केन्द्रीय सरकारकै सुरक्षा क्षमतामाथि प्रश्न उठाइएको छ । भारत सरकार भरपूर सामथ्र्य लगाएर जनतालाई आश्वस्त पार्न प्रयासरत छ ।

भारतकै अर्को ठूलो सहर बैंग्लौरमा केही महिनाअघि एक नेपाली विद्यार्थी सामूहिक रूपमा बलात्कृत हुँदा भने नेपाल सरकारले सामान्य कूटनीतिक अग्रसरतासमेत देखाउन सकेन, न्याय दिलाउनका लागि । महिला हिंसाविरुद्धको यो क्षेत्रीय माहौलमा नेपाली नागरिक समाज भने ढिलो गरी जागेको छ । बिहीबार विभिन्न पेसाकर्मीहरूले महिला सुरक्षाको प्रत्याभूति र पछिल्ला घटनाका पीडकमाथि कडा कारबाही माग गर्दै सिंहदरबारद्वारमा धर्ना दिए । यही परिप्रेक्ष्यमा महिला अधिकारकर्मी र पीडित पक्ष शुक्रबारदेखि बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि अनिश्चतकालीन धर्नामा बसेका छन् । दोषीलाई कारबाही र पीडितलाई न्याय नदिएसम्म धर्ना दिनरात जारी रहने उनीहरू बताउँछन् ।

यसैबीच महिला हिंसामा सरकार गम्भीर नभएको भन्दै महिला सशक्तीकरण समन्वय समितिको सल्लाहकारबाट कांग्रेस नेतृ आरजु राणा देउवाले शुक्रबार राजीनामा दिइन् । ‘गृह मन्त्रालयअन्तर्गतका कर्मचारीहरूबाट भोजपुर घर भई विदेशबाट काम गरी फर्केकी महिलाको विरुद्ध निन्दनीय हिंसा भई दण्डहीनताको पराकाष्ठा हुँदासमेत यस समितिको तर्फबाट गम्भीर ध्यानाकर्षण नहुनुले,’ राजीनामा पत्रमा लेखिएको छ, ‘म नैतिकताका आधारमा सो समितिमा बसिरहनु उचिन नठानेकाले महिला सशक्तीकरण समन्वय समितिको सल्लाहकार पदबाट राजीनामा दिएको छु ।’

rapedमहिला हिंसाका घट्ना बढेका बेला जिल्लाको पथ्थरकोट ७ हिरापुरमा केही समय अघि बिबाह गरेकी एक महिलाको संकास्पद मृत्यु भएको छ । एघार महिना अघि बिबाह गरेकी १८ बषिर्या ममता महतो आइवार दिउँसो मृत अबस्थामा घरमा फेला परेकी हुन् । उनको मृत्यु लगत्तै पति रामकिसुन बेपत्ता छन् ।

घरको ढोका बाहिर ममतालाई लडेको अबस्थामा देखेपछि स्थानीयले प्रहलाई खबर गरेका थिए । प्रह पुग्दा मृत्यु भइसकेको थियो । घरभित्र एउटा प्लेटमा चाउमिन, अर्को प्लेटमा भुटेको मकै राखेको र श्रृंगारको सामान राखिएको बाकसका सामान छरिएको अबस्थामा फेला परेको प्रह निरीक्षक मकेन्द्र मिश्रले बताए ।

रामकिसुनकी पहिली पत्नीले एक बर्ष अघि २ वालवालिका सहित आत्महत्या गरेपछि ममतालाई दोस्री श्रीमतीको रुपमा भित्र्याएका थिए । उनको मृत्यु रहस्यमय भएको प्रहले दावी गरेको छ । मृत्युको सुचना नदिनु, प्रह पुग्नासाथ पति बेपत्ता हुनु, घभत्र सामान फ्याकिएको पाइनुले मृत्यु अघि पति पत्नी बिच झगडा भएको हुन सक्ने प्रहको अनुमान छ ।

अर्काे कोठामा ओच्छ्यान समेत माडिएको फेला थियो । प्रहका अनुसार घभत्र मृत्यु भएपछि शव बोकेर बाहिर राखिएको हुनु सक्छ । खाजा चाउमिन र भुटेको मकै ठिक्क पारेको बेला आत्महत्या गरेको हो भन्ने अबस्था नभएको प्रहको भनाई छ । प्रह निक्ष्ाक मिश्रले शवको प्रकृतीवाट बिषका कारण मृत्यु भएको हुन सक्ने बताए । ‘घरमा अन्य सदस्य नभएको र पतिपनि फरार भएकाले धेरै कुरा खुल्न सकेको छैन,’ मिश्रले भने, ‘पोष्टमार्टमबाट बास्तविकता खुल्छ ।’ छिमेकीवाट पनि पति पत्नीको ब्यबहार र घट्नावारे केही नखुलेको मिश्रले बताए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s